• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

प्राकृतिक चिकित्सासँगै संक्रमितको उपचार गर्दै भरतपुर महानगर

64x64
रासस बुधबार, भदौ १०, २०७७  १७:११
1140x725
फाइल तस्बिर

चितवन- भरतपुर महानगरपालिकाले कोरोना संक्रमण देखिएका पहिलो चरणका बिरामीलाई प्राकृतिक चिकित्सासँगै उपचार गर्ने भएको छ। श्री वागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमअन्तर्गत योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय सञ्चालन भएको बागेश्वरीमा बुधबारबाट आइसोलेसन सञ्चालन गरी संक्रमितको उपचार गर्न लागेको हो।  

सो ठाउँमा रहेका २२ वटामध्ये पाँच घरमा रहेका कोठाहरुलाई व्यवस्थित गरी आइसोलेसन बनाइएको छ। एउटा घरमा शौचालयसहितका पाँच कोठा रहेका छन्। यसअघि यहाँको पुरानो मेडिकल कलेजले आवास बनाएको ठाउँमा पछि आश्रमले चिकित्सालय चलाएको हो।  चिकित्सालय रहेकै क्षेत्रमा रहेका खाली भवनमा आइसोलेसन सञ्चालन गर्न लागिएको हो।

भरतपुर महानगर प्रमुख रेणु दाहालका अनुसार बुधबार साँझसम्ममा आइसोलेसन सबै तयार हुनेछ। बुधबारबाटै बिरामी राखिने उनले बताइन्। बिरामी राखेपछि भित्र काम गर्न कठिन हुने भएकाले महानगरले आवश्यक मर्मतसम्भार, रङरोगन, कार्पेटिङ्, खाटहरु राख्ने, पङ्खा जडान गर्नेलगायतका काम गरिसकेको छ। प्रमुख दाहालका अनुसार शुरुमा ७५ जना त्यहाँ राख्न सकिनेछ। बिस्तारै २०० जनासम्म राख्न सकिने उनले जानकारी दिइन्।

भरतपुर महानगरले चिकित्सालयसँग सहकार्य गरेर आइसोलेसन सञ्चालन गर्न लागेको हो। यहाँको मर्मतसम्भार, खाना खर्च सबै महानगरले व्यहोर्नेछ। आन्तरिक व्यवस्थापनसँगै योग, ध्यान, आवश्यक उपचार चिकित्सालयले गर्नेछ।

महानगरले प्रवक्ता अरुणपीडित भण्डारीको संयोजकत्वमा वडाध्यक्ष, कर्मचारी, चिकित्सक रहेको आइसोलेसन व्यवस्थापन समिति गठन गरिएको छ। आइसोलेसन, आँपटारीबाट देवघाट जाने सडकसँगैको वन क्षेत्रमा छ। दाहालले शान्त, रमणीय ठाउँमा आइसोलेसन भएकाले संक्रमितको बसाइ समय आनन्दमय एवं छिटो निको हुन सहयोगी हुने अपेक्षा गरेको प्रमुख दाहालले बताइन्। प्राकृतिक चिकित्साको माध्यमबाट पहिलो चरणका संक्रमित छिटो निको हुने विश्वास गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

चिकित्सालयका प्रमुख डा. हेमराज कोइरालाका अनुसार प्राकृतिक खानासँगै नियमित व्यायम गराइनेछ। सामान्य लक्ष्यण देखिएका पहिलो तहका बिरामीलाई सो आइसोलेसनमा राखिन्छ। बिरामीलाई बिहान चार किसिमका फलफूलबाट दिनको शुरुवात गरी साँझ दूध र बेसारसँगै खानाको अध्याय सकिने उनले जानकारी दिए।

फापरको रोटी, उमारेको गेडागुडीका टुसा, अत्याधिक झोलिलो खाना, जेठीमधु, गुर्जो, मरिच, सुठो, पिप्ला, तुलसीको पानी, दाल, भात, तरकारीजस्ता पौष्टिक तत्व प्रशस्त हुने खाना खुवाइन्छ।

आइसोलेसनमा बस्नेहरुलाई योग, ध्यान प्रशस्त गराइनेछ। मनतातो पानी नाकको एउटा प्वालबाट तानेर अर्कोबाट फाल्ने जल नेति, मनतातो पानीले कुल्ला, पानी खाएर उल्टी गर्नेजस्ता विधि प्रयोग गरिने कोइरालाले जानकारी दिए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

चिकित्सालयका अध्यक्ष कमल मल्लले प्राकृतिक विधिबाट उपचार गर्दा संक्रमित छिटो निको हुने बताए। पुरानो मेडिकल कलेजलाई हटाएपछि सो ठाँउको चार हेक्टर वन क्षेत्रलाई धार्मिक वन क्षेत्र बनाइएको छ। धार्मिक हिसाबले महत्वपूर्ण सो ठाउँमा २०० स्थानीय जातका गाई रहेको गौशाला, २३ जना बालबालिका भएको गुरुकूल, हवन कुण्ड रहेको मल्लले जानकारी दिए।

भरतपुर महानगरले नेपालमा संक्रमण देखिए लगत्तै भरतपुर कोरोना अस्थायी अस्पताल स्थापना गरी  भरतपुर अस्पताललाई जिम्मा लगाएको थियो। यससँंगै महानगरका २९ वडामा ५० वटा क्वारेन्टाइन स्थापना गरी बाहिरबाट आएकाहरुलाई राखेको उपप्रमुख पार्वती शाह ठकुरीले जानकारी दिइन्। महानगर क्षेत्रका बासिन्दा संक्रमित भई प्रथम चरणमा रहेकाहरुलाई अहिले तयार गरिएको आइसोलेसनमा राखिने उनले जानकारी दिइन्।

महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीका अनुसार हाल महानगरका ११ वटा क्वारेन्टाइन बाँकी रहेका छन्। ती क्वारेन्टाइनमा ३९ जना रहेको उनले बताए। महानगरको क्वारेन्टाइनबाट १ हजार १०६ जनाले सेवा लिइसकेको उनले जानकारी दिए। हाल महानगर क्षेत्रभित्र १ हजार २५४ जना घरकै क्वारेन्टाइनमा रहेको उनको भनाइ छ। घरका एक जनालाई संक्रमण भएमा परिवारका सबैलाई गणना गरी महानगरले निगरानी राख्ने गरेको छ।

जिल्लाको पूर्वी क्षेत्रमा चार नगरपालिकाले रत्ननगर र माडी वडा नम्बर ५ मा आइसोलेसन बनाएका छन्। दोस्रो र तेस्रो तहका संक्रमितलाई भने भरतपुर अस्पताल र दुई मेडिकल कलेजमा उपचार गरिने व्यवस्था मिलाइएको छ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  १७:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्