काठमाडौं-कोरियन एयरको उडानबाट नेपाल फर्किन लागेका २ सय ३८ नेपालीमध्ये ३९ जनालाई शुक्रबार कोरियन एयरले विमानस्थलबाटै फर्कायो। पिसीआर परीक्षणको रिपोर्टमा त्रुटि भएको, अस्पतालको छाप नभएको र केहीको फोटोकपीमात्रै भएकाले एयरलाइन्सले फर्काएको बताइएको थियो।
तीमध्ये ३४ जना कोरोना परीक्षणको रिपोर्टमा त्रुटि भएको, ४ जना अध्यागमनका कारण र १ जना उच्च तापक्रमका कारण ३९ जना नेपाली नागरिक नेपाल फर्कनबाट वञ्चित रहेको कोरियास्थित नेपाली दूतावासले जनाएको छ
उक्त विषयमा छलफल हुँदा अब हुने अर्को उडानमार्फत् पुन: उडान शूल्क तिर्नु नपर्ने गरी उनीहरुलाई व्यवस्थापन गर्ने सहमति भईसकेको दूतावासले उल्लेख गरेको छ। साथै उपयुक्त ढंगले पिसीआर रिपोर्ट नदिने स्वास्थ्य संस्थालाई एनआरएनका स्थानीय प्रतिनिधिले नि:शुल्क पुन पिसीआर गराउन समन्वय तथा अनुरोध गर्न दूतावासले आग्रह गरेको छ।
नेपाल फर्कन नपाएका यात्रुहरुको अर्को उडान नहुँदासम्मका लागि खाने तथा बस्ने व्यवस्थापन भइरहेकाे दूतावासले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।