काठमाडौं- कतारले श्रमिकहरुको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ। त्यस्तै रोजगारदाता समेत परिवर्तन गर्न पाउने व्यवस्था गरेको छ।
रोजगारदाता मन नपरेको अवस्थामा आप्रवासी श्रमिकहरुले बिनाअनुमति रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गरेको हो।
त्यस्तै कतारले न्यूनतम पारिश्रमिक बढाएर १ हजार रियाल बनाएको छ। खानाका लागि प्रतिमहिना थप ३ सय र आवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था गरिएको छ।
खाना र आवाससहित जोड्दा श्रमिकले न्यूनतम १ हजार ८ सय रियाल पाउँछन्। यो प्रावधान राजपत्रमा प्रकाशित भएको ६ महिनापछि लागू हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।