• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

प्रधानमन्त्रीलाई बिजुलीको खुलापत्र

64x64
रामबाबु सुवेदी शुक्रबार, भदौ १२, २०७७  ०८:५१
1140x725

प्रिय प्रधानमन्त्रीज्यू,
भयो भयो मलाई अब विगतमा नधकेल्नुस्। बिन्ति छ, मेरो उद्धार गर्नुहोस्। मैले यतिका वर्षमा निरन्तर सबै नेपालीको घर उज्यालो बनाएकी छु। अब मलाई भूतकालमा फर्काई अन्धकार र विद्युत प्रवाहहीन नबनाउनुहोस्। मेरो बहावमा अंकुश नलगाउनुहोस्। मलाई गलत हातमा नपार्नुहोस्।

म बिजुली। म आज दोधारमा परेर यहाँ आएकी छु। मेरो अन्धकारमय जीवनमा सन् २०१६ बाट फूर्ति बढेको हो। यो बीचमा मैले धेरै स्वतन्त्रता पाएकी छु।

मैले नेपालमा ठूलो सम्भावना देखेकी थिएँ। हाम्रो देश नेपाल जल सम्पदामा विश्वकै दोश्रो नम्बरमा छ। हालसम्म ब्राजिल एक नम्बर जल सम्पदाको धनी देश हो। नेपालको सर्भे गर्दा नदीनाला प्रयोग गरी ८३००० मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ भन्ने थाहा भएको छ। त्यसैले नेपालको विद्युत क्षेत्रमा ठूलाठूला हाइड्रोपावर परियोजना ल्याएर अधिकतम विद्युत उत्पादन गरी सबै देशभर अन्धकार हटाउन सकिने सम्भावना छ।

उत्पादन बढाउन सक्दा नेपालले छिमेकी देशलाई नै विद्युत बेचेर आर्थिक लाभ पनि लिन सक्ने देखिन्छ। नेपालमा विद्युत प्राधिकरणले सन् १९८५, अगस्ट १६ देखि सर्वाधिकार लिँदै आएको छ। यसको मुख्य काम विद्युत उत्पादन र बिक्री वितरण गर्नु रहेको छ।

नेपालमा विद्युत उत्पादनका लागि विभिन्न हाइड्रोपावरहरु सक्रिय छन्। उत्पादन बढाइरहेका छन्। केही हाइड्रोपावरहरुको उत्पादन तयारी अवस्थामा छ। वर्तमान अवस्थामा आइपुग्दा मेरो माग एवं आपूर्ति बुझ्ने र सही व्यवस्थापन गर्ने जिम्मेवारी कुलमान घिसिङलाई जान्छ। उहाँकै कारण विगतका केही वर्ष मेरा लागि सुनौला रहे।

प्रधानमन्त्रीज्यू, मेरो यो स्वतन्त्रताले मलाई असीमित खुसी दिएको छ। मैले हरेक पललाई मीठो एवं यादगार अनुभव गर्न पाएकी छु। मेरो अस्तित्वमा नयाँ आयाम आएको छ। म सही रुपमा घर, अफिस, स्कुल, कलकारखाना, छापाखाना, कृषि, व्यापार व्यवसायमा प्रवाह भइरहँदा मन आनन्दित बन्छ। म त एक माध्यम न हुँ। मलाई सही व्यवस्थापन र प्रयोग गरेकै कारण अहिले हर घर उज्यालो हुन सम्भव भएको हो। 

अन्धकारलाई बिदा गर्दा को पो खुसी नहुँदो हो। ओहो! सम्झिँदा पनि आङ जिरिंग हुन्छ। नेपालमा विदेशी पर्यटक आउँदा सम्झन्छु कति विरक्तिन्थे, पहिला काठमाडौंका गल्लीमा। सन् २०१४ मा एक पटक दुई जना अमेरिकन नागरिक स्वयम्भुमा बसी ‘बुद्धले सारा विश्वलाई उज्यालो बनाई ज्ञानको ज्योति दिए तर यही नेपाल भने सदा अन्धकार रह्यो’ भन्दै गफ गरेको देख्दा आफैंलाई लाज लागेर म रातभर त्यस स्थानमा विद्युत प्रवाह गरिरहे|।

विद्यार्थीलाई सास्ती थियो। पढ्न बस्ने बेलामा लोडसेडिङ हुन्थ्यो, असाइनमेन्टहरु गर्न असहज, प्रेजेनटेसन बनाउन गाह्रो थियो। घरका गृहिणीहरुलाई घर सरसफाइदेखि घरमा भान्सामा काम गर्न समस्या थियो। लाइन जाने फ्रिज नचल्ने, राइसकुकर नचल्ने, मिक्सचर, मेसिन आदि नचल्दा घरको काममा ढिलासुस्ती हुने हुन्थ्यो। श्रीमानलाई अफिस पठाउन र नानीबाबुलाई स्कुल पठाउन कैयौं महिलालाई सकस थियो।

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्रीज्यू, कहालीलाग्दा थिए ती दिन। म त दिक्क मान्दै मुकदर्शक बन्दै नियालिरहन्थें। साह्रै बिजोग थियो, सारा नेपालीहरुको। सहरमा अझ धेरै समस्या थिए। खानेपानीको कलमा मोटर जोड्नुपर्दा लाइन नहुने। लाइन आएको समय राति कुरेर मोटर चलाउँदा भोल्टेज नहुने आदि इत्यादि समस्या थिए। इलेक्ट्रिक डिभाइस जस्तै वासिङ मेसिन, ओभन, भ्याकुम क्लिनर आदि नचल्दा घरमा हुने दैनिक सरसफाइ पनि प्रभावित भएका थिए।

अफिसमा निरन्तर लोडसेडिङले कार्य सञ्चालनमा ढिलाइ सुस्ती हुने गर्थ्यो। उद्योग कलकारखाना बन्दको संघारमा पुगेका थिए। धेरै उद्योग मुस्किलले सञ्चालित थिए। ती काला दिन सम्झिँदा अझ मेरो मनमा भय उत्पन्न हुन्छ। दैनिक १८ घण्टासम्मको लोडसेडिङ। ओहो! कति निरुत्साहित थियो, सम्पूर्ण जगत। नेपाल एकदिन पूर्ण २४ घण्टा लोडसेडिङको सिकार होलाजस्तो देखिन्थ्यो। यो भुमरीबाट बाहिर नआउने निश्चितजस्तै थियो।

म बिजुली भए पनि एकै स्थानमा अडिग रहन्थे। मेरो मालिकले मलाई कन्ट्रोल गरेका थिए। मलाई स्फूर्तिसाथ हर घर उज्यालो पार्न मन लाग्थ्यो तर मेरा मालिकहरुले मलाई बन्देज लगाएका थिए। मेरो क्षमताभन्दा कम प्रचारित गरियो र कालो बजारी एवं विद्युत माफियाबाट मेरो शोषण गरियो।

सबै तर्फबाट हार खाँदै आएकी मलाई कुनै आशा थिएन कि सुधार आउला र व्यवस्था परिवर्तन होला भन्ने। जति नै उत्पादन हुँदा पनि सम्मान बिन्दु नभेटिएकाले आपुर्तीभन्दा माग ज्यादा देखाएर कृत्रिम अभाव सिर्जना गरिरहे। मलाई पूर्ण प्रवाह हुन नदिन ठूलो षड्यन्त्र रचिएको थियो। म त बोल्न सक्दिनँ थिए। तर सधैंभर एकदिन म पूर्ण प्रवाहमा बग्न पाउँला भनी आशा गरिरहें।

मलाई मेरो इच्छा पूर्ण हुन र सारा नेपालीको मनोकांक्षा पूरा गर्न सन् २०१६ मा मात्र सम्भव बन्यो। म त यसै निर्जिव थिएँ झन् प्रवाह हुने आशा र सामर्थ्य कम भइरहेको थियो। मलाई न आश्वाशन थियो, न त कसैको मप्रति सहानुभूति। २०१६ अगाडि म अव्यवस्थित, बिना प्रवाह र फुर्सदमा थिए। मलाई आफ्नो कार्य क्षमताप्रति धिक्कार लाग्थ्यो र सोच्थें- म कति बेकामे।

मैले अघि भने नि कुलमान घिसिङ आएपछि मेरो कायापलट भयो। काँचुली फेरेझैं अनुभव गरे। प्राण भरिएझैं महसुस गरें। ममा फूर्ति बढ्यो। मलाई स्वतःस्फूर्त सेवाग्राहीलाई खुसी पार्न मन भयो। म आफू सन्तुष्ट थिएँ, अनि सबैलाई सन्तुष्ट पारी आनन्दित भएँ। सबैले उज्यालोमा पढ्न पाए, गृहिणीहरु खुसी भए, अफिस, कारखाना राम्ररी सञ्चालन भए, छापाखानाहरुलाई सहजीकरण भयो। आर्थिक लाभ भयो, देशलाई। ब्याट्री, इन्भटर र डिजेलको कालो बजारी पूर्ण रुपमा विस्थापित भए।

प्रधानमन्त्रीज्यू, मेरो हार्दिक अनुरोध मेरो स्फूर्तिलाई कम नगरियोस्। मलाई बाध्य बनाई फेरि प्रवाहहीन नबनाइयोस्। म अब पुराना दिनमा फर्किन्न चाहन्नँ। म अब पुरानो घाउ कोट्याउन चाहन्नँ। सबै जनतालाई पुनः अन्धकारमा फर्काउन चाहन्नँ। म सुन्दैछु, कुलमान घिसिङको कार्यकाल सकिन लाग्यो रे! म सुन्छु, पहिल्यै मलाई थुनेर राख्नेहरु आउन लागे रे। अहिले निकै चहलपहल बढेको छ अरे बालुवाटारदेखि सिंहदरबारसम्म।

यो त स्वीकार्य छैन। न त जनताले नै स्वीकार गर्नेछन्। नातावाद कृपावाद छोडेर एक पटक त्यो साधारण नागरिक बनी सोच्नु त। अन्धकारबाट मुक्ति दिलाउन कुलमान बाहेक अरु को नै होला र सक्षम? नयाँ आउलान् तर भ्रष्ट आउने हुन् कि। किनकि, त्यस्तैको विगविगी छ। अझ धेरै सुधार आवश्यक छ, विधुत प्राधिकरणमा। अझ आर्थिक लाभ लिन बाँकी छ यो देशले। बुद्धको देश हो नेपाल फेरि कुनै पर्यटकले अघि मैले भनेजस्तो दुःख व्यक्त गर्नु नपरोस्।

प्रधानमन्त्रीज्यू, मेरो पुकार सुन्दिनुहोला र देशलाई एउटा ठूलो दुर्घटनाबाट बचाउनुहोला। म निस्फिक्री विद्युत प्रवाह गर्न चाहन्छु। मलाई सही हातमा जिम्मा लगाउनुहोला अन्यथा म सारा नेपालीलाई खुसी दिन सक्दिनँ। रातिको अन्धकारमा उज्यालो बत्ती बाली जग ज्योति गर्न चाहन्छु। नेपालीको मुहारमा खुसी ल्याउन चाहन्छु।

उही तपाईंकी
बिजुली।

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७  ०८:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामबाबु सुवेदी
लेखकबाट थप
हाउस हसबेन्ड [कथा]
राधा...मेरी सखी [कथा]
जनताको काम कहिले गर्ने?
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ बुधबार, असोज ७, २०८३
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन बुधबार, असोज ७, २०८३
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्