काठमाडौं- बिपी कोइरालाको १०७ औं जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस कास्कीले बुधबार बाढीपहिरो पीडित ३० परिवारलाई आर्थिक सहयोग गरेको छ।
कांग्रेसले जिल्लाभित्रका हेमजा, सराङकोट, कास्कीकोट, लाहाचोक, रवैडाडाँ, काहुँ, सौर्य, ल्वाङका साथै पोखरा २६ र २७ का बाढीपहिरो प्रभावित ३० परिवारलाई आर्थिक सहयोग गरेको हो।
पोखरा २७ अर्घाैचोकस्थित घरेलुचौरमा आयोजित कार्यक्रममा पूर्वमन्त्री यज्ञबहादुर थापाले आर्थिक सहयोग हस्तान्तरण गर्दै जनताका सुख र दुःखमा कांग्रेस सदैवसँगै रहेको बताए। कास्की कांग्रेसका सचिवद्वय सुदिपमोहन भट्टराई र देवेन्द्र रानाभाट, क्षेत्रीय सभापति वृजमान गुरुङ, जिल्ला सदस्य राजेन्द्रमणि लामिछाने, विश्वराज पौडेल लगायतले पार्टीका संस्थापक बिपी कोइरालाको बहुआयामिक व्यक्तित्वको चर्चा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।