काठमाडौं- कर्णालीमा मानव अधिकार सहायता कक्ष स्थापना गरिएको छ। जोखिममा रहेका मानव अधिकार रक्षक तथा मानव अधिकार उल्लङ्घनका पीडितलाई सहयोग गर्ने उद्देश्यले सो सहायता कक्ष स्थापना गरिएको हो।
राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आयोजनामा उक्त कक्ष स्थापना गरिएको हो।
सहायता कक्ष सञ्चालनका लागि विभिन्न क्षेत्रका प्रतिनिधि सम्मिलित सात सदस्यीय समिति गठन गरिएको छ। समितिमा गैसस महासङ्घका टीकाराम आचार्य, अधिकारकर्मी मधुरानी ढकाल, खगिसरा ओली, पत्रकार महाङ्सघका दिपेन्द्र शर्मा, नेपालबारका उत्तम आचार्य, राष्ट्रिय अपाङ्ग महाङ्सघका विष्णुप्रसाद शर्मा र इन्सेक प्रतिनिधि टीका विष्ट सदस्य रहेका छन्।
सहायता कक्षबाट जोखिममा परेका मानव अधिकार रक्षक तथा मानव अधिकार उल्लङ्घनका पीडितलाइ कानुनीसँगै आर्थिक सहायता पाउने छन्। मानव अधिकार रक्षक तथा मानव अधिकार उल्लङ्घनका पीडित भएर जोखिममा परेकाले उनीहरूको सहयोगका लागि सहायता कक्ष स्थापना गरिएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।