काठमाडौं–दोस्रो बजारमा सुधार हुन थालेसँगै नाफामा देखिन थालेका म्यचुअल फण्डले लाभांस वितरण गर्न थालेका छन्। अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा ८ वटा मात्रै म्युचुअल फण्डले लाभांस वितरण गरेकोमा गत वर्षको नाफाबाट १० वटाले लाभांस घोषणा गरिसकेका छन्।
आर्थिक वर्ष सकिएको दुई महिनाभित्रै १० वटा फण्डले लाभांस दिएका हुन्। ९ वटाले बुक क्लोज गरिसकेका छन्। केहीले शेयरधनीको खातामा पैसा पठाइसकेका छन्। यस वर्ष सबैभन्दा धेरै एनआईसी एशिया ग्रोथ फण्ड र एनआईविएल समृद्धि फण्डले १२ प्रतिशत लाभांस दिएका छन्।
एक वर्ष अगाडि अधिकांश म्युच्अल फण्ड नोक्सानमा थिए। नोक्सानमा भएकाले अघिल्लो आर्थिक वर्षको नाफाबाट लाभांस दिन सकेका थिएनन्। तर ९ महिना यता शेयर बजार लगातार सुधार भइरहेको छ। बजार सुधार हुँदा फण्डले लगानी गरेका कम्पनीको मूल्य पनि बढ्ने भएकाले उनीहरुको न्याभ रिपोर्ट नाफामा देखिन थालेको हो।
दोस्रो बजारमा आफैंले लगानी गर्न नसक्ने शेयरधनीले म्युचु्अल फण्डमार्फत् लगानी गर्न सक्छन्। नेपालमा बन्दमुखी म्युचुअल फण्ड बढी प्रचलनमा रहेका छन्। निश्चित अवधिको हुने भएकाले केही फण्डले धेरै राम्रो लाभांस दिन सक्छन्। तर बजार ओरालो झरेको समयमा सञ्चालमा रहने फण्डले भने नोक्सान बेहोर्नु पर्ने हुन्छ।
नेपालको शेयर बजारमा ८० प्रतिशतभन्दा धेरै शेयर बैंक तथा वित्तीय संस्थाहरुको छ। बाँकी जलविद्युत, बिमा कम्पनी र केही उत्पादन तथा प्रसोधनको छ। यसले गर्दा म्युचुअल फण्डले पोर्टफोलियो व्यवस्थापन गर्न सक्दैनन्।
म्युचु्अल फण्डमात्रै नभएर आम लगानीकर्ताले पनि दोस्रो बजारमा सधै कमाउन सक्दैनन्। बैंक तथा वित्तीय संस्थाको बाहुल्य भएकाले नेपाल राष्ट्र बैंकको पोलिसीका आधारमा म्यचुअल फण्ड तथा दोस्रो बजारका लगानीकर्ताको नाफा–नोक्सान तय हुन्छ। तीन–चार वर्षदेखि दोस्रो बजार वियरिस ट्रेण्डमा थियो। यस अवधिमा लगानीकर्ताले अर्बौ रुपैयाँ गुमाए।
लाभांस दिनै नसक्ने अवस्थामा देखिएका म्युचुअल फण्डहरु गत असारमा दुई वटाबाहेक सबै नाफामा छन्। यसले गर्दा लाभांस दिने फण्डहरु अझै बढ्ने देखिन्छ।
कसले कति दिए लाभांस?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।