• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

कोरला-गैंडाकोट जोड्ने कालीगण्डकी करिडोरको भौतिक प्रगति १८ प्रतिशत

64x64
रासस बिहीबार, भदौ २५, २०७७  १९:५२
1140x725

काठमाडौं- उत्तरमा कोरलादेखि दक्षिण गैँडाकोटसम्मको कालीगण्डकी करिडोरमा हालसम्मको भौतिक प्रगति १८ प्रतिशत छ। राष्ट्रिय गौरवका तीन उत्तर–दक्षिण करिडोरमध्येको एक यस लोकमार्गमा झन्डै ५ सय मिटरमा ट्र्याक खोल्न बाँकी छ भने हालसम्म कतै पनि कालोपत्र हुन नसकेको सडक विभागले जनाएको छ। 

सो सडकमा गत आवमा भौतिक प्रगति ५२ र वित्तीय प्रगति ५१ प्रतिशत थियो। सडकमा कतै ट्र्याक खोल्ने, कतै स्तरोन्नति र कतै कालोपत्रका लागि ठेक्का सम्झौता भइरहेको छ। लोकमार्गमा २५ पुल डिजाइनका क्रममा रहेकाले आगामी वर्ष निर्माण प्रक्रियामा जाने उत्तर–दक्षिण करिडोर आयोजनाले जनाएको छ।

आयोजनामा आशा गरेअनुसार गतिमा काम हुन नसकेको आयोजना प्रमुख शिवप्रसाद नेपालले बताए। विभागले निर्माण गरिरहेको खण्डमा चालु आवमा १३२ किमी ग्राभेल गरेर त्यसमध्ये १०६ किमीमा कालोपत्र गरिने लक्ष्य लिइएको छ। २५ पुल ठेक्कामा जानेछन्।   

राजमार्गको लम्बाइ ४३५ किमी रहेकामा गैँडाकोटदेखि राम्दीसम्मको १३२ किमी एक्जिम बैंकको ऋण सहयोगमा निर्माण भइरहेको छ। कालोपत्रका लागि ठेक्का भइसकेको छ। राम्दीदेखि मालढुङ्गासम्म ११३ किमी लम्बाइमा ३६ किमी नेपाली सेनाले बनाइरहेको छ। सेनाले कतिपय खण्डमा ट्र्याक खोलिसकेर हस्तान्तरण गरिसकेको छ भने कतिपय निर्माणको क्रममा ट्र्याक खोल्न बाँकी चालु आवमै सम्पन्न गरेर बुझाउने बताएको छ।

आयोजनाले रिडीदेखि हर्मिचौर खण्डको कालोपत्रेका लागि सूचना निकालेको छ। आयोजना प्रमुख नेपालले भने, 'यो खण्डमा चालु आवमा कालोपत्र हुनेछ।' 

मालढुङ्गादेखि रिडीसम्मको खण्डमा कालीगण्डकीको कतातर्फ करिडोर निर्माण गर्ने भनी ‘एलाइन्मेन्ट’ विवाद रहेको थियो। विवाद समाधानका लागि ५७ किमी क्षेत्रमा दुवैतर्फ गर्ने भन्ने निर्णयका आधारमा काम अघि बढाइएको छ।

कालीगण्डकी बाँयातर्फ पर्वतमा धेरै र थोरै स्याङ्जामा करिडोर निर्माण भइरहेको छ। पर्वतपट्टि ५७ किमी मिर्मीदेखि अर्मादीसम्म काम भइरहेको छ। कालीगण्डकी दायाँतर्फ सेनाले ३६ किमी र बाँकीमा सडक विभागले निर्माण गरिरहेको छ।  

गैँडाकोटदेखि मालढुङ्गासम्म एक्जिम बैंकले निर्माण गरेको बाहेक २४५ किमीमध्ये थोरै क्षेत्रमा मात्रै ट्र्याक खोल्न बाँकी छ। पाल्पाको रानीमहल नजिकै ५ सय मिटरमा ट्र्याक खोल्न बाँकी छ। गत आवमा खोल्नुपर्ने भएपनि कोरोनाका कारण नसकिएकाले सडक चाँडो खोलिसकिने प्रमुख नेपालले जानकारी दिए। 'चट्टानी क्षेत्र भएकाले केही कठिन भए पनि एकतर्फी गाडी चल्ने भए पनि खोलिनेछ,' उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

रानी महल नजिक ट्र्याक खोल्न बाँकी छ भने ट्र्याक सुधार गर्न मुस्ताङमा बाँकी रहेको आयोजनाले जनाएको छ। समर खोलामा पुल बनाउन बाँकी छ। त्यो पुलसम्मको झण्डै २ सयमिटर एक्सेस रोड बनाउनुपर्ने छ।

बेनीबाट जोमसोसम्म ७६ किमी सडक कालोपत्रका लागि गत वर्ष नै ठेक्का सम्झौता भएको थियो। त्यसमा अहिलेसम्म एक किमी सडक पनि कालोपत्रे भइसकेको छैन। वर्षाले निर्माणाधीन सडकमा थप क्षति पुगेको छ। राजमार्ग डिजाइनमा जम्मा ५१ पुलमध्ये अहिलेसम्म १६ सम्पन्न भइसकेको छ । हाल १० निर्माण भइरहेको छ।

राजमार्गमा डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) नभई खण्डखण्डमा काम शुरु भएकाले निर्माणमा ढिलाइ भइरहेको प्रमुख नेपालको भनाइ छ। निर्माणको काम कतै सेना र कतै आयोजना गरी फरकफरक निकायबाट भइरहेको छ। कतिपय स्थानमा पाँच मिटर (एक लेन) ट्र्याक खोलिसकेर अरू खण्डमा काम शुरु भएको छ।

पछि त्यो ठाउँमा दुई लेन बनाउने भनेपछि फेरि त्यहीँ काम गरिँदै आइएको छ। देशका सबै विकास निर्माणमा जस्तै यहाँ पनि निर्माण सामग्री सजिलै नपाइने समस्या ज्युँका त्युँ छ। अरू दुई करिडोरजस्तै कालीगण्डकीमा पहिले सेनाले ट्र्याक खोल्ने त्यसपछि विभागलाई हस्तान्तरण गरेपछि स्तरोन्नतिका लागि छुट्टै तयारी गर्नुपर्छ।

त्यसका लागि डिपिआर र वातावरणीय अध्ययन गर्नुपर्ने हुन्छ,' नेपालले भने। सडकको अधिकार क्षेत्रमा बस्तीमा केही समस्या भए पनि कतिपय स्थानमा स्थानीयवासीले जग्गा स्वतःस्फूर्त रूपमा दिइरहेका छन्।

चीन जोड्ने तीन करिडोरमध्ये कोशीमा १४ किमी ट्र्याक खोल्न बाँकी रहेकामा अहिले त्यहाँ सेनाले काम गरिरहेको छ। चालु आवभित्रै ट्र्याक खोलिसकिने मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  १९:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सोमबार, असोज ५, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, कृषिमन्त्रीले मौखिक प्रश्नको उत्तर दिने सोमबार, असोज ५, २०८३
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्