• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

रेलमार्गको ठेक्कामा अनियमितता भएको उजुरी आउँदा समेत किन मौन बस्यो लेखा समिति?

साउन ३२ मै परेको थियो उजुरी
64x64
नेपाल लाइभ मंगलबार, भदौ २३, २०७७  १६:३७
1140x725
फाइल तस्बिर

काठमाडौं- रेल विभागले असार १४ र १७ गते आह्वान गरेको पूर्वपश्चिम विद्युतीय रेलमार्गको ठेक्कामा अनियमितता भएको भन्दै साउन ३२ गते नै सार्वजनिक लेखा समितिमा उजुरी परेको तथ्य फेला परेको छ। दुई व्यक्तिले रेल विभागले निकालेको ठेक्कामा अनियमितता भएको भन्दै छानबिन गर्न लेखा समितिका सभापतिलाई सम्बोधन गर्दै उजुरी दिएका थिए। 

काँकडभिट्टादेखि इनरुवासम्मको १ सय ६ किलोमिटर रेल्वे ट्र्याक बेड निर्माणका लागि निकालिएको बोलपत्रमा निश्चित ठेकेदारले मात्र पाउने गरी सेटिङमा ठेक्का लगाइएको, रेलमार्गमा पर्ने जग्गाको मुआब्जा विवादसमेत नसुल्झिएको भन्दै उक्त ठेक्का विवादमा तानिएको थियो। 

पूर्व–पश्चिम रेलमार्गअन्तर्गत रेल्वे ट्र्याक बेड बनाउन रेल विभागले ३२ अर्बभन्दा बढी लागत अनुमान गरिएको ठेक्का आह्वान गरेको थियो।

विभागले असार १४ मा ३० वटा र १७ गते २४ वटा गरी कुल ५४ वटा ठेक्काका लागि सूचना निकालेको थियो। तर, यो खण्डमा अधिग्रहण हुने घरजग्गा र अन्य सम्पत्तिको मूल्य तोक्ने काम नभएको भन्दै विभागको आलोचना हुँदै आएको थियो। 

रेलको ठेक्काको विषयमा उच्च अदालत पाटनमा मुद्दासमेत परेको थियो। उच्चले भने ठेक्का प्रक्रिया अघि बढाउन सक्ने फैसला गरेको थियो। सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममै अधिग्रहण नसकी पूर्वतयारी नसकिएका आयोजनाको ठेक्का नलगाउने भनेको थियो। 

उजुरीकर्ताहरुले जग्गा निश्चित नहुँदै रेलका नाममा २८ अर्बको टेन्डरमा भएको अनियमितता र भ्रष्टचार हाम्रो लागि बिडम्बनामात्र नभएर राष्ट्रिय लज्जाको विषय भएको दाबी गरेका छन्। ‘एकातिर जनता कोरोनाका कारण मरिरहेका छन्, उपचार पाएका छैनन्, लाखौं जनता भोकै बस्नुपर्ने अवस्थामा छन्। ठिक यही समयमा १० अर्बभन्दा बढी भ्रष्ट्राचार हुनेगरी सरकारले काम गरिरहेको छ योभन्दा अर्को विडम्बनाको विषय हाम्रा लागि के हुन सक्छ?’ उजुरीमा लेखिएको छ। 

उक्त ठेक्का सार्वजनिक खरिद ऐनलगायत अन्य आकर्षित हुने कानुनविपरीत भएको उनीहरु जिकीर थियो। तर सार्वजनिक लेखा समितिले साउन ३२ गते परेको उजुरीमा कुनै चासो देखाएको थिएन। सार्वजनिक चासोको यती ठूलो ठेक्कामा अनियमितता भएको उजुरीमा लेखा समिति मौन बस्नुले गम्भीर प्रश्न उठाएको छ। 

भलै रेल विभागले मंगलबार नै दुईवटा मितिमा प्रकाशित ठेक्का प्रक्रिया रद्द गरेको सूचना प्रकाशित गरिसकेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यस्तो थियो उजुरीः 

माननीय सभापतिज्य,
मितिः २०७७ साउन ३२
सार्वजनिक लेखा समिति
संघीय संसद, सिंहदरवार काठमाडौं।

 

विषय  : रेल टेन्डरमा भएको अनियमितता छानविन सम्बन्धमा।

माननीय सभापतिज्यू, ‘विश्वव्यापी महामारी’ को रुपमा फैलिएको कोरोना भाइरस (कामिड–१९) कारण यतिखेर विश्व ठूलो सकटको अवस्थाबाट छ। यसबाट नेपाल पनि अछुतो रहन सकेन। ७० हजार वर्षको इतिहासमा मानव समाजले यतिधेरै निरह र असक्षित महसुस गरेको यो पहिलो पटक हो। मानव समाज नै ठूलो बासदी र अनिश्चितताको अवस्थाबाट गुज्रिरहेको छ। पछिल्लो समयमा नेपालमा पनि संक्रमित बढिरहेका छन्। मृत्यु हुनेको संख्या बढिरहेको छ। संक्रमितले उपचार पाएका छैनन्।

वास्तवमा हामी पनि असाध्यै पीडादायी अवस्थामा छौं। यो पीडाबाट उठ्नका निम्ती सरकारको नेतृत्व र अगुवाईमा यतिबेला सिंगो नेपाल एकजुट हुनुपर्ने अवस्था हो।

कोरोना भाइरस कोभिड–१९ बाट आफ्ना नागरिकलाई बचाउनका निम्ती जुट्नुपर्ने सरकार अनियमितता र भ्रष्टचारमा फसेको समाचार हाम्रा लागि असाध्यै पीडादायी समाचार हो। जग्गा निश्चित नहुदै रेलका नाममा २८ अर्बको टेन्डरमा भएको अनियमितता र भ्रष्टचार हाम्रो लागि बिडम्बना मात्रै राष्ट्रिय लज्जाको विषय पनि हो। एकतातिर जनता कोरोनाका कारण मरिरहेका छन्, उपचार पाएका छैनन्, लाखौ जनता भोकै बस्नुपर्ने अवस्थामा छन्। ठिक यही समयमा १० अर्बभन्दा बढी भ्रष्टचार हुने गरी सरकारले काम गरीरहेको छ यो भन्दा अर्को विडम्बनाको विषय हाम्रा लागि के हुन सक्छ?

माननीय सभापतिज्यू,
जयनगरबाट जनकपुर हुँदै बर्दिवास र सिमरासम्म रेलमार्ग निर्माणाधीन छ। तर, बर्दिवासबाट इनरुवासम्मको खण्ड छाडेर इनरुवादेखि काँकडभिट्टासम्म ठेक्का दिन टेन्डर आह्वान गरिएको छ। रेल विभागले पूर्वपश्चिम विद्युतीय रेलमार्गको काकडभिट्टा–इनरुवा खण्डमा ‘ट्रयाक वेड’ निर्माणको लागि २८ अर्बको ठेक्का प्रक्रिया अघि बढाएको छ। एक सय ६ किलोमिटर लामो यो ‘ट्रयाक बेड’ निर्माण गर्न आवश्यक ६ सय तीन विघा जमिन भने प्राप्त गर्न बाँकी नै छ।

विभागले यो खण्डलाई ५४ प्याकेजमा टुक्राएर टेन्डर आह्वान गरिसकेको छ। गत १४ असारमा ३० वटा र १७ असारमा २४ प्याकेजको टेन्डर आह्वान गरिएको थियो। खरिद नियमावलीको नियम ६(३) अनुसार निमाणस्थलको (जग्गा) व्यवस्था नभई, निर्माणस्थलबाट हटाउनुपर्ने रूखविरुवालगायतका संरचना हटाउने सुनिश्चितता नभई, मुआब्जा वा क्षतिपूर्ति वितरण गर्न वजेटको व्यवस्था नभई खरिद प्रक्रिया सुरु गर्न पाइदैन। रेल विभागले हतारमा थालेको ठेक्का प्रक्रिया महालेखापरीक्षकको प्रतिवेदन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन र अर्थ मन्त्रालयले चालू आर्थिक वर्षका लागि जारी गरेको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनविपरीत पनि छ।

यसरी सबै नियम ऐन र प्रक्रिया विपरित गरिएको काममा कम्तीमा १० अर्ब भ्रष्टचार भएको विज्ञहरुको दावी छ। यो भ्रष्टचारमा रेल विभाग मात्रै नभएर भौतिक पूर्वधार तथा यातायत मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय समेत संग्लन रहेको प्रष्ट छ। तसर्थ नेपाली जनताको भरोषाको केन्द्र हाम्रो सर्वोच्च निकाय संघीय संसदको यस सार्वजनिक लेखा समितिले आवश्यक छानविन गरेर यो टेन्डर रद्द गर्दै दोषीलाई कारवाहीको लागि आवश्यक प्रक्रिया अघि बढाउनु जरुरी छ। टेन्डर रद्द गरेर आवश्यक छानविन गरी दोषीलाई कारवाहीको निम्ती सचेत नेपाली नागरिक हुनुको नाताले यो निवेदन पेश गरेका छौं।

निवेदकः जीवन राई (संखुवासभा) र सुदेश पराजुली (भोजपुर)

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७  १६:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, कृषिमन्त्रीले मौखिक प्रश्नको उत्तर दिने
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सोमबार, असोज ५, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, कृषिमन्त्रीले मौखिक प्रश्नको उत्तर दिने सोमबार, असोज ५, २०८३
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्