• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

व्यंग्य: यमलोकमा राजु सदा

64x64
रामबाबु सुवेदी सोमबार, भदौ ८, २०७७  १०:३१
1140x725

‘बालक तिमी कहाँबाट आयौ?’

‘प्रभु हिमालयको देश नेपालबाट।’

‘आहा! कति सुन्दर देश छ, नेपाल। स्वागत छ बालक।’

‘धन्यवाद प्रभु, मेरो देश प्रकृतिको देनले सुन्दर छ। हजुरको मुखारबिन्दुबाट त्यो सुन्न पाउँदा मन झनै पवित्र भयो।’

‘चित्रगुप्त। यो बालकको दोष के हो? र किन यी आए?’

‘प्रभु। यी बालक उमेर नपुगी अल्पायुमा यहाँ आए। अझ बाँच्ने समय छ। तर प्रभु यिनले कष्टकर मृत्यु वरण गर्नु परेछ। म दुःखी भएँ, हेर्दा’, चित्रगुप्त लालखाता हेरी बिन्ती गर्छन् यमराजलाई।

‘तिम्रो उमेर वा अवधि त पुगेको थिएन, मुर्ख बालक। नेपालको प्रकृतिमा जन्मेर किन यति चाँडै मृत्यु वरण ईच्छायौ?’

‘आजित भएँ। मेरो हेरविचार उचित भएन प्रभु। क्षमा प्रभु’, हात जोडदै बालकले भन्यो।

Ncell 2
Ncell 2
nimb
nimb

‘हो प्रभु। उसको कुरा सुनिबक्स्योस् एकपटक। हाम्रो यमलोकमा अकालमा कोहीलाई स्वागत छैन। काल समय आएपछि मात्र मृत्युवरणको नियम छ’, चित्रगुप्त पुनः दुई हात जोडी यमराज समक्ष बिन्ती गर्छन्।

‘ढिट बालक, किन समय नपुगी आइस्? के भएको थियो? पशुपतिनाथको देश, गौतम बुद्धको जन्मभूमि, भगवान् रामको ससुराली, विभिन्न देवी देवताको तिर्थस्थल, अध्यात्मिक नेपाल, मनकारी नेपाली। यस्तो पवित्र हिमालय भएको स्थानबाट तँ समय नपुगी यहाँ आउने चेस्टा कसरी गरिस्?’ यमराज क्रोधित भए।

‘यो क्रोध ज्वाला कृपा गर्नुहोस् प्रभु। म विस्तृतमा मेरो पीडा सुनाउँछु। मलाई लाचार बनाइयो। मलाई पिडित बनाइयो र यो अवस्थामा छु’, घुँडा टेकी भूँइमा घोप्टो पर्दै राजु सदा यमराजको खुट्टामा आँसु धारा बगाउँदै भावुक बन्छ।

‘नैराश्यता र अविवेकपूर्ण वविचारले ज्यान जान्छ बालक। उठ र आफ्नो मृत्युकथा बयान गर’, यमराज आफ्नो सिंहासनमा गएर बसी गदा हातमा लिएर रिसले दायाँ हातले हल्लाउदै आदेश दिन्छन्।
० ० ०
राजु सदा बयान दिन्छ-

‘म सामान्य परिवारको मानिस हुँ। मेरो माता पिताले धेरै गरिबीको सामना गरी मलाई लालनपालन गरेका हुन्। म भारतमा बस्दै आएको थिएँ। एक्कासी आएको कोरोना महामारीले गर्दा मेरो जागिर धराशायी बन्यो प्रभु। म कामविहीन भएँ। केही बचाएको पैसा थियो साथमा। त्यसैले काम चलाउँदै केही दिन, केही हप्ता म उतै बसें।

प्रभु, पैसा सकिँदै गयो। अन्नको जुगाड गर्न मुस्किल भयो। अनि मैले अन्य साथीहरुसँग मिलेर घर फर्कने निधो गरें। हप्ता दिनसम्म कष्टपूर्ण तरिकाले हिँडियो। बल्ल नेपाल आइपुग्यौं। नेपालको सीमा क्षेत्र आइपुग्दा कम्ता खुसी लागेको थिएन।

तर सिमाना पारि पनि अनेक दुख र पीडा सहेर हामी सिमानामै अड्कियौं। केही प्रयासपछि यस्तो कोरोना रोगको महामारीमा ज्यान बचाउने आशाले नेपाल छिर्‍यौं। यहाँ आउँदा १४ दिन क्वारेन्टाइनमा बस्ने नियम बनाइएको थियो। परिवारको स्वास्थ्यलाई पनि ध्यानमा दिएर म सुरक्षित बस्ने सोची नेपाल सरकारले तोकिए बमोजिम क्वारेन्टाइनमा बसें।

तर नेपालमा धेरै बिडम्बनापूर्ण अवस्था पाएँ। उपचारको नाममा सस्तो प्रचारबाजी रहेछ। हामी दैनिक समाचार सुन्थ्यौं। कहिले सरकारले गाडी किनेको, कहिले स्वस्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको, कहिले पदको मात्र लोभ गरेको, कहिले ठूलालाई मात्र कमाउने भाँडो बनाइएको आदि इत्यादि समाचारले हामी निराश बन्थ्यौं। सरकार छ तर श्वास छैन सरकारमा। विभेद छ जनताप्रति। अस्थायी स्वास्थ्य संरचना निर्माण गरिएको छैन। सत्ता र कुर्सीको घिनलाग्दो खेल खेलिन्छ, सरकारबाटै। कर्मशील र निडर स्वास्थ्य स्वयंसेवक छैनन्। म त्यसैको शिकार भएँ, प्रभु।

‘शिकार... कसरी मुर्ख बालक? तिमी यहाँ आफैं मृत्यु वरण गरी अल्पायुमै ती सब देखेर काँतर बनी आएको हौ। निडर बनी स्वास्थ्य माफिया र बेकाम सरकारप्रति प्रतिकार पनि त गर्न सक्थ्यौ नि?’, यमराज झन् बर्बराउँदै सिंहासनबाट उठेर भन्छन्।

‘क्षमा प्रभु। मलाई मर्ने रहर थिएन तर मलाई मारियो। मेरो हत्या गरियो। स्वास्थ्य माफियाको कारण हत्या भयो मेरो। निर्लज्जताका कारण अपमानित मृत्युवरण भयो। मेरो मात्र हैन प्रभु धेरै नेपालीको अकालमा ज्यान जाने निश्चित छ’, राजु सदाले उत्तर दियो।

‘प्रभु। यहाँको दरबन्दीभन्दा धेरै मानिस नेपालबाट आए भने उचित व्यवस्थापन गर्न असहज हुन्छ। यिनको कारक तत्व पहिल्याउन जरुरी छ’, चित्रगुप्त यमराजको नजिकै आएर कानमा फुस्फुसाउछन्।

गम्भीर हुँदै यमराजले सोध्छन्- ‘ के यो सत्य हो मुर्ख बालक? तिम्रो मृत्युको कारण बताऊ। ‘

‘जो आज्ञा प्रभु। म क्वारेन्टाइनमा साथीहरुसँग जसोतसो दिन गुजार गर्दै थिएँ। अस्वस्थ खानपिन र फोहोर पानीका कारण मलाई पखाला लाग्यो। त्यहाँ सबैलाई भय भएछ, मलाई कोरोना भयो भनी। अनि मेरो छेउमा आउन डराए। जीवनजल पनि दिएनन्। मेरो पेट अत्याधिक दर्द हुन थाल्यो। यतिको दर्द म आमाको गर्भमा हुँदा मेरो आमालाई पनि भएको थिएन होला। गुहार गरें, साउती मारें, छटपटाएँ। घण्टौं घण्टा। तर कोही आएनन् मेरो नजिक। त्यहाँका स्वास्थ्यकर्मी तथा स्वयंसेवक कोही आएनन्’, जोड जोडले रुँदै राजु सदा पीडा सुनाउँछन्।

‘नरोऊ बालक। मैले तिम्रो भाव बुझें तर एकपटक मलाई कान्तिपुर नगरी वा नेपाल लिएर जाऊ। म नितान्त व्यक्तिगत रुपमा तिम्रो पीडा त्यहाँको मनुवा भई हेर्न चाहन्छु। तिम्रो शरीरको दाहसंस्कार भइसक्यो तसर्थ तिमी अहिले मसँग हिँड’, आश्वासन भाव देखाउँदै यमराज भन्छन्।
० ० ०
दुवै नेपाल जान्छन्। चित्रगुप्त साथमा। अनि फर्किएर वार्तालाप गर्छन्।

नेपालको पूर्ण निरीक्षण गरी फर्किँदा यमराजको मन खिन्न हुन्छ र राजु सदाप्रति कारुणिक स्नेह मौलाउन थाल्छ। र क्रोधित हुँदै भन्छन्-

‘चित्रगुप्त... यो महामारीमा के हो त्यस्तो सुन्दर नेपालमा लापरबाही? के तिनीहरुलाई थाहा छैन, यमराजकोमा अल्पायुमा आयो भने नर्कमा बास हुन्छ भनी? के सबैले मृत्यु नै रोजेका हुन् त अपवाद बाहेक? मूर्ख जनता मास्क लाउनुछैन, ठूला माफियाहरु पैसा खान र भ्रष्टाचार गर्न व्यस्त छन्, नेताहरु जनताको सुरक्षा र चासोको बिषयमा ध्यान पुर्‍याउँदैनन् रहेछन्। कति असभ्य समाज प्रतिपादन गरेका। यस्तो भयावह समयमा किन यिनीहरु आफैंलाई दण्डित गर्न खोजेका?’

‘रिस शान्त गरिबक्स्योस प्रभु। खै म आफैं रणभुल्ल परे’, चित्रगुप्त निराशावादी बनी उत्तर दिन्छन्।

‘धेरै वर्षअघि नेपाल भ्रमण गर्दा प्रिय परोपकारी, सहयोगी, संस्कारी भाइचारा र आत्मीयता भएका नेपाली थिए। अहिले त कली लागेछ क्या हो। सबै कति लोभी, घमण्डी, अप्रिय, असंस्कारी, भ्रष्टाचारी रहेछन। देश निर्माण गर्ने नेता अवगुणी भए, प्राण दिने अस्पताल प्राण लिने भयो, न्यायालयमा न्याय नपाइने, शिक्षा क्षेत्र पनि माफियाको कब्जा, पूर्वाधार निर्माणमा अनियमितता सबैतिर अन्धकार र कालो बादलले छोप्दै गरेको नेपाल। अहो! चित्रगुप्त कति विचलित पाएँ सोझा नेपाली जनतालाई। बिचरा के गरून्, कसलाई भनुन्। उनीहरुको सुनवाइ हुने ठाउँ छैन’, यति भन्दै यमराज राजु सदातिर स्नेहभावले हेर्छन्।

‘बालक तिमी दोषी छैनौ तर त्यहाँको प्रशासननै दोषी रहेछ। नीति निर्माता दोषी रहेछन्। संस्कार दोषी रहेछ। सरकार दोषी रहेछ। विज्ञ दोषी रहेछन्। प्रधानमन्त्री दोषी रहेछ। सबै सिस्टम दोषी रहेछ। अकालमा जाबो १० रुपैयाँको जीवनजल नपाएर मृत्यु वरण गरेछौ। मानवता हराएको स्पष्ट देखिन्छ। त्यहाँ मैले देखेको एउटा बिरामीको २६ लाख अस्पतालको कोरोना उपचार गर्दा बिल भएछ, १३ दिन अस्पताल बस्दा। धनीलाई त्यो कति पनि हैन तर गरिबलाई त्यो आत्महत्या गर्ने बाटो बन्छ। मध्यम वर्गीयलाई त्यो निल्नु न उकल्नु हो, घरविहीन हुने अवस्था हो’, यमराज नैरश्यतामा भन्छन्।

‘अनि प्रभु। केही उपाय छैन यसका निमित्त? सबै नेपालीलाई मेरो हालत हुन नदिई कसरी बचाउने?’, राजु सदा बिन्ती गर्छ।

‘छ बालक निःसन्देह छ। तर त्यो चेतनाले मात्र सम्भव छ।’

‘कस्तो चेतना प्रभु?’

‘नेपालमा दायित्वहीन सरकार छ। त्यसैले निम्न र मध्यम वर्गका जनतासँग कोरोना संक्रमणबाट जोगिन हर कोसिस गर्ने (भिडभाडमा उचित ढंगले मास्क लगाउने, साबुन पानीले नियमित हात धुने, साबुन पानी नभए स्यानिटाइजर प्रयोग गर्ने, कम्तीमा २ मिटरको भौतिक दूरी कायम राख्ने, सकेसम्म घरमा नै बस्ने, पेसा-व्यवसाय गर्दा अधिकतम सतर्कता अपनाउने, अनावश्यक भेटघाट नगर्ने लगायत), यती गरियो भने कोरोना लाग्नै पाउँदैन।‘

यमराज थप्दै गए- ‘गम्भीर खालको लक्षण देखियो भने नेपालमा गरिबले राम्रो स्वास्थ्य सेवा पाउँदैनन्। भेन्टिलेटर र आइसियु बेड गरीब जनताको पहुँचमा हुने छैन। लाखौं तिर्ने सामर्थ्य उनीहरूसँग छैन। अनि भएका भेन्टिलेटर र आइसियुबेडले सम्पन्न र पहुचवालाहरुलाई नै पुग्दैन। अब उपचारविहीन भएर मर्ने वा सतर्क भएर आफू र अरुलाई पनि जोगाउने भन्ने आफ्नो छनौट हो। बुझ्यौ बालक?’

‘हस् प्रभु। म आभारी छु। यो चेतना नेपाली जनतालाई कसरी पुर्‍याइदिने?’

‘राजु सदा मरेर गए पनि उसको आत्मा अमर छ। तिम्रो मृत्युको कथाले त्यहाँको लापरबाही, लाचारीपन देखिन्छ। अब तिम्रै मृत्युले जनताको ज्ञानको चक्षु खुल्नेछ। जाऊ, म तिमिलाई त्यो बरदान दिन्छु, तिमी प्रत्येक नेपालीको मन मनमा बस। उनीहरुलाई झकझकाऊ। अर्को राजु सदा बनी यहाँ आउनबाट बचाऊ। तिमीलाई तथास्तु बालक।’

प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७  १०:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामबाबु सुवेदी
लेखकबाट थप
हाउस हसबेन्ड [कथा]
राधा...मेरी सखी [कथा]
जनताको काम कहिले गर्ने?
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ बुधबार, असोज ७, २०८३
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन बुधबार, असोज ७, २०८३
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्