फाइल फोटो
सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीको पहिरोमा हराएकामध्ये थप तीनको शव भेटिएको छ।
एक बालक र दुई महिलाको आज फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए।
५ वर्षका सानुकान्छा दोङ, ४२ वर्षकी जिबिरानी दोङ र १८ वर्षकी ललिता दोङको शव फेला परेको हो। यससँगै शुक्रबार गएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २८ पुगेको छ।
पहिरोमा परेर ३९ जना बेपत्ता भएका थिए। शव भेटिएका १५ पुरुष र १३ महिलामध्ये १४ जना बालबालिका मात्रै छन्। पहिरोमा हराइरहेका ११ जनाको खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।