• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सप्तरीमा भिटिएम अभाव, समयमै नआए स्वाब संकलन रोक्ने अवस्था छ : स्वास्थ्य कार्यालय

64x64
रासस बिहीबार, भदौ ११, २०७७  १४:२२
1140x725

सप्तरी- कोरोना भाइरसको परीक्षण दायरा बढाएपछि प्रदेश २ को सप्तरीमा भिटिएम (संकलित स्वाब राख्ने भाँडो) अभाव हुन थालेको छ। सप्तरीसहित प्रदेश २ का जिल्लामा भिटिएम अभाव हुन थालेपछि कोरोना भाइरस परीक्षणका लागि गरिने स्वाब सङ्कलन कार्य प्रभावित हुन थालेको हो।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले दैनिक १५० देखि २०० को स्वाब सङ्कलन गर्दै आएकोमा सप्तरीमा अब बाँकी ३५० मात्र भिटिएम बाँकी रहेको जनाए।

भिटिएम सकिन लागेपछि स्वाब सङ्कलन कार्य पनि कम गर्नुपरेको उनको भनाइ छ। उपलब्ध भिटिएम सकिन लागेको र थप भिटिएम नआए स्वाब सङ्कलन कार्य रोकिने उनको भनाइ छ।

प्रादेशिक स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रदेखि सम्बन्धित निकायसँग माग गर्दै आइरहेको जानकारी दिँदै उनले सकिनुअगावै भिटिएम किट आउने आशा व्यक्त गरे।

प्रदेश नं २ मा सङ्क्रमित दर बढ्दो रहेको तथा क्वारेन्टिनमा रहेका शङ्कास्पद र आइसोलेसनमा रहेका सक्रिय सङ्क्रमितको सङ्ख्यासमेत बढिरहेकाले प्रत्येक जिल्लामा तत्काल पाँच हजार भिटिएम मौज्दात हुनुपर्ने निमित्त प्रमुख यादवको भनाइ छ।

असार मसान्तसम्म ५ हजार ४४० जनाको स्वाब सङ्कलन भएको सप्तरीमा हाल १३ हजार १६५ को स्वाब सङ्कलन भएको यादवले जानकारी दिए।

प्रदेश २, सामाजिक विकास मन्त्रालयका अनुसार गत चैतदेखि असार मसान्तसम्ममा प्रदेशमा ४९ हजार स्वाब सङ्कलन भएकोमा साउनदेखि स्वाब सङ्कलनको दायरा बढ्दा बुधबारसम्ममा ९१ हजार ७०८ स्वाब सङ्कलन भएको छ। सबैभन्दा बढी रौतहट, पर्सा र सप्तरीमा स्वाब सङ्कलन भएको सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयले जानकारी दिएका छन्। हालसम्म रौतहटमा १९ हजार ५२५ र पर्सामा १७ हजार ७३७ जनाको स्वाब सङ्कलन भएको छ।

नेपालमा बुधबार ८८५ सङ्क्रमित थप हुँदा कुल सङ्क्रमितको सङ्ख्या ३४ हजार ४१८ पुगेको छ। तीमध्ये ७ हजार ४५ महिला छन्। प्रदेश २ मा सङ्क्रमित सबैभन्दा बढी छन्।

Ncell 2
Ncell 2
nimb
nimb

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार पत्रकार सम्मेलनमा प्रदेश २ को सर्लाहीमा १२०, धनुषामा ४३, बारामा २४, रौतहटमा २०, महोत्तरीमा १८, सिरहामा तीन तथा सप्तरी र पर्सामा एक/एक जनामा सङ्क्रमण पुष्टि गरेको छ। यसरी ५८ महिलासहित २३० सङ्क्रमित थपिँदा प्रदेश २ मा सङ्क्रमितको सङ्ख्या एक हजार ४२१ महिलासहित नौ हजार ९४५ पुगेको छ।

सात प्रदेश भएको देशमा प्रदेश २ मा मात्र झण्डै २९ प्रतिशत सङ्क्रमित छन्। अहिले प्रदेश नं २ मा सङ्क्रमण दर सबैभन्दा धेरै भएकाले कन्ट्याक्ट ट्रेसिङमा परेका, शङ्कास्पद र सक्रिय सङ्क्रमित गरी दैनिक करिब एक हजार व्यक्तिको परीक्षणका लागि स्वाब सङ्कलन भइरहेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले बताए। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार दुई महिलासहित ११ जनाको मृत्यु पुष्टि गरेसँगै नेपालमा मृतकको सङ्ख्या १७५ पुगेको छ। पछिल्लो पटक महोत्तरीमा तीन जनाको मृत्यु पुष्टि भएसँगै यस प्रदेशमा मृतकको सङ्ख्या ७३ पुगेको छ। यो देशको कुल संख्याको ४१ प्रतिशतभन्दा बढी हो।

पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित हुने कुल सात जिल्लामध्ये पाँच जिल्ला प्रदेश २ कै छन्। महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाहीमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको पछिल्लो जानकारी अनुसार १४ हजार ७३९ सक्रिय सङ्क्रमितमध्ये प्रदेश २ मा संस्थागत आइसोलेसनमा एक हजार ८८१ र होम आइसोलेसनमा तीन हजार ६७५ गरी पाँच हजार ५५६ सक्रिय सङ्क्रमित छन्। 

सप्तरीको संस्थागत क्वारेन्टिनमा हाल २३ महिलासहित २२९ छन् भने होम क्वारेन्टिनमा २४६ जना छन्।

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७  १४:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध नेपाल प्रहरीले आज बिहान ६ बजेसम्म सार्वजनिक गरेको विवरण अनुसार गण्डकी र कर्णाली प्रदेशका केही सडक खण्डहरू अझै पूर्ण तथा आंशिक रूपमा... शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूर... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्