• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
पढ्नेहरुको दुनियाँ अलग्गै हुन्छ : सगुना शाह [अन्तर्वार्ता]
64x64
प्रजु पन्त शनिबार, भदौ २७, २०७७  १२:२५
1140x725

सगुना शाह प्राध्यापन गर्छिन्। अंग्रेजी साहित्य र फ्रान्सेली भाषा अध्यापन एवं नेपाली रगंमञ्च र पठन संस्कृति प्रवर्द्धनमा सक्रिय उनी बूकहोलिक्समार्फत् प्रत्येक  महिना मार्टिन चौतारीमा चकटी बहस पनि चलाउँछिन्। कोरोना भाइरसको महामारीका कारण भेटघाट बन्द भए पनि बुकहोलिक्सबाट भर्चुअल कार्यक्रम निरन्तर चलाइरहेकी छन्। निबन्ध, समालोचना तथा अनुवाद प्रकाशन गरिसकेकी शाहको अहिले शिवा शाहको ‘द अदर क्विन’ उपन्यासको अनुवाद कृति ‘कान्छा महारानी’ बजारमा आएको छ । पठन संस्कृति र अनुवादबारे शाहसँग नेपाल लाइभका लागि प्रजु पन्तले गरेको कुराकानीः

अहिले कुन पुस्तक पढिरहनुभएको छ?
सबैभन्दा पहिले त उपन्यास बजारमा निस्केलगत्तै ‘कान्छा महारानी’ नै पढेँ। त्यसपपछि अर्चना थापाको ‘सत्व’ सकाएर अहिले बिना थिङ तामाङको ‘याम्बुनेर’ पढिरहेकी छु।

तपाईं त धेरै अंग्रेजी पुस्तक पढ्नुहुन्छ, पछिल्लो समय नेपाली पुस्तकतिर मन गएको हो?
अंग्रेजी पुस्तक बढी पढ्छु भन्ने मानिसहरुको अड्कलमात्र हो। नेपाली भाषामा निस्केका पुस्तक नै प्राय चकटी बहसमा छलफल हुने भएकाले पनि पढ्नै पर्ने हुन्छ। दुवै भाषामा उत्तिकै पढ्छु।

ठ्याक्कैभन्दा, तपाईंलाई कस्ता पुस्तकमा रुची हो?
अंग्रेजीमा ‘लाईफ राइटिङ’ भनिन्छ। मलाई आत्मकथा, संस्मरण, बायोग्राफी, अटोबायोग्राफी, यात्रा निबन्ध, इतिहास अनि मिथक र आध्यात्मिक दर्शनमा रुची छ। वार एन्ड कन्फ्लिक्ट ट्रमा पढाउने पनि भएकाले विश्वयुद्धका बारेमा लेखिएका किताबहरुमा पनि रुची छ। फिक्सन विधामा रुची घटेको भए पनि पढ्नचाहिँ पढिरहेकै हुन्छु। सबैभन्दा गार्‍हो लाग्ने कविता हो। निबन्ध र कथा भने मन पर्ने विधा हुन्। 

तपाईं आफूमात्र पढ्ने हैन अरुलाई पनि पढ्न प्रोत्साहन गर्नुहुन्छ। यस्तो किन गर्नुपर्छ जस्तो लाग्यो?
हामीकहाँ पुस्तक पढ्ने रुची थोरै मानिसमा मात्र छ। केही अपवादको रुपमा रहेका विद्यालयहरुमा  पुस्तकालयको समय संस्कृतिको रुपमा विकास भएको हुन्छ।  तर सानैदेखि यस्तो वातावरण सबैले पाएका हुँदैनन्। पुस्तक पढ्ने बानी भएमा बोल्ने र लेख्ने सीपको मात्र विकास नभई यसले मानिसलाई विभिन्न पक्षबाट सोच्न सक्ने, आफ्नो विचारबारे छलफल गर्न सक्ने पनि बनाउँछ।

यतिमात्र नभएर, यसले मानिसलाई आफ्नो एउटा सानो कुनामा बसेर संसारभरिको राजनीतिक, सामाजिक, संस्कृति, परम्परा, दर्शन आदिबारे जान्ने मौका दिन्छ। मलाई लाग्छ किताब पढ्नु भनेको जीवनलाई धेरै तवरबाट  बुझ्ने मौका पाउनु हो। किताब पढ्न प्रोत्साहन गर्न यस अर्थमा पनि जरुरी छ, कि धेरैले यसले दिने आनन्दको महत्व नै बुझेका छैनन्। पढ्नेहरुको दुनियाँ नै अलग्गै हुन्छ।

त्यही अलग्गै दुनियाँमा सबै पुगुन् भनेर पुस्तक पढ्न र त्यसबारे छलफल गर्न चकटी बहस चलाउनु भएको हो?
किताबको दुनियाँ रमाउनेमात्र नभएर पाठक प्रतिकृया अनि समीक्षात्मक टिप्पणीमा र पुस्तक परिचर्चामा रूची हुनेहरु नै चकटी बहसमा आउने हुन्। लेखक र प्रकाशकहरुको पनि चकटी बहसमा राम्रो उपस्थिति रहने गरेको छ।

कोरोना महामारीले गर्दा अहिले चकटी बहस गर्न पाइएको छैन। बुक होलिक्समार्फत् भर्चुअल कार्यक्रम गरिराख्नुभएको छ।  कुन बढी प्रभावकारी देखियो?
‘चकटी बहस’ महिनाको एक पटक हुन्थ्यो र यसको महत्व बेग्लै  थियो र रहने नै छ। चकटी बहस पाठक र समीक्षक केन्द्रित थियो भने ‘लकडाउनमा स्रष्टासँग’ साक्षात्कारले भने १०० दिनमा भर्चुअल रुपमा प्रत्येक दिन विभिन्न आयामका स्रष्टाहरुसँग जोडिएर वहाँहरुको पठन र लेखन यात्रालाई नजिकबाट बुझ्ने मौका प्रदान गर्‍यो । 

यो आफैंमा विशेष रह्यो किनकि लेखकहरुका धेरै फ्यानहरुलाई यस कार्यक्रमले नजिकबाट उहाँहरुलाई सुन्ने र जान्ने मौका दियो। देशमा रहेका मात्र नभई भारत, पाकिस्तान, बंगलादेश, अमेरिका,  क्यानडा  अनि अस्ट्रेलियामा रहनुभएका लेखकहरुका कुरा सुन्ने अवसर पनि मिल्यो। बुकहोलिक्सले अहिले यो कार्यक्रम साप्ताहिक रुपमा ‘भर्चुअल भलाकुसारी’ भनेर गरिरहेको छ।

तपाईं आफैं लेख्नुहुन्छ, अनुवाद पनि गर्नुहुन्छ। आफैं लेख्न सजिलो कि अनुवाद गर्न?
म लेखकभन्दा पनि पाठकको रुपमा बढी चिनिन्छु। थोरबहुत लेखेको पनि छु तर त्यस्तो उल्लेख्य नै त केही छैन। तर अनुवाद गर्नुभन्दा आफ्नै लेख्नु निक्कै नै सजिलो कुरा हो। अनुवादमा लिमिटेशन हुन्छ। अनुवाद गर्नु भनेको जस्ताको त्यस्तै लेख्नु नभएर लेखकको भाव र मर्मलाई बुझ्न सक्नु हो। यसका लागि दुवै भाषामा दखल हुन अनिवार्य छ।

नेपालीमा अनुवाद भएका पुस्तकहरु नेपालमा उति राम्रा छैनन्, कथाको मूल मर्म नै मर्ने गरि अनुवाद गरिन्छन् भनिन्छ। यो अनुवादमा कतिको न्याय गर्न सकेँ जस्तो लाग्छ? 
मैले नेपालीमा अनुवाद भएका कृतिहरु धेरै पढेको छैन। तसर्थ ती अनुदित कृति  कत्तिको राम्रा, नराम्रा छन् भन्न सक्दिनँ। केही पाठकहरुले यस उपन्यासको मुल कृति अंग्रेजीमै पनि पढ्नुभएको छ। तर जति पनि पाठक प्रतिकृया आइरहेका छन्, तिनमा कान्छा महारानी अनुदित नभएर नेपालीमै लेखिएको जस्तो लाग्नु भनेको अनुवादकका लागि खुसीको कुरा हो।

अहिले भर्खर बजारमा आएको अनुदित कृति ‘कान्छा महारानी’ को प्रतिक्रिया कस्तो आइरहेको छ?
‘कान्छा महारानी’ को सोचेभन्दा निकै नै राम्रो प्रतिकृया आइरहेको छ। छोटो समयमा त्यो पनि यस्तो लकडाउनको कठिन परिस्थितिमा  पनि यसले धेरै पाठकहरुको माया पाएको छ। यो इतिहासको झण्डै २०० वर्ष  अगाडिको कालखण्डमा आधारित उपन्यास हो। यसबारे पहिले पनि धेरै लेखिएको छ। तर कान्छा महरानीको मनोवादमा आधारित उपन्यास भएकाले यसको प्रस्तुति भने नयाँ लागेको हुन सक्छ पाठकलाई। शिवा शाहले निकै मिहिनत गरेकी छिन ‘द अदर क्विन’ मा।

 यही पुस्तक अनुवाद गर्नुको कारण के हो बताइदिनुस् न?
पाठकको रुपामा मैले शिवा शाहलाई उनको पहिलो उपन्यासदेखि नै पढ्दै आएकी हुँ। अंग्रेजी लेखनमा स्थापित हुँदाहुँदै पनि थोरैले मात्र उनलाई पढेका छन्। यसै पनि तुलनात्मक रुपमा हेर्ने हो भने फिक्सन धेरै नेपाली भाषामा रुचाइएको पाइन्छ। सायद यही कारणले  ‘द अदर क्विन’ को पनि नेपाली भाषामा अनुवाद भए राम्रो होला भन्ने लागेकाले सांग्रिला बुक्सका प्रकाशक  मणि शर्मा र लेखक शिवा शाह आफैंले अनुवादको प्रस्ताव ल्याउनु भएको हो।

 म पनि अंग्रेजी भाषामा नै लेख्छु तसर्थ म किन भनेर सोध्दाचाहिँ दरबारभित्रको रहनसहन र तौरतरिका अनि भाषासित परिचित भएको कारण भन्ने बुझे। प्रस्ताव प्रकाशक र लेखकले नै ल्याउनु भएको हो। तर मेरा लागि यो अनुवाद गर्नुको अर्को मुख्य कारण यो मेरो पुर्खाको ईतिहास भएकाले हो। 

भनिन्छ, एउटा कुनै पुस्तक अनुवाद गर्नुपर्‍यो भने अन्य धेरै पुस्तकहरु पनि अध्ययन पनि गर्नुपर्छ, यो पुस्तक अनुवाद गर्दा पनि अन्य धेरै सामग्री पढ्नु पर्‍यो कि?
मलाई लाग्दैन कुनै पनि अनुवादकले त्यतिको मिहिनत गर्लान्। त्यसमाथि पनि गैरआख्यान भएको भए तपाईंले भन्नु भएको कुरा लागू हुन्थ्यो होला तर कान्छा महारानीको अनुवाद भने मुल कृतिमा सीमित रहेर नै गरेँ।

सत्य कुरामा आधारित रहेको उपन्यासको अनुवाद गर्दा कत्तिको गाह्रो हुने रहेछ?
सत्य घटनामा आधारित भए पनि यसको आख्यानीकरण गरिएको हो। उपन्यासमा प्रमुख पात्र कान्छा महारानीको नाम राज्यलक्ष्मीको सट्टा राजेन्द्रलक्ष्मी छ। एतिहासिक कोत पर्व मच्चिनु पछाडिको मुख्य कारण कान्छा महारानीको तिरस्कार बोध हो, तसर्थ यो प्रमुख पात्रको दृष्टिबिन्दुबाट लेखिएको छ। यदि आख्यान नभएको हुन्थ्यो भने अनुवादक अझ सजग हुनुपर्ने थियो होला।

राज्यलक्ष्मी नाम नराखेर राजेन्द्रलक्ष्मी किन राखियो होला?
आख्यानमा लेखिएकाले हुन सक्छ  नाम परिवर्तन गरिएको।

पौराणिक पात्र तथा इतिहासका महिला पात्रलाई केन्द्रविन्दुमा राखेर उपन्यास लेखन खुब चलिरहेको छ। ‘कान्छा महारानी’ इतिहासका पात्र भयो।  तपाईंलाई के लाग्छ इतिहास लेखन पुरुषतान्त्रिक सोचबाट लेखिएका कारण महिलाको शक्ति छायामा पर्‍यो?
चाहे ऐतिहासिक हुन् या पौराणिक, तपाईंले इंगित गर्नुभएका पात्र महिला भएकै कारणले कहिले पनि निरीह थिएनन्। सायद यी पात्रहरुलाई हेर्ने नजर, प्रस्तुत  गर्ने तरीका फरक थियो होला, किनभने पावर पोलिटिक्स जहाँ पनि हावी भएको पाइन्छ। तर अबको समयमा ती बलियो गरी जरा गाडेका स्थापित मान्यताहरुलाई भत्काउने समय आएको छ्, त्यसैले फरक न्यारेटिभ आउन थालेका छन्।

सत्तामा पुरुष रहेकाले इतिहासमा पुरुषको दृष्टिकोणमा लेखिएका छन्। यो पुस्तक महिलालाई केन्द्रविन्दुमा राखेर लेखिएको छ। इतिहासमा खलनायक देखाइएकी राज्यलक्ष्मी (उपन्यासमा राजेन्द्रलक्ष्मी) लाई उपन्यासमै सही न्याय देखाउन खोजिएको जस्तो देखिन्छ तपाईंलाई कस्तो लाग्छ?
हो। तत्कालीन समयमा सत्तामा जसको शक्ति र बाहुबल्य छ त्यसैको  दृष्टिकोणबाट  इतिहास लेखिन्छ।  त्यसमा पनि  समाजमा पितृसत्ता हावी भएकाले हुन सक्छ।  कुनै पनि द्वन्दमा खलनायक पात्र पनि त्यसरी नै बन्ने हो। नारीहरुको प्रस्तुति जहिले पनि एकै प्रकारको लेन्सले करुणा, दया माया , ममता, धर्तिजस्ता विशेषणले भरिपूर्ण भएको पाइन्छ। यस्तोमा एउटा ग्रे शेड भएको पात्र कान्छा महारानी हुन् र उनको दृष्टिकोणबाट लेखिएको मनोवाद हो कान्छा महारानी। महारानीको रुपमा भन्दा पनि एउटा तिरस्कृत, प्रेमको भोको पत्नी अनि सत्तामाथि आफ्नो पुत्र स्नेहको कथा हो यो। सहोदर दिदीको राजा , भारदार अनि सत्तामाथिको पहुँच र चलखेलको कथा हो यो। 

धेरैले  राजेन्द्रलक्ष्मीकै कारण राणा शासन आयो,  अझ ‘आइमाइ’ जान्ने हुँदा राजाको सत्ता गुमेको भन्ने भनाइ नेपालमा यत्रतत्र छ। तपाईंलाई इतिहास पुनर्लेखन गर्नुपर्छ जस्तो लाग्छ?
इतिहासलाई विभिन्न दृष्टिकोणबाट नियाल्न सकिन्छ। तर त्यसको पुनर्लेखन गर्ने हो भने इतिहासको अर्थ नै के रह्यो? उदाहरणका लागि, पृथ्वीनारायण शाहले उपत्यकामाथि कब्जा गर्दा कीर्तिपुरबासीहरुको धार्नीका धार्नी नाक काटे भन्ने पाइन्छ। यही कुरालाई केही इतिहासविदहरुले वास्तवमा नाक काट्नुलाई इज्जत लिएको बुझेका छन् न कि साँच्चै नाक काटेको। यसलाई अंग्रेजीमा भन्नुपर्दा  ‘इम्प्लाईड मिनिङ’ भनेर बुझ्न सकिन्छ। राजेन्द्रलक्ष्मी राणाशासनको उदयको कारक त थिइन् नै। तर त्योभन्दा पनि ठूलो कारण जंगबहादुरको दूरदर्शीता थियो। 

राजाको काँतर प्रवृत्तिका कारण राज्यको सार्वभौमसत्ता महारानीहरूको अधिनमा भएसाथै राजदरबारभित्र भारदारहरू अराजकता बढेको थियो, र यसैको फाईदा उठाएका थिए वीरनरसिंह कुवँर अर्थात् जंगबहादुरले।

अन्त्यमा, अब फेरि नयाँ अनुवाद गर्ने कि आफै लेख्नुहुन्छ ?
अहिले पनि एउटा अनुवादमा बिस्तारै काम गरिरह्की छु। आगामी दिनहरुमा भने आफै लेख्न थाल्ने सोच छ ।

प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  १२:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु सोमबार, असार १६, २०८२
सम्पत्ति शुद्धीकरण मुद्दामा नागार्जुनका निलम्बित मेयर बस्नेतलाई ११ वर्ष कैद, ३१ करोड १८ लाख जरिवाना सोमबार, असार १६, २०८२
दरबारमार्गमा निर्माणधीन घरको चौथो तलाबाट खस्दा दुई कामदारको मृत्यु सोमबार, असार १६, २०८२
शिक्षा विधेयक पारित गर्न बसेको समिति बैठक स्थगित सोमबार, असार १६, २०८२
सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्नेविरुद्ध साइबर ब्युरोमा एलिनाको उजुरी सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
भारत जाने विमानमा फेरि सर्प सोमबार, असार १६, २०८२
नेपाली यू–१६ टोलीले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य, प्रसिद्धको शतक आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्