काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ स्थित नागपुजे, भीरखर्क र नेवार टोलमा गएरातिको भीषण पहिरोले ठूलो मानवीय एवम् भौतिक क्षति गराएको स्थलको आइतबार साँझ निरीक्षण गरेका छन्। उनले पहिरोले क्षति पुर्याएको स्थानको स्थलगतरुपमा जानकारी लिएका हुन्।
उनले स्थानीय पहिरो पीडित र प्रभावितसँग छलफलसमेत गरेका छन्। सभामुख सापकोटाले जिल्लामा पछिल्लो समय प्राकृतिक विपत्ति बढिरहेको उल्लेख गर्दै जोखिमयुक्त सूचीकृत नभएका बस्तीमा समेत पहिरो जानुले थप चिन्तित तुल्याएको बताए।
सभामुख सापकोटाले तत्काल उद्धार, राहत, अस्थायी स्थानान्तरणमा ध्यान दिइने जानकारी दिँदै स्थायी स्थानान्तरणका लागि सिन्धुपाल्चोकका भूगोलको विस्तृत भौगर्भिक अध्ययन गरिने उल्लेख गरेका छन्। उनले जिल्लामा परेको विपत्तिका विषयमा विज्ञसँग छलफल गरेर स्थानीयलाई सुरक्षित रुपमा बस्ने व्यवस्था गरिने प्रतिबद्धतासमेत व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।