काठमाडौं- सुक्खा पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार बिहान ८:१० बजेदेखि सडक सञ्चालनमा आएको हो।
इच्छाकामना गाउँपालिका–५ को ३ नम्बर पुल नजिक गएराति सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।
पहिरो खसेसँगै रोकिएका अत्यावश्यक सवारी साधन गन्तव्यतर्फ लागेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।