• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख २४, २०८३ Thu, May 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

विद्यालय शिक्षाको पाठ्यक्रम छोट्याइन्छ

गिरिराजमणि पोखरेल शुक्रबार, भदौ १९, २०७७  १७:४८
1140x725

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको प्रभावहाम्रो देशमा दिनदिनै बढिरहेकोे संकटपूर्ण अवस्थामा सामान्य जीवनका नियमित प्रक्रियाहरु अवरुद्ध भएका छन्। सबै क्षेत्रलाई प्रभावितपारेको यस महामारीले शिक्षा क्षेत्रलाई झनै प्रभावित बनाएको छ। तसर्थ बालबालिकाको शिक्षा पाउने अधिकारको संरक्षण गर्नु आजको प्रमुख चुनौती बनेको छ। करिब नब्बे लाख विद्यार्थीहरु नियमित पठनपाठनबाट बञ्चित भएका छन्। पठनपाठन सुचारु हुन नसक्दा उनीहरुमा अन्योल छाएको छ भने आफ्ना बालबच्चाको शिक्षा प्रति अभिभावकहरुको चिन्ता बढ्दै गएको छ। 

शिक्षा क्षेत्रमा कोभिड १९ को महामारीले सिर्जना गरेको यो अभूतपूर्व संकटको सामना गर्न पुरानै सोच, शैली र पद्धतिबाट सम्भव छैन भन्नेहामीले बुझेका छौं। विद्यालय शिक्षा, प्राविधिक शिक्षा र उच्चशिक्षामा वैकल्पिक पद्धतिबाट पठनपाठनको शुरुवात गरिसकिएको छ। शुरु गरिएको वैकल्पिक पद्धतिलाई सुदृढ पारेर सबै विद्यार्थीहरुलाई यो पद्धतिमा सहभागी गराउन प्रयत्नको आवश्यकता छ। 

वैकल्पिक शिक्षा पद्धति सम्बन्धमा केहि भ्रम रहेको पनि देखिएको छ। यदाकदा अनलाईन वा भर्चुअल कक्षालाई नै वैकल्पिक शिक्षा पद्धतिको रुपमा बुझ्ने गरेको पनि देखिन्छ। हाम्रो जस्तो इन्टरनेटको सुविधा सीमित भएको मुलुकमा यो एउटा उपाय मात्र हो, जुन सीमित विद्यार्थीको लागि मात्र पहुँचमा हुन्छ। तसर्थ, अहिले हामीले अवलम्बन गरेको घर नै शिक्षालय वा घरमै सिकाइ, रेडियो पाठशाला, टेलिभिजन शिक्षण र भर्चुअल कक्षा गरी चार वटै तरिकाहरुको समष्टि नै वैकल्पिक शिक्षा हो भन्ने बुझ्न जरुरी छ। 

होम स्कुलिङ र रेडियो पाठशाला जस्ता तरिकाहरु नै ग्रामीण तथा विकट क्षेत्रहरुमा उपयोगी हुन आउँछ। यिनीहरुले मुलुकभरका विद्यार्थीको ठूलो हिस्सालाई समेट्छ। चारवटै तरिकामा आधारित कार्यक्रमहरुको समानान्तर रुपमा सञ्चालन गरेर सबैका लागि वैकल्पिक शिक्षा प्रदान गरी सिकाइको निरन्तरता गर्नु आजको मुख्य कार्यभार हो। 

यसका लागि ‘सबैका लागि वैैकल्पिक शिक्षा’ भन्ने नाराका साथ सिकाइ निरन्तरताको अभियान नै चलाउनु पर्ने छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको हैसियतले यस अभियानमा सरिक भई योगदान दिन सबैमा अनुरोध गर्दछु।

विद्यार्थी विद्यालयजाने अवस्था नरहेको वर्तमान परिवेशमा शिक्षक विद्यार्थीसम्म पुग्नुको विकल्प छैन। घर नै शिक्षालय भन्ने मान्यतालाई सबैले आत्मसात गर्नुपर्छ। विद्यार्थी भाइबहिनीहरुले घरमै बसेर पुस्तक अध्ययन गर्ने, शिक्षकले दिएका परियोजना कार्य गर्ने, गृहकार्य गर्ने, रेडियो सुन्ने, टेलिभिजन हेर्ने, इन्टरनेटका सामग्री अध्ययन गर्ने, अनलाइन कक्षा लिने मध्ये कुनकुन विकल्प अपनाउन सकिन्छ, सोही विकल्प अपनाएर अध्ययनलाई अघि बढाउनु पर्दछ। यसलाई शिक्षक साथीहरुले टेलिफोनबाट नियमित अनुगमन र सिकाइ सहजीकरण गर्नुहुनेछ। 

टेलिफोन पनि सम्भव नभएका ठाउँमा भौतिक दुरी कायम गरी विद्यार्थीसँग भेटघाट गरेर गृहकार्य एवम् परियोजना कार्य दिने, अध्ययनका लागि परामर्श गर्ने जस्ता कामहरु गर्नु शिक्षकको कर्तव्य भएको छ। यो संकटको घडीमा सबै शिक्षकहरुले यस अभियानको केन्द्र भागमा रहेर रचनात्मक तथा सिर्जनात्मक ढंगले विद्यार्थीको सिकाइका लागि अमूल्य योगदान गर्नुपर्छ। कुशल राष्ट्रसेवकको हैसियतले आफ्नो जिम्मेवारी थप कुशलतापूर्वक निर्वाह गर्न र चुनौतीलाई अवसरमा बदल्दै अघि बढ्न सम्पूर्ण शिक्षक साथीहरुलाई आग्रह गर्दछु। 

होम स्कुलिङ, रेडियो शिक्षा, टेलिभिजन शिक्षण, अनलाइन कक्षा आदि वैकल्पिक पद्धतिबाट सिकेका सिकाइलाई पनि मान्यता दिन त्यसको क्रेडिट गणना गर्ने निर्णय मन्त्रालयले गरिसकेकोले यो पद्धतिलाई अब कोभिड–१९ को संक्रमणका अवधिभर मूल प्रणालीको रुपमा विकास गर्न हामी सबै लागेका छौं। महामारीको अन्त्यपछि पनिवैकल्पिक पद्धतिलाई विद्यालय तथा विश्वविद्यालय शिक्षाको पूरक पद्धतिको रुपमा विकास गर्दै लैजानुपर्छ। विद्यालय तथा शिक्षालय अवरुद्ध भएपनि विद्यार्थीको सिकाइ अवरुद्ध कहिल्यै हुँदैन भन्ने सैद्धान्तिक मान्यतालाई अंगीकार गर्दै अघि बढ्दै जाने तथा नियमित र वैकल्पिक पद्धतिलाई एक अर्काका परिपूरक बनाउँदै सिकाइ सुनिश्चित गर्नु नै अहिलेको सही निकास हो।

nimb
nimb
Ncell 2
Ncell 2

महामारीका कारण घरमै बस्न बाध्य आफ्ना बालबालिकाहरुलाई नियमित पठनपाठनमा सरिक गराउन अभिभावकले भूमिका खेल्नुपर्छ। बिहान सबेरै उठ्ने, नित्यकर्म एवम् सरसफाइ गर्ने, योग तथा व्यायाम गर्ने, पौष्टिक खानेकुरा खाने, मनोरञ्जन गर्ने जस्ता गतिविधिहरुमा संलग्न गराई स्वस्थ रहन सहयोग गर्नु अभिभावकको जिम्मेवारी हो। आफ्ना बालबालिकाहरुले पुस्तक तथा अन्य उपलब्ध पाठ्यसामग्री पढ्ने, रेडियो पाठशाला कार्यक्रम सुन्ने, टेलिभिजन शिक्षण हेर्ने, गृहकार्य गर्ने, परियोजना कार्य गर्ने, भर्चुअल कक्षा लिने जस्ता क्रियाकलापमा कति सक्रिय छन् र के कति सिकेका छन् भन्ने कुरामा अभिभावकहरुले विशेष चासो दिनुपर्छ। अनलाइन कक्षा लिएको नाममा सामाजिक सञ्जालको अधिक प्रयोग गर्ने, अमर्यादित साइटहरु हेर्ने, साइबर अपराधजन्य गतिविधिमा अग्रसर हुने, अनलाइन गेममा अधिक क्रेजी हुने जस्ता गतिविधिहरुबाट जोगाउन उत्तीकै आवश्यक छ। आफ्ना बालबालिकाहरुलाई सिकाइका लागि उपयुक्त वातावरण निर्माण गर्न, आवश्यक साधन स्रोत जुटाइदिन, सिकाइको अनुमगमन गर्न, गलत क्रियाकलापमा लाग्नबाट रोक्न र मनोवैज्ञानिक विचलन आउन नदिन सम्पूर्ण अभिभावकज्यूहरुमा हार्दिक अनुरोध गर्दछु।

हाल सञ्चालित वैकल्पिक सिकाइका विभिन्न माध्यमभित्र समेटिन नसकेका विपन्न, अपाङ्गता भएका, दूर्गम क्षेत्रमा बसोवास गर्ने बालबालिकाको सिकाइ सुनिश्चित गर्न तीनै तहका सरकारले समन्वयात्मक रुपमाकार्य गर्ने गरी एक कार्ययोजनाको मातहत कार्यक्रम सञ्चालन गरिनेछ।

विद्यालयको शैक्षिक सत्र, २०७७ को करिब साढे चार महिनाबितिसकेको अवस्थामाअहिलेको पाठ्यक्रमलाई यथावत रुपमा अघि बढाउन कठिन हुने ठहर गर्दै विद्यालय शिक्षाको पाठ्यक्रमको संस्लेषण (कस्टमाइजेसन) गर्ने निर्णय भइसकेको छ। हाललाई अत्यावश्यक विषयवस्तु समेट्ने गरी पाठ्यक्रमको संश्लेषित कार्यढाँचा जारी गरिने छ। यसका लागि विषयगत टोलीहरुले कार्य प्रारम्भ गरिसकेका छन्। यही भाद्र महिनाभित्र हामी संश्लेषित पाठ्यक्रम (कस्टामाइज्ड पाठ्यक्रम) विद्यालयहरुलाई उपलब्ध गराउने छौं।

मैले विश्वविद्यालयका उपकुलपतिहरुलाई कम्तमा पनि ६ महिनाको कोभिड केन्द्रीत शैक्षिक क्यालेन्डर सार्वजनिक गर्न निर्देशन दिईसकेको यहाँहरुलाई जानकारी नै छ। धेरै विश्वविद्यालयहरुले सोही अनुसारको कार्यतालिका मन्त्रालयमा पठाइसकेका पनि छन्। त्यसलाई विद्यार्थिका लागि सार्वजनिक गरिदिन सम्पूर्ण विश्वविद्यालयलाई पुनः अनुरोध गर्दछु। साथै उच्चशिक्षाको हकमा पनि पाठ्यक्रम कस्टेमाइजेसन गर्न विश्वविद्यालय अनुदान आयोग र विश्वविद्यालयहरुले छलफल गरी उचित निर्णय लिन पनि आग्रह गर्दछु।

सबैका लागि बैकल्पिक शिक्षा भन्ने अभियानलाई सफल पार्नका लागि विद्यार्थीले नियमित पठनपाठनमा लाग्नुपर्छ। शिक्षकले विद्यार्थीहरु को? कहाँ, कुन अवस्थामा छन् भन्ने कुराको ट्रेसिङ गरी वैकल्पिक पद्धतिमा सामेल गराउनुपर्छ। त्यसै गरी सिकाइको ट्र्याकिङ गर्नुपर्छ। स्थानीयतहले विद्यालय तथा शिक्षक परिचालन गरी सिकाइ केन्द्रहरुको समेत व्यवस्था गरी वैकल्पिक सिकाइका कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ। सोको अनुगमन तथा निरीक्षण गरी प्रभावकारितामूल्यांकनगर्दै सुधारका उपायहरु अवलम्बन गर्नुपर्छ। निजीविद्यालयले सञ्चालन गरेको वैकल्पिक सिकाइका कार्यक्रम तथा त्यस्ता विद्यालयका शिक्षक तलब लगायतका समस्या हल हुने गरी शुल्कको सीमा निर्धाण गरी निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सिकाइलाई सहजीकरण गर्ने व्यवस्था मिलाउन सबै स्थानीय तहहरुलाई आग्रह गर्दछु।

शिक्षकहरुको स्वास्थ्यसुरक्षालाई ध्यानमा राखी सबै शिक्षकहरुको कोरोना बिमा गर्ने प्रक्रिया अघि बढिसकेको छ। कार्यरत विद्यालय रहेको जिल्लाभन्दा बाहिरी जिल्लामा रहेका शिक्षकहरुलाई विद्यालय सम्मपुग्नका लागि जिल्ला प्रशासन कार्यालयहरुले सहजीकरण गर्नेछन् भने विद्यालय रहेको स्थानीयतहले त्यस्ता शिक्षकलाई १४ दिनसम्म होम क्वारेन्टाइनमा राखी पिसिआर परीक्षणको व्यवस्था पनि गर्नुपर्छ। 

अन्तमा, यस विषम परिस्थितिमा विद्यार्थीहरुको पढ्न पाउने अधिकारको रक्षा गर्न र शैक्षिक सत्र खेर जान नदिन हामी सबै मिलेर काम गर्नु परेको छ। शिक्षाकर्मी, शिक्षाप्रेमी र सबै सरोकारवालाहरुको साथ सहयोग र सहभागिताबाट नै हामी सफलतामा पुग्न सक्छौं। तसर्थ, सबैले आआफ्नो ठाउँबाट योगदान गरौं। अहिलेको विषम परिस्थितिमा अवरुद्ध शिक्षा क्षेत्रलाई आइसब्रेक गरी वैकल्पिक पद्धतिलाई सिकाइको मूल पद्धतिको रुपमा स्थापित गरौं। विद्यालय र विश्वविद्यालयनखुले पनिशिक्षा सुचारु हुन्छ, सिकाइ निरन्तर चलिरहन्छ भन्ने मान्यतालाई साकार पारौं। सबै सचेत रहौं, सुरक्षित रहौं, सक्रियबनौं। सबै खालकाचुनौतिहरुलाई अवसरमा बदलौं। 

(शिक्षामन्त्री पोखरेलले गुगल मिट पत्रकार सम्मेलनमा गरेको सम्बोधन)
 

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७  १७:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
जल तथा मौसम विज्ञान सेवाको क्षमता विस्तार र स्तरोन्नति गरिने
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
जल तथा मौसम विज्ञान सेवाको क्षमता विस्तार र स्तरोन्नति गरिने बुधबार, वैशाख २३, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्