• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

पढ्नेहरुको दुनियाँ अलग्गै हुन्छ : सगुना शाह [अन्तर्वार्ता]

64x64
प्रजु पन्त शनिबार, भदौ २७, २०७७  १२:२५
1140x725

सगुना शाह प्राध्यापन गर्छिन्। अंग्रेजी साहित्य र फ्रान्सेली भाषा अध्यापन एवं नेपाली रगंमञ्च र पठन संस्कृति प्रवर्द्धनमा सक्रिय उनी बूकहोलिक्समार्फत् प्रत्येक  महिना मार्टिन चौतारीमा चकटी बहस पनि चलाउँछिन्। कोरोना भाइरसको महामारीका कारण भेटघाट बन्द भए पनि बुकहोलिक्सबाट भर्चुअल कार्यक्रम निरन्तर चलाइरहेकी छन्। निबन्ध, समालोचना तथा अनुवाद प्रकाशन गरिसकेकी शाहको अहिले शिवा शाहको ‘द अदर क्विन’ उपन्यासको अनुवाद कृति ‘कान्छा महारानी’ बजारमा आएको छ । पठन संस्कृति र अनुवादबारे शाहसँग नेपाल लाइभका लागि प्रजु पन्तले गरेको कुराकानीः

अहिले कुन पुस्तक पढिरहनुभएको छ?
सबैभन्दा पहिले त उपन्यास बजारमा निस्केलगत्तै ‘कान्छा महारानी’ नै पढेँ। त्यसपपछि अर्चना थापाको ‘सत्व’ सकाएर अहिले बिना थिङ तामाङको ‘याम्बुनेर’ पढिरहेकी छु।

तपाईं त धेरै अंग्रेजी पुस्तक पढ्नुहुन्छ, पछिल्लो समय नेपाली पुस्तकतिर मन गएको हो?
अंग्रेजी पुस्तक बढी पढ्छु भन्ने मानिसहरुको अड्कलमात्र हो। नेपाली भाषामा निस्केका पुस्तक नै प्राय चकटी बहसमा छलफल हुने भएकाले पनि पढ्नै पर्ने हुन्छ। दुवै भाषामा उत्तिकै पढ्छु।

ठ्याक्कैभन्दा, तपाईंलाई कस्ता पुस्तकमा रुची हो?
अंग्रेजीमा ‘लाईफ राइटिङ’ भनिन्छ। मलाई आत्मकथा, संस्मरण, बायोग्राफी, अटोबायोग्राफी, यात्रा निबन्ध, इतिहास अनि मिथक र आध्यात्मिक दर्शनमा रुची छ। वार एन्ड कन्फ्लिक्ट ट्रमा पढाउने पनि भएकाले विश्वयुद्धका बारेमा लेखिएका किताबहरुमा पनि रुची छ। फिक्सन विधामा रुची घटेको भए पनि पढ्नचाहिँ पढिरहेकै हुन्छु। सबैभन्दा गार्‍हो लाग्ने कविता हो। निबन्ध र कथा भने मन पर्ने विधा हुन्। 

तपाईं आफूमात्र पढ्ने हैन अरुलाई पनि पढ्न प्रोत्साहन गर्नुहुन्छ। यस्तो किन गर्नुपर्छ जस्तो लाग्यो?
हामीकहाँ पुस्तक पढ्ने रुची थोरै मानिसमा मात्र छ। केही अपवादको रुपमा रहेका विद्यालयहरुमा  पुस्तकालयको समय संस्कृतिको रुपमा विकास भएको हुन्छ।  तर सानैदेखि यस्तो वातावरण सबैले पाएका हुँदैनन्। पुस्तक पढ्ने बानी भएमा बोल्ने र लेख्ने सीपको मात्र विकास नभई यसले मानिसलाई विभिन्न पक्षबाट सोच्न सक्ने, आफ्नो विचारबारे छलफल गर्न सक्ने पनि बनाउँछ।

यतिमात्र नभएर, यसले मानिसलाई आफ्नो एउटा सानो कुनामा बसेर संसारभरिको राजनीतिक, सामाजिक, संस्कृति, परम्परा, दर्शन आदिबारे जान्ने मौका दिन्छ। मलाई लाग्छ किताब पढ्नु भनेको जीवनलाई धेरै तवरबाट  बुझ्ने मौका पाउनु हो। किताब पढ्न प्रोत्साहन गर्न यस अर्थमा पनि जरुरी छ, कि धेरैले यसले दिने आनन्दको महत्व नै बुझेका छैनन्। पढ्नेहरुको दुनियाँ नै अलग्गै हुन्छ।

त्यही अलग्गै दुनियाँमा सबै पुगुन् भनेर पुस्तक पढ्न र त्यसबारे छलफल गर्न चकटी बहस चलाउनु भएको हो?
किताबको दुनियाँ रमाउनेमात्र नभएर पाठक प्रतिकृया अनि समीक्षात्मक टिप्पणीमा र पुस्तक परिचर्चामा रूची हुनेहरु नै चकटी बहसमा आउने हुन्। लेखक र प्रकाशकहरुको पनि चकटी बहसमा राम्रो उपस्थिति रहने गरेको छ।

कोरोना महामारीले गर्दा अहिले चकटी बहस गर्न पाइएको छैन। बुक होलिक्समार्फत् भर्चुअल कार्यक्रम गरिराख्नुभएको छ।  कुन बढी प्रभावकारी देखियो?
‘चकटी बहस’ महिनाको एक पटक हुन्थ्यो र यसको महत्व बेग्लै  थियो र रहने नै छ। चकटी बहस पाठक र समीक्षक केन्द्रित थियो भने ‘लकडाउनमा स्रष्टासँग’ साक्षात्कारले भने १०० दिनमा भर्चुअल रुपमा प्रत्येक दिन विभिन्न आयामका स्रष्टाहरुसँग जोडिएर वहाँहरुको पठन र लेखन यात्रालाई नजिकबाट बुझ्ने मौका प्रदान गर्‍यो । 

Ncell 2
Ncell 2
nimb
nimb

यो आफैंमा विशेष रह्यो किनकि लेखकहरुका धेरै फ्यानहरुलाई यस कार्यक्रमले नजिकबाट उहाँहरुलाई सुन्ने र जान्ने मौका दियो। देशमा रहेका मात्र नभई भारत, पाकिस्तान, बंगलादेश, अमेरिका,  क्यानडा  अनि अस्ट्रेलियामा रहनुभएका लेखकहरुका कुरा सुन्ने अवसर पनि मिल्यो। बुकहोलिक्सले अहिले यो कार्यक्रम साप्ताहिक रुपमा ‘भर्चुअल भलाकुसारी’ भनेर गरिरहेको छ।

तपाईं आफैं लेख्नुहुन्छ, अनुवाद पनि गर्नुहुन्छ। आफैं लेख्न सजिलो कि अनुवाद गर्न?
म लेखकभन्दा पनि पाठकको रुपमा बढी चिनिन्छु। थोरबहुत लेखेको पनि छु तर त्यस्तो उल्लेख्य नै त केही छैन। तर अनुवाद गर्नुभन्दा आफ्नै लेख्नु निक्कै नै सजिलो कुरा हो। अनुवादमा लिमिटेशन हुन्छ। अनुवाद गर्नु भनेको जस्ताको त्यस्तै लेख्नु नभएर लेखकको भाव र मर्मलाई बुझ्न सक्नु हो। यसका लागि दुवै भाषामा दखल हुन अनिवार्य छ।

नेपालीमा अनुवाद भएका पुस्तकहरु नेपालमा उति राम्रा छैनन्, कथाको मूल मर्म नै मर्ने गरि अनुवाद गरिन्छन् भनिन्छ। यो अनुवादमा कतिको न्याय गर्न सकेँ जस्तो लाग्छ? 
मैले नेपालीमा अनुवाद भएका कृतिहरु धेरै पढेको छैन। तसर्थ ती अनुदित कृति  कत्तिको राम्रा, नराम्रा छन् भन्न सक्दिनँ। केही पाठकहरुले यस उपन्यासको मुल कृति अंग्रेजीमै पनि पढ्नुभएको छ। तर जति पनि पाठक प्रतिकृया आइरहेका छन्, तिनमा कान्छा महारानी अनुदित नभएर नेपालीमै लेखिएको जस्तो लाग्नु भनेको अनुवादकका लागि खुसीको कुरा हो।

अहिले भर्खर बजारमा आएको अनुदित कृति ‘कान्छा महारानी’ को प्रतिक्रिया कस्तो आइरहेको छ?
‘कान्छा महारानी’ को सोचेभन्दा निकै नै राम्रो प्रतिकृया आइरहेको छ। छोटो समयमा त्यो पनि यस्तो लकडाउनको कठिन परिस्थितिमा  पनि यसले धेरै पाठकहरुको माया पाएको छ। यो इतिहासको झण्डै २०० वर्ष  अगाडिको कालखण्डमा आधारित उपन्यास हो। यसबारे पहिले पनि धेरै लेखिएको छ। तर कान्छा महरानीको मनोवादमा आधारित उपन्यास भएकाले यसको प्रस्तुति भने नयाँ लागेको हुन सक्छ पाठकलाई। शिवा शाहले निकै मिहिनत गरेकी छिन ‘द अदर क्विन’ मा।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

 यही पुस्तक अनुवाद गर्नुको कारण के हो बताइदिनुस् न?
पाठकको रुपामा मैले शिवा शाहलाई उनको पहिलो उपन्यासदेखि नै पढ्दै आएकी हुँ। अंग्रेजी लेखनमा स्थापित हुँदाहुँदै पनि थोरैले मात्र उनलाई पढेका छन्। यसै पनि तुलनात्मक रुपमा हेर्ने हो भने फिक्सन धेरै नेपाली भाषामा रुचाइएको पाइन्छ। सायद यही कारणले  ‘द अदर क्विन’ को पनि नेपाली भाषामा अनुवाद भए राम्रो होला भन्ने लागेकाले सांग्रिला बुक्सका प्रकाशक  मणि शर्मा र लेखक शिवा शाह आफैंले अनुवादको प्रस्ताव ल्याउनु भएको हो।

 म पनि अंग्रेजी भाषामा नै लेख्छु तसर्थ म किन भनेर सोध्दाचाहिँ दरबारभित्रको रहनसहन र तौरतरिका अनि भाषासित परिचित भएको कारण भन्ने बुझे। प्रस्ताव प्रकाशक र लेखकले नै ल्याउनु भएको हो। तर मेरा लागि यो अनुवाद गर्नुको अर्को मुख्य कारण यो मेरो पुर्खाको ईतिहास भएकाले हो। 

भनिन्छ, एउटा कुनै पुस्तक अनुवाद गर्नुपर्‍यो भने अन्य धेरै पुस्तकहरु पनि अध्ययन पनि गर्नुपर्छ, यो पुस्तक अनुवाद गर्दा पनि अन्य धेरै सामग्री पढ्नु पर्‍यो कि?
मलाई लाग्दैन कुनै पनि अनुवादकले त्यतिको मिहिनत गर्लान्। त्यसमाथि पनि गैरआख्यान भएको भए तपाईंले भन्नु भएको कुरा लागू हुन्थ्यो होला तर कान्छा महारानीको अनुवाद भने मुल कृतिमा सीमित रहेर नै गरेँ।

सत्य कुरामा आधारित रहेको उपन्यासको अनुवाद गर्दा कत्तिको गाह्रो हुने रहेछ?
सत्य घटनामा आधारित भए पनि यसको आख्यानीकरण गरिएको हो। उपन्यासमा प्रमुख पात्र कान्छा महारानीको नाम राज्यलक्ष्मीको सट्टा राजेन्द्रलक्ष्मी छ। एतिहासिक कोत पर्व मच्चिनु पछाडिको मुख्य कारण कान्छा महारानीको तिरस्कार बोध हो, तसर्थ यो प्रमुख पात्रको दृष्टिबिन्दुबाट लेखिएको छ। यदि आख्यान नभएको हुन्थ्यो भने अनुवादक अझ सजग हुनुपर्ने थियो होला।

राज्यलक्ष्मी नाम नराखेर राजेन्द्रलक्ष्मी किन राखियो होला?
आख्यानमा लेखिएकाले हुन सक्छ  नाम परिवर्तन गरिएको।

पौराणिक पात्र तथा इतिहासका महिला पात्रलाई केन्द्रविन्दुमा राखेर उपन्यास लेखन खुब चलिरहेको छ। ‘कान्छा महारानी’ इतिहासका पात्र भयो।  तपाईंलाई के लाग्छ इतिहास लेखन पुरुषतान्त्रिक सोचबाट लेखिएका कारण महिलाको शक्ति छायामा पर्‍यो?
चाहे ऐतिहासिक हुन् या पौराणिक, तपाईंले इंगित गर्नुभएका पात्र महिला भएकै कारणले कहिले पनि निरीह थिएनन्। सायद यी पात्रहरुलाई हेर्ने नजर, प्रस्तुत  गर्ने तरीका फरक थियो होला, किनभने पावर पोलिटिक्स जहाँ पनि हावी भएको पाइन्छ। तर अबको समयमा ती बलियो गरी जरा गाडेका स्थापित मान्यताहरुलाई भत्काउने समय आएको छ्, त्यसैले फरक न्यारेटिभ आउन थालेका छन्।

सत्तामा पुरुष रहेकाले इतिहासमा पुरुषको दृष्टिकोणमा लेखिएका छन्। यो पुस्तक महिलालाई केन्द्रविन्दुमा राखेर लेखिएको छ। इतिहासमा खलनायक देखाइएकी राज्यलक्ष्मी (उपन्यासमा राजेन्द्रलक्ष्मी) लाई उपन्यासमै सही न्याय देखाउन खोजिएको जस्तो देखिन्छ तपाईंलाई कस्तो लाग्छ?
हो। तत्कालीन समयमा सत्तामा जसको शक्ति र बाहुबल्य छ त्यसैको  दृष्टिकोणबाट  इतिहास लेखिन्छ।  त्यसमा पनि  समाजमा पितृसत्ता हावी भएकाले हुन सक्छ।  कुनै पनि द्वन्दमा खलनायक पात्र पनि त्यसरी नै बन्ने हो। नारीहरुको प्रस्तुति जहिले पनि एकै प्रकारको लेन्सले करुणा, दया माया , ममता, धर्तिजस्ता विशेषणले भरिपूर्ण भएको पाइन्छ। यस्तोमा एउटा ग्रे शेड भएको पात्र कान्छा महारानी हुन् र उनको दृष्टिकोणबाट लेखिएको मनोवाद हो कान्छा महारानी। महारानीको रुपमा भन्दा पनि एउटा तिरस्कृत, प्रेमको भोको पत्नी अनि सत्तामाथि आफ्नो पुत्र स्नेहको कथा हो यो। सहोदर दिदीको राजा , भारदार अनि सत्तामाथिको पहुँच र चलखेलको कथा हो यो। 

धेरैले  राजेन्द्रलक्ष्मीकै कारण राणा शासन आयो,  अझ ‘आइमाइ’ जान्ने हुँदा राजाको सत्ता गुमेको भन्ने भनाइ नेपालमा यत्रतत्र छ। तपाईंलाई इतिहास पुनर्लेखन गर्नुपर्छ जस्तो लाग्छ?
इतिहासलाई विभिन्न दृष्टिकोणबाट नियाल्न सकिन्छ। तर त्यसको पुनर्लेखन गर्ने हो भने इतिहासको अर्थ नै के रह्यो? उदाहरणका लागि, पृथ्वीनारायण शाहले उपत्यकामाथि कब्जा गर्दा कीर्तिपुरबासीहरुको धार्नीका धार्नी नाक काटे भन्ने पाइन्छ। यही कुरालाई केही इतिहासविदहरुले वास्तवमा नाक काट्नुलाई इज्जत लिएको बुझेका छन् न कि साँच्चै नाक काटेको। यसलाई अंग्रेजीमा भन्नुपर्दा  ‘इम्प्लाईड मिनिङ’ भनेर बुझ्न सकिन्छ। राजेन्द्रलक्ष्मी राणाशासनको उदयको कारक त थिइन् नै। तर त्योभन्दा पनि ठूलो कारण जंगबहादुरको दूरदर्शीता थियो। 

राजाको काँतर प्रवृत्तिका कारण राज्यको सार्वभौमसत्ता महारानीहरूको अधिनमा भएसाथै राजदरबारभित्र भारदारहरू अराजकता बढेको थियो, र यसैको फाईदा उठाएका थिए वीरनरसिंह कुवँर अर्थात् जंगबहादुरले।

अन्त्यमा, अब फेरि नयाँ अनुवाद गर्ने कि आफै लेख्नुहुन्छ ?
अहिले पनि एउटा अनुवादमा बिस्तारै काम गरिरह्की छु। आगामी दिनहरुमा भने आफै लेख्न थाल्ने सोच छ ।

प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  १२:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ मंगलबार, असोज २७, २०८३
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने मंगलबार, असोज २७, २०८३
राप्रपालाई नयाँ उचाइमा पुर्‍याउने गरी महाधिवेशन गर्न लिङ्देनको आह्वान मंगलबार, असोज २७, २०८३
भोटेकोशी बाढीपछि बेपत्ता अमेरिकी नागरिकहरूको खोजी र पहिचानका लागि अमेरिकाद्वारा धन्यवाद व्यक्त मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्