• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत १०, २०८२ Tue, Mar 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोभिड–१९ रोकथामका लागि थप क्रियाकलाप बढाउँदैछौं : मन्त्री ढकाल

64x64
रासस बुधबार, भदौ २४, २०७७  १७:३४
1140x725

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि थप क्रियाकलाप र स्रोतको आवश्यकता बढाउँदै लगिएको बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय समितिको (दक्षिणपूर्वी एसिया) ७३ औं बैठकलाई बुधबार भर्चुअल सम्बोधनका क्रममा उनले बढी जनघनत्व भएका प्रमुख शहरमा कोभिड–१९ को बढी प्रभाव परेको जनाउँदै त्यस्ता क्षेत्रमा पिसिआर परीक्षण, आइसोलेसन, कन्ट्याक्ट ट्रेसिङ र आपूर्तिको क्षमता भरपुर सुदृढ गरिएको बताए।

मन्त्री ढकालले भूकम्प र तत्पश्चात थुप्रै स–साना स्वास्थ्य आपत्कालीन अवस्थाहरूको प्रतिकार्यका सिकाइ गर्दा स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रहरूको स्थापना, आपतकालीन औषधि विकास समूह (इमर्जेन्सी मेडिकल डेभलपमेण्ट टिम), हब अस्पताल सञ्जालको विस्तार कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि तयारी र प्रतिकार्यको क्षमता अभिवृद्धिमा मद्दत पुगेको पनि जिकीर गरे।

Ncell 2
Ncell 2

‘कोभिड–१९ महामारी अन्य स्वास्थ्य आपतकालभन्दा नित्तान्त भिन्न भए पनि आधारभूत व्यवस्थाले हामीलाई स्थापित संयन्त्रलाई थप सबल बनाउँदै द्रूतगतिमा कार्यान्वयन गर्न मद्दत गरेको छ,’ उनले भने, ‘यस महामारीका बेला स्वास्थ्य सेवाहरू केही हदसम्म प्रभावित भएको भए तापनि नेपालले अत्यावश्यक स्वास्थ्य सेवा र प्राथमिकता प्राप्त जनस्वास्थ्यका कार्यक्रमहरूको निरन्तरता सुनिश्चित गर्न धेरै पहल गरेको छ।’

उनले नेपालले लकडाउनको सुरूवाती चरणदेखि नै सबै स्वास्थ्य संस्थालाई निरन्तर खोली सेवा दिने कुराको सुनिश्चितता गरेको बताए। मन्त्री ढकालले विश्व स्वास्थ्य सङ्गठनका कर्मचारीले पनि कोभिड–१९ को रोकथाम र नियन्त्रणका  साथै अत्यावश्यक सेवा र जनस्वास्थ्यका गतिविधिको निरन्तरताका लागि महत्वपूर्ण भूमिका खेलेको जनाए।

उनले महामारीमा अत्यावश्यक सेवाको सुनिश्चितता चुनौतीपूर्ण हुन जाने भन्दै यस चुनौतीको निवारणका लगि टेलिमेडिसिन, कल सेन्टरजस्ता वैकल्पिक सेवा प्रवाह गर्ने संयन्त्रहरू स्वास्थ्य प्रणालीको सुधारका अभिन्न अङ्ग बन्नुपर्ने बताए।

विभिन्न  बाधा, व्यवधानका बावजुद नेपालले दादुरा तथा रूवेला खोपको राष्ट्रिय अभियान र १९ जिल्लामा पोलियो भ्याक्सिन अभियान सफलतापूर्वक सञ्चालन गरेको जानकारी दिँदै मन्त्री ढकालले सो क्षेत्रीय समितिले खोपलगायत जेनेरिक औषधिको विश्वव्यापी आपूर्तिमा विशेष भूमिका खेल्ने भएकाले यस क्षेत्रका सदस्य राष्ट्रहरू र स्वास्थ्य समुदायले आआफ्ना कार्यलाई थप बढावा दिई कोभिड–१९ को नियन्त्रणका लागि चाँडै खोपलगायत अन्य प्रविधिगत समाधान पहिल्याउन सकोस् भन्ने कामनासमेत व्यक्त गरे।

उनले क्षेत्रीय एकतालाई निरन्तर कायम गर्दै यसलाई एक नयाँ उचाइमा पुर्‍याई विश्वलाई कोभिड–१९ महामारीविरूद्ध लड्न एक अनुकरणीय उदाहरण स्थापित गर्न सक्नुपर्ने बताए। ‘यो क्षेत्र आयुर्वेद र अन्य वैकल्पिक चिकित्साका क्षेत्रमा निकै नै धनी भएका कारण हामीले सम्भावित समाधान तथा क्षेत्रहरूको पहिचान गरी यस रोगका विरूद्ध सहकार्य गर्न जरूरी छ,’ उनले भने,  ‘यसका लागि उपयुक्त अनुसन्धान तथा अभिलेखीकरण गर्नु उपयुक्त हुनेछ।’ मन्त्री ढकालले सन् २०१९ मा नेपालले हेपाटाइटिस बी नियन्त्रण गर्न सफल भएको भन्दै अब क्षयरोग अन्त्य गर्ने अभियानमा रहेको जानकारी पनि दिए।

प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७  १७:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’मा सोमबार, चैत ९, २०८२
उपराष्ट्रपति यादवसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट सोमबार, चैत ९, २०८२
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक सोमबार, चैत ९, २०८२
दिगो डाटा सेन्टर निर्माणमा अष्ट्रेलियाको नयाँ रणनीति सोमबार, चैत ९, २०८२
वन मन्त्रालयले भन्योः यस वर्ष वन डढेलोको घटना कम हुन्छ! सोमबार, चैत ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
ट्रम्पको अल्टिमेटमपछि इरानले भन्योः युद्ध अब नयाँ चरणमा आइतबार, चैत ८, २०८२
होर्मुज स्ट्रेट सधैँका लागि बन्द गरिदिने इरानको चेतावनी सोमबार, चैत ९, २०८२
सुनको मूल्य तोलामै साढे १२ हजारले घट्यो आइतबार, चैत ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्