• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ ५, २०८३ Tue, May 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

बालबालिकालाई घरमै कसरी सिकाउने?

अभिभावक र राज्यको भूमिका के ? 
मेदिनबहादुर लामिछाने शनिबार, भदौ २०, २०७७  १०:३८
1140x725

भदौ १४ गते नेपाल लाइभमा ‘कसरी खेर जान नदिने शैक्षिक सत्र?’ भन्ने समाचार छापियो। समाचारमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण थापाले सानो कक्षाका विद्यार्थी अनलाइन कक्षामा नरमेको तथा ठूला कक्षाको विद्यार्थी पनि रेडियो र टिभीको कक्षामा नरमेको बताउनु भएको छ। सरकारी अधिकारीले पनि वैकल्पिक शिक्षाको विकल्प खोजेको बताइरहेका छन्।  समाचार अनुसार दुई महिनाअघि सरकारले ल्याएको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ पनि असफल भएको भनिएको छ।

यस्तो किन भयो त? सरकारले ल्याएको निर्देशिकाले किन काम गरेन? साना कक्षाका विद्यार्थी किन अनलाइन कक्षामा रमाएनन्? ठूला कक्षाका विद्यार्थी जसलाई रेडियो, टिभीबाट पढाइन्छ, उनीहरु किन सिक्न चाहँदैनन्? कमजोरी कहाँ भएको छ? बालबालिकाले सिक्ने ठाउँ भनेको विद्यालयमात्रै हो? हाम्रो घर सिक्ने स्थान बन्न किन सकिरहेका छैनन्? यसबारे घोत्लिन अब ढिला गर्न हुँदैन। 

यो लेखमा यिनै प्रश्नको उत्तर खोज्न प्रयास गरिने छ। 

दुई ठूला संकट बेहोरेका विद्यार्थी
अहिले ५ कक्षामा पढ्ने विद्यार्थी २०७२ सालको विनाशकारी भुकम्प जाँदा भर्खरै विद्यालय जीवन सुरु गर्दै थिए।। त्यो बेलामा केही बुझ्ने भइसकेका थिए। ५ वर्षको अन्तरालमा फेरि ठूलो महामारी यिनले भोगिरहेका छन्।   मलाई के लाग्छ भने, हुर्कँदो उमेरका बच्चाहरुले जुन समस्या भोगे सायद  यसको असर पछिसम्म देखिन्छ होला। यी उमेरका नानीबाबु हुर्काउने आमाबाबुले यस कुरालाई मनन गर्नैपर्छ। 

अभिभावकको   जिम्मेवारी  यो असरबाट कसरी बचाउने भन्ने नै हो। यो असरलाई सामान्य तरिकाले बुझ्न हुँदैन। झनै अहिलेको  अवस्थामा त  उनीहरुका गतिविधिलाई सामान्य तरिकाले बुझ्नै  हुँदैन।

अनलाइनमा पाइने भ्रामक समाचार र युटुयुबमा सजिलै पाइने भ्रम सिजना गर्ने श्रब्यदृश्य सामग्री आदिले पनि नानीबाबुको संवेगात्मक विकासमा गहिरो प्रभाव पारेको हुन्छ।  

भूकम्प आउँदा त उनीहरुले कसरी सुरक्षित बस्ने भनेर बुझेका थिए। अहिले कोभिड–१९ को  प्रकोपको बेला छ। कक्षा ४ र ५ मा पढ्ने बालबालिकाले त यसबारे केही बुझेका छन्। तर कक्षा तीनसम्म पढेका बालबालिकाले घरमा कुरा गरेको आधारमा कति बुझेका होलान्? घरमा ठूला मानिसले कुरा गर्दा उनीहरुलाई मानसिक रुपमा राम्रो–नराम्रो दुवै असर परेको हुन सक्छ। राम्रो भन्नाले कसरी सुरक्षित हुने भत्रे  कुरा भयो। नराम्रो भन्नाले धेरै निधन भएको खबर र अखबारमा आएका डर लाग्ने तथ्य र तथ्याङ्कहरु हुन्। अनलाइनमा पाइने भ्रामक समाचार र युटुयुबमा सजिलै पाइने भ्रम सिजना गर्ने श्रब्यदृश्य सामग्री आदिले पनि नानीबाबुको संवेगात्मक विकासमा गहिरो प्रभाव पारेको हुन्छ।  

सिकाइमा राज्यले बनाएको अनिर्णायकको बन्दी 
कोभिड-१९ सुरु भएयता बालबालिकाले सिक्न नपाएको पनि ६ महिना भयो। ज्ञान निर्माण र सीप सिक्ने उमेरमा ६ महिना जति यसै बस्नु पक्कै पनि राम्रो होइन। नानीबाबुलाई  लामो समयसम्म सिकाइबाट टाढा राख्नु हुँदैन। यसबारेमा सम्वन्धित सरोकारवालाहरुले चैतमा नै योजना बनाउनु पथ्र्याे। चैतमा नै यसबारे व्यापक छलफल भइ सहज अबस्था आए के गर्ने, मध्यम अबस्था आए के गर्ने र विषम परिस्थिति आए के गर्ने भनेर विस्तृत योजना बनाउनु पथ्र्याे। हाम्रो राज्य अथवा सराकारवालाहरु यहाँ चुके। 

nimb
nimb
Ncell 2
Ncell 2

चैतमा भर्खरै शैक्षिक सत्र सकिएको थियो। त्यतिबेला नै सोचेको भए यो समस्या आउँदैनथ्यो। चैतमा नै किन सोच्न सजिलो पनि थियो भने, डिसेम्बरमा चीनको वुहानमा कोभिड–१९  फैलिन सुरु गर्दा मार्च महिनाको अन्तसम्म पनि विद्यालय खुलेका थिएनन्। यसैलाई आधार मानेर योजना बनाउन सकिन्थ्यो। तर हाम्रो सरकारी निकाय स्रोत छैन, विकल्पै छैन, सकिदैन, सम्भव छैन बाहेक सम्भावनाका कुरामा केन्द्रित भएन। चलिरहेको परम्पराबाहेक अन्यत्र के छ ?  भनेर सोच्न सक्ने निकाय नै भएन। 

राज्यले आफूले त स्पष्ट खाका बनाएन नै। केही निजी विद्यालयले आफ्नै श्रोतमा सन्चालन गरेको अनलाइन कक्षाको बारेमा समेत भ्रम सिर्जना गर्ने र भाँजो हाल्नबाहेक केही काम गरेन। अभिभावक बन्नु पर्ने राज्यले नै भाँजो हालेपछि सिकाइ कसरी प्रभावकारी हुन्छ?

राजधानीको अवस्थाले देशैभरिका विद्यालय खुल्ने–नखुल्ने कुराको निर्धारण हुनु दुःखद कुरा हो।  

राज्यको नीति के देखियो भने, एउटै औषधिले सबै रोगलाई काम गर्ने होस् भन्ने पाराको देखियो। नीति र योजना बनाउँदा हुम्ला र काठमाडौंलाई एउटै बास्केटमा राखेर सोचियो। यस्तो परिस्थितिमा हुम्लामा विद्यालय खोल्न सकिदैन भने काठमाडौंमा पनि सकिँदैन भत्रे सोचले काम गरेको देखियो। रोल्पा कोरोनामुक्त जिल्ला भयो भनेर समाचारमा आउँदा रोल्पाका विद्यालय कसरी खोल्न सकिन्छ भनेर चिन्तन नै भएको देखिएन। राजधानीको अवस्थाले देशैभरिका विद्यालय खुल्ने–नखुल्ने कुराको निर्धारण हुनु दुःखद कुरा हो।  

राज्य सञ्चालन गर्नेले भौगोलिक अवस्था अनुुसार सोच्नुपथ्र्याे। अझै पनि सोच्न सक्छ। कोरोना फैलिएको जिल्लामा र  कोरोना नफैलिएको जिल्लामा फरक किसिमको नियम बनाउन सक्थ्यो। त्यस्तै सहरी र ग्रामीण इलाकामा, स्रोत र साधन पहुँच पुगेको र नपुगेको विद्यार्थीका आधारमा योजना बनाउनु पर्नेमा त्यसो नगरी सबैलाई सोलोडोलो योजना बनायो। 

देश संघीयतामा गए पनि केन्द्रीकृत मानसिकताले काम गरेको देखियो। विद्यालय तहको अधिकार स्थानीय तहलाई दिने भएपछि स्थानीय तहलाई आफैं निर्णय गर्न दिनुपथ्र्याे। स्थानीय तहले शिक्षकलाई कसरी सिकाइमा परिचालन गर्न सकिन्छ भनेर आफैं सोच्थे, योजना बनाउँथे र कार्यान्वयन गर्थे।

तर संघीय सरकारको केन्द्रिकृत मानसिकता हावी हुँदा ६ महिनासम्म शिक्षकहरुलाई बिदामा राखियो। विद्यार्थीहरुले सिक्न पाएनन। देश बन्दाबन्दीको अवस्थामा गएसँगै सिकाइ पनि बन्दाबन्दीको अवस्थामा रह्यो।  सरकारले निर्देशिका बनाउँदा नै संघीयता अनुसार गएको भए यो समस्या आउँदैनथ्यो।  सरकारले नै विद्यार्थीको सिकाइलाई नै अनिणर्यको बन्दी बनायाे।  माननीय शिक्षामन्त्रीज्युको भदौ १९ गतेको भर्चअल सम्बोधनले भने केही आसा जगाएको छ।  

पढ्ने स्थान भनेको विद्यालयमात्रै हो भन्ने अबधारणाले जसरी गहिरो जरा गाड्यो त्यो नै प्रमुख समस्या हो।

सिकाइलाई विद्यालय बाहिर ल्याउन जरुरी 
हाम्रो मूख्य समस्या भनेको हाम्रो सोच हो। हामीले कहिल्यै सिकाइ विद्यालय, कक्षाकोठा र पाठ्यपुस्तक बाहिर पनि सम्भव हुन्छ भत्रे कुरा सोचेनाैं। सोच्ने वातावरण नै बनाएनाैं। सिकाइलाई कक्षाकोठा , विद्यालय र पाठ्यपुस्तकमा मात्र सीमित गरिदिऔं। र कक्षा ३ भन्दा मुनिका बालबालिकालाई पढ्न  सिकाउनु पर्छ। चार कक्षाभन्दा माथिका नानीबाबुले भने सिक्न पढ्ने हो।

अभिभावकले यो कुरा बुझ्नु भयो भने आधा समस्या समाधान भयो। कक्षा १ देखि तीनसम्मका नानीबाबुलाई पढन सिकाऔ। पढ्न सिकाउन उनीहरुका दिदी, दाइ वा अरु जो कोहीले पनि सिकाउन सक्छन्। अभिभावक आफैले पनि सिकाउन सक्छन्। समाज र परिवारमा जसले सिकाए पनि हुन्छ। सिक्नका लागि विद्यालय र शिक्षक नै चाहिन्छ भन्ने छैन। पढ्ने स्थान भनेको विद्यालयमात्रै हो भन्ने अबधारणाले जसरी गहिरो जरा गाड्यो त्यो नै प्रमुख समस्या हो। सिकाइलाई विद्यालयभन्दा बाहिर ल्याउन जरुरी छ। जसले सिकाइलाई घरमा पनि ल्याउनु भएको छ उहाँहरुको परिवारलाई गाह्रो पनि भएको छैन। तर हाम्रोमा यो चलन नगन्य छ। 

धेरैजसोले घर बनाउँदा बैठक कोठा, सुत्ने कोठा, भान्सा कोठा पाहुना कोठा भनेर छुट्टाएका हुन्छाैं। हामीमध्ये कमैले मात्रै पढ्ने कोठा छुट्टाएका हुन्छाैं। जुन घरमा पढ्ने कोठा छुट्टाएएर बनाइएको हुँदैन त्यो घरमा बालबालिकाले सिक्ने भनेकै विद्यालय हो, घरदेखि बाहिर हो भनेर सिकेको हुन्छ। हामीमध्ये धेरैको आफ्नै सीमितता हुन्छ। दुई तीन कोठामा बसिरहेका हुन्छौँ। सानै स्थानमा बसे पनि किताब र सिक्ने अन्य सामग्रीले बालबालिका घेरिन पाए भने सिकाइमा समस्या हुँदैन। 

पहिलो कुरा हामीलाई पढ्ने भनेको पाठ्यपुस्तकमात्रै हो भन्ने बुझाइ छ, दोस्रो हाम्रोमा पठन संस्कृति नै छैन। तेस्रो हामीसँग उमेरअनुसारको एकदमै कम पठन सामग्री छ।

उमेर अनुसारको सामग्री कम 
तपाईं हामी कसैको घरमा पाहुना जाँदैछौँ, त्यो घरमा बच्चा छन् भने अबश्य केही लगिदिन खोज्नुुहुन्छ। तपाईं हाम्रो रोजाइ के हुन्छ? चकलेट, बिस्कुट कि किताब? पक्कै पनि धेरैको रोजाईंमा चकलेट बिस्कुट नै पर्छ। अघिपछि पनि हामी जाँदा उनीहरुले चकलेट बिस्कुटकै आश गरिरहेका हुन्छन्। यदि पुस्तक लगिदिने हो भने पुस्तककै आश गर्छन्।

पहिलो कुरा हामीलाई पढ्ने भनेको पाठ्यपुस्तकमात्रै हो भन्ने बुझाइ छ, दोस्रो हाम्रोमा पठन संस्कृति नै छैन। तेस्रो हामीसँग उमेरअनुसारको एकदमै कम पठन सामग्री छ। त्यही सामग्री नै नकिनिदिएपछि यस्तो बन्दको बेलामा कसरी सिक्ने बालबालिकाले?

कम्तिमा पठन संस्कृति हुन्थ्यो भने उपलब्ध सामग्री किनिन्थ्यो। ३ कक्षा मुुनिका बालबालिकालाई यो लामो समयमा पढ्नका लागि सिकाइन्थ्यो। केही संस्थाले उमेर अनुसारको सामग्री तयार गरेका छन्। यस्ता पठन सामग्री घरमा उपलब्ध गराउनु पर्छ। राज्यले पनि यस्ता सामग्री सबैको पहुँचमा पुग्ने गरि सहजीकरण गर्न सक्छ। 

अभिभावकलाई अनलाइन पढाऔँ
सानो कक्षाका विद्यार्थी अनलाइन कक्षामा नरमाएपछि बालबालिकालाई जबर्जस्ती त्यसैमा लगाउनभन्दा पनि अर्काे केही उपाय गर्न सकिन्छ। ३ कक्षा मुनिका बालबालिकालाई अनलाइन नपढाइ अभिभावकलाई पढाउने। अफलाइन भिडियो उपलब्ध गराउने। अभिभावकले त्यही अनुसार सिकाउने। बालबालिकाका बा आमाले सक्दैनन् भने, दाइदिदीले त्यो कक्षा लिएर साना भाइबहिनीलाई सिकाउन सकिन्छ। 

त्यस्तै कक्षा ४ भन्दा माथिका बालबालिकालाई पाठ्यक्रममा आधारित पढाउनु पर्छ। जुनसुकै पाठमा  अवधारणा र विषयबस्तु   पढाइन्छ। यो महामारीका बेला अबधारणा पढाउने र विषयबस्तु  विद्यार्थीलाई नै पढाउन लगाउन सकिन्छ। शिक्षकले अवधारणामा आधारित रहेर सिकाएपछि अभिभावकले त्यसलाई जीवनउपयोगी तरीकाले सिकाउन सकिन्छ।

त्यस्तै कक्षा ४ भन्दा माथिका बालबालिकालाई घरका केही काम सिकाउन सकिन्छ। ग्रामीण इलाकामा छन् भने सोहीअनुसार र सहरी इलाकामा छन् भने सोही अनुसार। कोठाको काम, उनीहरुको पुस्तक मिलाउने, कोठा बढार्ने, टाँक लगाउने, केही पकाउन सिकाउने गर्न लगाउँदा सिकाइमा सहकार्य र सहयोग गर्ने क्षमता बढ्छ। एकअर्कालाई सिकाउने, समाजमा घटेका घटनालाई व्याख्या विश्लेषण गर्ने, वातावरणप्रतिको सजगता बढाउने गर्नुपर्छ। लाइफ स्कील भनेको घरमा सिक्ने हो, अन्यत्र हैन। घरजस्तो जीवनउपयोगी सीप सिक्ने स्थल अरु कुनै हुनै सक्दैन।  

युलेन्स स्कुलका प्रिन्सीपल लामिछानेसँग प्रजु पन्तले गरेकाे कुराकानीमा आधारित

प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७  १०:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
रास्वपाद्वारा जिल्ला अधिवेशन कार्यविधि सार्वजनिक, सभापति उम्मेदवारका लागि ५ हजार शुल्क निर्धारण
'एडब्लुएस कम्युनिटी डे नेपाल २०२६' मा सैयौं युवाको सहभागिता
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
रास्वपाद्वारा जिल्ला अधिवेशन कार्यविधि सार्वजनिक, सभापति उम्मेदवारका लागि ५ हजार शुल्क निर्धारण सोमबार, जेठ ४, २०८३
'एडब्लुएस कम्युनिटी डे नेपाल २०२६' मा सैयौं युवाको सहभागिता सोमबार, जेठ ४, २०८३
समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरू सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता सोमबार, जेठ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध सोमबार, जेठ ४, २०८३
स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी, अंक तालिकाको पाँचौ स्थानमा सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता सोमबार, जेठ ४, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्