पोखरा- गण्डकी प्रदेशमा आइतबार बिहानमात्र ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो जानकारीअनुसार सङ्क्रमित सबै कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएका हुन्। यससँगै गण्डकीमा हालसम्म दुई हजार ९६८ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेशको पछिल्लो अपडेटमा थप २९ जनामा कोरोना पुष्टि भएसँगै एकै दिन ६५ पुगेको हो। तीमध्ये लमजुङको सुन्दरबजारमा १०, नवलपुरको विनयी त्रिवेणीमा ६, तनहुँको व्यासमा एक, म्याग्देमा चार, स्याङ्जाको गल्याङमा एक तथा गोरखाको गोरखा नगरपालिका तथा भीमसेन गाउँपालिकामा सात गरी २९ जनामा कोरोना पुष्टि भएको हो।
त्यसैगरी प्रदेशमा ५६१ जना क्वारेन्टाइनमा रहेका छन् भने सक्रिय संक्रमित एक हजार १८ छन्। आजसम्म एक हजार ८६१ निको भएर घर फर्किएका छन्। गण्डकीमा हालसम्म २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।