फाइल तस्बिर
काठमाडौं- सुनकोशी गाउँपालिका–६ धुसेनीमा गएको पहिरो पीडितको घर बनाउन गाउँपालिकाले ५ लाख दिने भएको छ। पहिराले घर पुरिएकाको घर निर्माण गर्न ५ लाख सहयोग गर्ने अध्यक्ष श्रमणकुमार जिसीले बताए।
उनले घटनास्थलमै पुगेर पीडितसमक्ष प्रतिपरिवार ५ लाख रूपैयाँ दिने घोषणा गरेका हुन्। आइतबार बिहान गएको पहिराले चार घर पुरेको थियो। जनप्रतिनिधि, सेना र प्रहरीको सहयोगमा जोखिममा रहेकालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ। सुरक्षित स्थानान्तरणका लागि ३० बण्डल जस्ता र ६ वटा टेण्टसमेत गाउँपालिकाले दिएको छ।
पहिराले खिलबहादुर भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घर पुरिएको थियो। पहिराको जोखिममा रहेका अन्य ९ घर परिवारलाई पनि सुरक्षित स्थानमा सारिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।