• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

रोग लुकाउन खोज्दा मृत्यु दर बढ्यो

64x64
रासस शनिबार, भदौ २७, २०७७  १५:०७
1140x725

चितवन- रत्ननगरका ४६ वर्षीय पुरुषको बिहीबार राति भरतपुर अस्पतालको आकस्मिक कक्षमा पुग्न नपाउँदै मृत्यु भयो। राप्ती नगरपालिका–४ का १८ वर्षीया युवतीको शुक्रबार बिहान अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भयो। सोही अस्पतालमा विगत पाँच दिनमा थप तीन जनाको यसरी नै मृत्यु भएको छ।  

सबैको लक्षण उच्च ज्वरो, रुघाखोकी नै देखिने गरेको छ। बिहीबार र शुक्रबार मृत्यु भएकामध्ये रत्ननगरका पुरुषको कोरोना पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी लीलाधर पौडेल दैनिक एक/दुईवटा यस्ता बिरामी आउने गरेको बताउँछन्। बिरामी अन्तिम अवस्थामा अस्पताल आउँदा उपचार गर्न कठिन हुने गरेको उनको भनाइ छ। 

अस्पतालको अकस्मिक कक्षका विभागीय प्रमुख डा जगन्नाथ तिवारी अन्तिम समयमा अस्पताल ल्याउँदा मृत्यु बढेको बताउँछन्। उनी भन्छन्, ‘बिरामी अस्पताल आउँदा रक्तचाप र अक्सिजनको मात्रा कम भएर आउँछन्। केही गर्न नपाउँदै मृत्यु हुन्छ।’ कतिपयको बाटोमै र कतिपयको उपचार शुरु गर्न नपाउँदै मृत्यु हुने गरेको उनको भनाइ छ। उनी भन्छन्, ‘श्वास लिन गाह्रो भयो भन्दाभन्दै बिरामीको मृत्यु हुने गरेको छ।’ 

अस्पतालमा सघन उपचार कक्षको शैय्या अभावको कारणले पनि बिरामीहरुको उपचार गर्न कठिन भएको विभागीय प्रमुख डा तिवारीको भनाइ छ। समुदायमा कोरोना फैलिएसँगै यसरी बिरामी आउने क्रम बढेको हो। उनका अनुसार बिरामीले सहनसक्ने अवस्थासम्म घरमा नै बस्ने र अति कठिन भएपछि मात्रै अस्पताल आउने भएका कारण उपचार असम्भव हुने गरेको छ। 

अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएपछि यहाँका स्थानीयबासी अस्पताल जान नै डराउने गरेका छन्। सामान्य रोग लागेका बिरामीहरु अस्पतालमा जाने गरेका छैनन्। कतिपयले सामान्य भन्दै घरमा बस्दा पछि जटिल समस्या आउने गरेको छ। कतिपयलाई कोरोनाको लक्षण देखिए पनि समाजको डर र अस्पताल गए पनि केही हुँदैन भन्ने भ्रमका कारण घरमै बस्दा पछि समस्या जटिल बन्ने गरेको पाइएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

भरतपुर अस्पतालका कोभिड क्लिनिकल टिमका संयोजक डा प्रमोद पौडेल जटिल भएपछि मात्रै अस्पताल आउने क्रम बढ्दा समस्या भएको बताउँछन्। उनी भन्छन्, ‘सिटामोलले एक/दुई दिनमा ठीक नभएमा ज्वरोका बिरामी अस्पताल आउनुपर्छ।’ मानिसहरुलाई समस्या भएजस्तो नदेखिने तर अकस्मात श्वास फेर्न गाह्रो भएर मृत्यु हुने गरेको उनको भनाइ छ। रुघाखोकी, ज्वरो, दम भएका बिरामीले नियमित रुपमा अक्सिजनको मात्रा हेर्नुपर्ने उनको सुझाव छ। उनी भन्छन्, ‘ज्वरो आएपछि अस्पताल जाँदा कोरोना भन्छन् कि भन्ने डरले घरमै रोग पालेर बस्ने क्रम बढी छ।’ 

चितवन मेडिकल कलेजका निर्देशक डा दयाराम लम्साल अन्तिम अवस्थामा उपचारका लागि आउने क्रम बढेको बताउँछन्। समयमा उपचार गर्न नआउँदा समस्या हुने गरेको उनको भनाइ छ। उनी भन्छन्, ‘सकेसम्म घरमा नै उपचार गर्न चाहने बढी छन्। जसले गर्दा जटिल भएपछि मात्रै अस्पताल आउने गरेका छन्।’ सामान्य अवस्थाबाहेक समस्या देखिएमा अस्पताल आउन उनको सुझाव छ। 

जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी अन्तिम अवस्थामा अस्पताल आइपुग्दा बिरामीको मृत्यु बढेको बताउँछन्। रुघाखोकी र सयभन्दा बढी ज्वरो आएमा अस्पताल जान उनको सुझाव छ। उनी भन्छन्, ‘कोरोना भएमा अरूले के भन्लान् भनेर पनि अस्पताल आउन डराएको अवस्था छ।’ अस्पतालहरुले सकेसम्म सुरक्षाको मापदण्ड अपनाएर उपचार गरिरहेकाले रोग पालेर घरमा नबस्न उनी आग्रह गर्छन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कतिपय बाटोमै मृत्यु हुनेहरुको कोरोना परीक्षणसमेत नगरी परिवारले शवको व्यवस्थापन गर्ने गरेका छन्। अस्पतालमा आइपुगेर मृत्यु भएकाको भने स्वाब परीक्षण गर्ने गरिएको छ। यसरी मृत्यु भएका कतिपयको परिवारले अस्पतालबाट स्वाब परीक्षण नगरी शव घर लैजाने गरेका छन्। यही भदौ १४ गते यस्तै प्रकृतिका तीन जनाको भरतपुर अस्पतालमा मृत्यु भएको थियो। उनीहरु तीनै जनाको कोरोना पोजिटिभ देखिएको थियो। 

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले घरमा रोग पालेर नबस्न सबैमा आग्रह गरेका छन्। सामान्य समस्यामा अस्पताल आउन नपरे पनि टेलिफोन लगायतका माध्यमबाट चिकित्सकसँग परामर्श गर्न सकिने उनको भनाइ छ। जिल्लाका सरकारी र निजी अस्पतालले सहकार्य गरेर आएका बिरामीलाई उपचार व्यवस्था गरिएको छ। केही दिनअघि उपचार नपाएर मृत्यु भएको घटनापछि स्थानीय प्रशासनले अस्पतालहरुलाई समन्वय गरेर उपचार गर्न निर्देशन दिएको थियो। भरतपुर अस्पतालका अध्यक्ष डा अधिकारीको संयोजकत्वमा रहेको प्राविधिक समितिले उपचार नपाउने अवस्था आउन नदिनका लागि काम गरिरहेको छ।

प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  १५:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी रवि शुक्रबार बिहान तीर्थाटनका लागि भन्दै सपरिवार धनगढी हुँदै भारततर्फ लागेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि–नोक्सानी सम्बोधन कोषले नेपाललाई दुई करोड अमेरिकी डलर अ... शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्