हेटौंडा- जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले हेटौंडामा बिहान ५ देखि दिउँसो ३ बजेसम्म पसल खोल्न दिने निर्णय गरेको छ।
बैठकले बिहान ५ देखि ९ बजेसम्म खाद्यान्न, तरकारी र दुग्धजन्य पदार्थका पसल र बिहान १० देखि दिउँसो ३ बजेसम्म अन्य पसल गरी दुई चरणमा पसल खोल्न दिने निर्णय गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए।
उनका अनुसार उक्त बैठकले यही भदौ २६ गते शुक्रबारदेखि असोज ५ गतेसम्म लागू हुनेगरी सो निर्णय गरेको हो। त्यस्तै, प्रशासनले बैंक तथा वित्तीय संस्था भने बिहान १० बजेदेखि ३ बजेसम्म खुलाउने, निजी सवारीलाई जोर-विजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय समेत गरेको छ।
बैठकले होटल, रेष्टुरेन्ट, लज एवं रिसोर्टबाट खाजा तथा खाना प्याकिङ बाहेकका अन्य सेवा पनि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।