• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ ६, २०८३ Wed, May 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

‘अल्पकालीन बुल’ को अबको लक्ष्य कति ?

64x64
नेपाल लाइभ शनिबार, भदौ २७, २०७७  ०९:४१
1140x725

काठमाडौं–अर्थमन्त्री डा‍. युवराज खतिवडाको बहिर्गमनको हल्ला फैलाएर लामो समयदेखि शेयर बजार तल-माथि पार्ने ‘फण्डा’ अन्त्य भएको छ। उनको नाममा घट्दो बजारको विश्लेषण गर्ने लगानीकर्तालाई अबको केही समय गाह्रो पर्नेछ। खतिवडा हटेसँगै शेयर बजारमा उछाल आउने विश्लेषण गरिएकोमा उनको राजीनामापछि खुलेको शेयर बजारमा २१ अंकको गिरावट आयो। तर पछिल्ला तीन कारोबार दिनमा बजार सुधार हुँदा २० अंकको बाउन्स ब्याकसहित थप १० अंकले सुधार भएको छ।

प्राविधिक विश्लेषकहरुका अनुसार यस साता शेयर बजारमा अल्पकालीन बुल (सर्टटर्म बुल) देखियो। यसको प्रभाव आगामी सातामा पनि पर्ने देखिएको उनीहरु बताउछन्। विश्लेषकका अनुसार यस साता अल्पकालीन बुलका कारण नेप्से सूचक न्यूनतम १४७० देखि अधिकतम १५९० को बीचमा चल्नेछ। 

आइतबार १५११ अंकबाट बजार सुरु हुनेछ। तीन दिनदेखि सुधारोन्मुख बजारको लक्ष्य १५४६ अंकसम्म हुनसक्ने अनुमान गरिएको छ। त्यसपछि नाफा बुक गर्नेका कारण बजार केही करेक्सन हुने क्रममा १५७० अंकसम्म झर्न सक्ने विश्लेषण गरिएको थियो। 

यो साता शेयर बजारमा ११ अर्ब ५२ करोड रुपैयाँको कारोबार भयो। गत साताको तुलनामा यो रकम ३।९ प्रतिशतले कम हो। पछिल्लो समय शेयर बजारलाई कारोबार रकमले पनि साथ दिइरहेको छ। बजार केही सुधार हुनेबित्तिकै कारोबार रकम तीन–चार अर्ब रुपैयाँभन्दा माथि हुने गरेको छ। पछिल्लो समय दैनिक औसत कारोबार दुई अर्ब रुपैयाँभन्दा माथि छ। 

बजार पुँजीकरण २० खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ। बजार केही दिन सुधार भएको खण्डमा बजार पुँजीकरण इतिहासकै सबैभन्दा धेरै हुने देखिएको छ। नेप्से सूचक सबैभन्दा धेरै भएको समयमा बजार पुँजीकरण २१ खर्ब हाराहारी थियो। तर त्यतिबेलाको भन्दा अहिले सूचीकृत पुँजी तीन–चार गुणाले बढिसकेको छ। यस अवधिमा बैंक, वित्तीय संस्था र बिमा कम्पनीले पुँजी वृद्धि योजनामार्फत चार गुणा बढी पुँजी थप गरेका छन्। अर्कोतर्फ जलविद्युत कम्पनीसहित केही नयाँ कम्पनी बजारमा थपिएका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

यो साता सबैभन्दा धेरै उछाल बिमा कम्पनीमा देखिन्छ। बिमा कम्पनीले अबको केही महिनामा अघिल्लो आर्थिक वर्षको लाभांस घोषणा गर्न थाल्ने छन्। यसले गर्दा पनि दोस्रो बजारमा बिमा कम्पनीप्रति लगानीकर्ताको आकर्षण बढिरहेको छ। 

किन सुधार भैरहेको छ बजार?
पछिल्लो समय बजारलाई बैंकको व्याजदर र तरलताले सबैभन्दा धेरै साथ दिइरहेको छ। कोभिड–१९ कारण लगानीका सम्पूर्ण ढोका बन्द छन्। नयाँ क्षेत्रमा लगानी गर्न नपाउँदा लगानीकर्ताको ध्यान शेयर बजारमा छ। बजार बुझेका र नियमित कारोबार गर्ने लगानीकर्ताले आफ्नो घर खर्चदेखि करसमेत  शेयर बजारबाटै तिर्न थालेका छन्। लगातार बजार सुधार हुँदा लगानीकर्ताको ध्यान पनि शेयर बजारमा नै केन्द्रित छ।

शेयर कर्जा लिनका लागि बैंकहरु आफै मार्केटिङ गर्दै हिडेका छन्। बैंकमा तरलता बढी हुँदा व्याजदर घटिरहेको छ। नयाँ कर्जाको माग नै नआउदा बैंकहरु आधार व्याजदर भन्दा पनि तल झरेर कर्जाको आह्वान गरिरहेका छन्। यसले गर्दा बैंकहरुको नयाँ ग्राहकको रुपमा शेयर लगानीकर्ता छन्। 

अर्थतन्त्रका सम्पूर्ण सूचक नकारात्मक हुँदै गर्दा शेयर बजार भने लागतार बढिरहेको छ। सूचीकृत कम्पनीले दिने लाभांस पनि धेरै घट्ने सम्भावना छ। तर पनि बजार सुधार भइरहेको छ। नेपालको शेयर बजारलाई हेर्ने हो भने अर्थतन्त्र कमजोर हुँदा, लगानीका ढोका बन्द हुँदा र बैंकमा कर्जाको माग आउदा बजार सुधार हुने गरेको छ। अहिले कोभिड–१९ का कारण लगानी ठप्प छ। यसले गर्दा लगानीकर्ताले दोस्रो बजारबाट फाइदा लिइरहेका छन्।

दोस्रो बजारमा अनुमानको कारोबार हुन्छ। बजार सुधार हुने अनुमानका आधारमा लगानीकर्ता बढी हौसिन्छन्। बजार सुधार हुने  मनोविज्ञान भयो भने त्यहाँ बजार सुधार हुने अरु कुनै अर्थतन्त्रका कुनै सूचक सुधार देखिनु पर्दैन।

नेपालको शेयर बजार पछिल्लो समय प्राविधिक विश्लेषकहरुका कारणले पनि प्रभावित हुने गरेको छ। उनीहरुले बजार सुधार हुन्छ भन्ने विश्लेषण गरे लगानीकर्ताहरु भएभरको क्षमता प्रयोग गरेर शेयर किन्न थाल्छन। बजार घट्छ भन्न थाले भने भएको शेयर पनि बेच्न थाल्छन्। यसले गर्दा उनीहरुले दिने जानकारीका आधारमा बजार धेरै प्रभावित हुने गरेको हो।
 

प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  ०९:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशमा लगानीको वातावरण बन्न सकेन : विदुषी राणा
संसदमा एमालेले उठायो सभामुख अर्यालको भूमिकामाथि प्रश्न
बासस्थान भत्काएका सुकुमबासीलाई मासिक १५ हजार दिने निर्णय अमानवीय
सम्बन्धित सामग्री
सामान्य अंकले बढेर शेयरबजार बन्द नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १.७७ अंकले बढ्दै २ हजार ७३१.९४ अंकमा उक्लिएको हो । शुक्रबार, जेठ १, २०८३
नेप्से परिसूचक १० अंकले घट्यो, ३ अर्बको कारोबार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३४ अङ्कले ओरालो लागेर चार सय ६७ दशमलव २० मा सिमित भएको हो । बिहीबार, वैशाख ३१, २०८३
२७ अंकले बढेर शेयरबजार बन्द मंगलबारको तुलनामा नेप्से परिसूचक २७.४९ अङ्कले बढेर २७४५.६५ विन्दुमा पुगेर बन्द भएको छ । शुक्रबार, वैशाख २५, २०८३
ताजा समाचारसबै
देशमा लगानीको वातावरण बन्न सकेन : विदुषी राणा बुधबार, जेठ ६, २०८३
संसदमा एमालेले उठायो सभामुख अर्यालको भूमिकामाथि प्रश्न बुधबार, जेठ ६, २०८३
बासस्थान भत्काएका सुकुमबासीलाई मासिक १५ हजार दिने निर्णय अमानवीय बुधबार, जेठ ६, २०८३
सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी बुधबार, जेठ ६, २०८३
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बुधबार, जेठ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय मंगलबार, जेठ ५, २०८३
प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बुधबार, जेठ ६, २०८३
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ मंगलबार, जेठ ५, २०८३
अब अनलाइनमार्फतै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्