काठमाडौं- नेत्र विक्रम चन्द विप्लव नेतृत्वको पार्टी नेकपाका ८८ जना नेताहरु जनता समाजवादी पार्टी प्रवेश गरेका छन्।
नेकपाका मध्य केन्द्रीय कमाण्डका तत्कालीन सैन्य कमाण्डर जीवन लामा (जिमी)को नेतृत्वमा ब्युरो सदस्यहरु प्रह्लाद फुयाल, रौतहट जिल्ला पूर्व सेक्रेटरी गोपाल जिम्बा लगायत ललितपुर, मकवानपुर, काभ्रे, चितवन, रौतहट, बारा, पर्सा, काठमाडौं, दोलखा, धादिङ, नुवाकोट र सिन्धुली सहित जिल्लाहरुका ८८ जना विभिन्न तहगत जिम्मेवारीमा रहेका नेता/कार्यकर्ताहरु आइतबार जसपामा समाहित भएको सो पार्टीले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
जसपाले नवप्रवेशीलाई सशक्त एवं गतिशील राजनीतिक सक्रियताको शुभकामना पनि दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।