• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

रासायनिक मल खरिदमा सधैं अनियमितता, कुन वर्ष कति घोटाला?

64x64
नेपाल लाइभ बुधबार, भदौ १७, २०७७  १२:४७
1140x725

काठमाडौं–रासायनिक मल खरिदमा हरेक वर्ष लफडा र अनियमिता हुँदै आएको छ। मल खरिदमा हुने लफडाको प्रत्यक्ष मारमा किसान पर्ने गरेका छन्। किसानले समयमा रासायनिक मल पाउन सकेका छैनन् भने मल खरिदको जिम्मा पाएका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङको अनियमितता रोकिएको छैन।

सवा ४ अर्बको रासायनिक मल खरिद प्रक्रिया अलपत्रमा परेसँगै यस वर्ष पनि किसानले समयमै मल पाउन सकेका छैनन्। मल अभाव थेग्न सरकारले बंगलादेशसँग पैंचोमा मल लिने निर्णय गरेको छ। तर, समयमै मल नल्याउने ठेकेदार कम्पनीलाई भने कारबाही गर्न सकेको छैन। 

यो पनि पढ्नुहोस्

सरकारका ‘आफ्ना मान्छे’ले सवा ४ अर्बको ठेक्का अलपत्र पारेपछि रासायनिक मलमा पैंचोको भरबुधबार, भदौ १७, २०७७

विकसित पछिल्ला यी घटनाक्रमको पर्दा पछाडि लुकेको विषय हो–‘पहुँच र मिलेमतोमा ठेक्का पाएका सरकार निकटस्थ ठेकेदारले सवा ४ अर्ब रुपैयाँ बराबरका ४ ठेक्का अलपत्र पार्नु।’ 

रासायनिक मलको चरम अभावसँग जोडिएका विषयको अन्तरकुन्तर खोज्दा सिधै सरकार र उसको काम गर्ने शैलीसँग ठोकिन जान्छ। राजनीतिक पहुँचका आधारमा ठेक्कापट्टा गराएर आर्थिक चलखेल गर्ने र कमिसनका लागि कानुनका जुनसुकै प्रावधानलाई तोडमोड गर्ने सक्ने दृश्य/अदृश्य शक्तिले अहिलेको अवस्था सिर्जना गरे। यहीकारण सरकार नै अपजसको भागीदार हुनुपर्‍यो।

सरकारको अनुदान रकमबाट रासायनिक मल खरिद गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि ३ लाख ४ हजार ५ सय मेट्रिक टन आयात र बिक्री वितरणको अनुमति पाएको थियो। अनुदानको मल खरिदका लागि सरकारबाट विनियोजित ११ अर्ब रुपैयाँ बजेटको ३० प्रतिशत साल्ट ट्रेडिङ र ७० प्रतिशत कृषि सामग्री कम्पनीले पाएका थिए।

मल आयातसम्बन्धी अनुभव र क्षमता नै नभएको ‘शैलुङ इन्टरप्राइजेज’ नामको कम्पनीले गत असार १८ गते कृषि सामग्री कम्पनीसँग ३० हजार मेट्रिक टन युरिया मल आयातका लागि सम्झौता गरेको थियो। त्यसको अर्को हप्ता नै थप २५ हजार मेट्रिक टन र साउन पहिलो साता त्यही परिमाणमा युरिया मल ल्याउने गरी शैलुङले तीन ठेक्का हत्यायो।

यसरी धमाधम एकपछि अर्को ठेक्का पाउँदै गएको शैलुङ इन्टरप्राइजेज नामको कम्पनी सडक, पुललगायत पूर्वाधार निर्माणका क्षेत्रमा दर्जनौं आयोजना अलपत्र पारेको शैलुङ कन्ट्रक्सनको भगिनी संस्था हो। यी दुवै कम्पनी सैलुङ ग्रुप अफ कम्पनिजअन्तर्गत संचालित छन् भने यसका अध्यक्ष सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरबेटी शारदाप्रसाद अधिकारी हुन्।

त्यस्तै २५ हजार मेट्रिक टन युरिया मलको जिम्मा पाएको होलिको मल्टिपल प्रालि अर्का ठेकेदार कम्पनी हुमनाथ कोइरालाको हो। लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्षसमेत रहेका अधिकारी पनि यसअघि पूर्वाधार क्षेत्रका आयोजनामा काम गर्थे। कोभिड–१९ महामारीले निर्माण क्षेत्र सुस्ताएपछि कोईराला मलका ठेक्कामा लागेका थिए। यसरी शैलुङ इन्टरप्राईजेजले ठेक्का पाएको ८० हजार मेट्रिक टन र होलिको मल्टिपलले ठेक्को पाएको २५ हजार मेट्रिक टन युरिया मलको लागत मूल्य सवा ४ अर्ब रुपैयाँ बराबर हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

२५ हजार मेट्रिक टन युरिया मल आयातका लागि कृषि सामग्री कम्पनी लिमिटेडले ८९ लाख १० हजार ७५० अमेरिकी डलर बराबर लागत स्पेसिफिकेसन गरेको दरलाई आधार मान्दा १ लाख ५ हजार मेट्रिक टन मलको लागत ३ करोड ६० लाख ८८ हजार ५ सय ३८ अमेरिकी डलर बराबर देखिन्छ। सोमबारको विदेशी विनिमयदर अनुसार यो रकम ४ अर्ब २१ करोड ८३ लाख ८९ हजार नेपाली रुपैयाँ बराबर हुन्छ। यद्यपि यो रकम ती कम्पनीले बोलकबोल गरेको रकम नभई कृषि सामग्रीले तयार पारेको लागत स्फेसिफिकेसनमा राखिएको मूल्य बराबर हो। 

शैलुङ इन्टरप्राइजेजको पहिलो ठेक्का सम्झौता र होलिको मल्टिपलले पाएको समान २५–२५ हजार मेट्रिक टन मल नेपाल भित्र्याएर गोदामसम्ममा पु¥याइसक्नुपर्ने मिति आगामी शुक्रबार सकिँदैछ। ठेक्का सम्झौता अनुसार ठेकेदार कम्पनीले ४२ दिनमा पहिलो सिपमेन्ट, ७७ दिनमा दोस्रो सिपमेन्ट गरिसक्नुपर्ने र ११७ दिन अर्थात् भदौ २० गतेसम्ममा मल सम्बन्धित ठाउँमा पुर्‍याइसक्नुपर्ने हो। तर यी कम्पनीले अहिलेसम्म मल खरिदसमेत गर्न सकेका छैनन्।

के भन्छ कानुन?
राष्ट्रिय मल नीति, २०५८ मा रासायानिक मलको सम्भाव्य खपतको करिब २० प्रतिशत परिमाण जगेडा रहनुपर्ने व्यवस्था छ। तर, यहाँ त आवश्यक मल पनि आउने गरेको छैन। रासायनिक मल खरिदको विषयमा महालेखाले हरेक वर्ष सरकारलाई घच्घच्याई रहेको छ। महालेखाको ५६ औं प्रतिवेदनमा   कृषकको माग विश्लेषण नगरी वार्षिक ३ लाख ३८ हजार मेट्रिक टन रासायानिक मल खरिद गर्न अनुदान दिएकाले मागअनुसार आपूर्ति हुन नसकेको उल्लेख छ।

Xtrem

Xtrem

कृषि तथा पशुपंक्षी मन्त्रालयबाट रासायानिक मल आवश्यकताको विश्लेषण गरी खरिद तथा वितरण कार्ययोजना तयार नगरेकाले मल आपूर्तिमा समस्या भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

‘बारम्बार रासायानिक मल आवश्यकताको विश्लेषण गरी खरिद कार्ययोजना तयार नहुँदा मल आपूर्तिमा समस्या देखिएको छ’, प्रतिवेदनमा भनिएको छ, ‘माग, आपूर्ति र वितरणबीच सन्तुलन कायम गर्नुपर्ने देखिन्छ।’

यसैगरी महालेखाले ५७ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दा पनि रासायनिक मल खरिदको विषयमा प्रश्न उठाएको थियो। प्रतिवेदनमा रासायानिक मलको सम्भाव्य खपतको करिब २० प्रतिशत परिमाण जगेडा रहनुपर्ने व्यवस्था सरकारले लागू नगरेको उल्लेख छ। 

महालेखाले कृषकको माग विश्लेषण नगरी वार्षिक ४ लाख २५ हजार मेट्रिक टन रासायनिक मल खरिदका लागि अनुदान उपलब्ध गराएकोमा माग अनुसार आपूर्ति हुन नसकेको प्रतिवेदनमा उल्लेख गरेको छ।

कुन वर्ष कति घोटाला?
आर्थिक वर्ष २०७४/०७५ मा साल्ट टे«डिङ कर्पोरेसनले बहराइनबाट प्रति मेट्रिक टन ३२ हजार ६६८ रुपियाँका दरले २७ हजार १९१ मेट्रिक टन युरिया मल खरिद गरेको थियो। यसैगरी चीनबाट प्रति मेट्रिक टन ४१ हजार ३७ का रुपियाँका दरले ५७ हजार ७४६ मेट्रिक टन खरिद गरेको थियो। यसरी चीनबाट खरिद गर्दा प्रति मेट्रिक टन ८ हजार ३६९ का दरले ४८ करोड ३२ लाख ७६ हजार बढी  खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

यसैगरी, सोही वर्ष साल्ट ट्रेडिङले एक चिनियाँ कम्पनीबाट औसतमा प्रति मेट्रिक टन ४६ हजार ६९ का दरले २२ हजार १५९ मेट्रिक टन डिएपी मल खरिद गरेको थियो भने चीनकै अर्को कम्पनीबाट प्रति मेट्रिक टन रु ५३ हजार ९६२ का दरले १९ हजार ५४१.३० मेट्रिक टन खरिद गरेको थियो। 

यसरी मल खरिद गर्दा प्रति मेट्रिक टन ७ हजार ८९३ ले हुने १५ करोड ६१ लाख ९४ हजार रुपियाँ बढी खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ भैरहने हुँदा समयमा योजना बनाई खरिद गर्न नसक्दा मन्त्रालयले ६३ करोड ९४ लाख ७० हजार बढी खर्च गरेर मल खरिद गरेको महालेखको ५६ औं प्रतिवेदनमा उल्लेख छ।

यसैगरी, आर्थिक वर्ष २०७५/०७६ मा पनि रासायनिक मल खरिदमा अनियमितता भएको महालेखाको ५७ औं प्रतिवेदनमा उल्लेख छ।
कृषि तथा पशुपंक्षी मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई रासायनिक मल खरिद गर्न अनुदान दिएको थियो। कृषि सामग्रीले युरिया मल ओमानको मल्टी कमोडिटिजबाट भन्दा युनाइटेड अरब इमिरेट्सको एक कम्पनीबाट प्रति मेट्रिक टन १० हजार १ सय ५७ रुपैयाँ बढी दरले खरिद गरी २६ करोड ६४ लाख रुपैयाँ अनियमिता गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

यसैगरी, डीएपी मल चीनबाट खरिद दरको तुलनामा साउदी अरेबियाको इण्डियन पोटास लिमिटेडको भन्दा प्रति मेट्रिक टन ४ हजार २ सय ३७ रुपैयाँ बढी दरले खरिद गरेकाले १० करोड ७४ लाखसमेत ३७ करोड ३८ लाख रुपैयाँ बढी खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

यसैगरी सोही आर्थिक वर्ष २०७५/०७६ मा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले युरिया मल चिनियाँ कम्पनीबाट भन्दा ओमानको कम्पनीबाट प्रति मेट्रिकटन २ हजार २ सय २८ रुपैयाँ बढीले खरिद गरी ४ करोड ५२ लाख रुपैयाँ र डीएपी मल चीनको एक कम्पनीभन्दा अर्को कम्पनीबाट प्रति मेट्रिकटन ५ हजार ४ सय २४ रुपैयाँ बढी दरले खरिद गरेर ५ करोड ९५ लाख रुपैयाँसमेत गरी १० करोड ४७ लाख रुपैयाँ बढी लागतमा मल आयात गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। यसरी, दुवै कम्पनीले कुल ४७ करोड ८५ लाख रुपैयाँ बढी लागतमा मल आयात गरेको प्रतिवेदनमा उल्लेख छ।
 

प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७  १२:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला शुक्रबार, असोज २३, २०८३
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्