चितवन- चितवनमा कोभिड–१९ संक्रमित एक महिलाको मृत्यु भएको छ।
चितवन मेडिकल कलेजको कोभिड सघन कक्षमा उपचाररत मकवानपुर, हेटौंंडा उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलाको शुक्रबार अपराह्न पौने २ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए।
ती महिलाको बिहीबार राति मात्रै डा शीतल अधिकारी र डा लम्सालको टोलीले प्लाज्मा थेरापीबाट उपचार शुरु गरेको थियो। श्वासप्रश्वास र छातीमा समस्या देखिएपछि उनी यही भदौ ११ गते मेडिकल कलेजमा भर्ना भएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।