• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

६ वटा प्रदेशले एक वर्षमै किने १ अर्ब ३३ करोडका गाडी, प्रदेश ५ को विवरण अस्पष्ट

64x64
शिव बोहरा बुधबार, भदौ ३, २०७७  ०७:३६
1140x725

काठमाडौं- प्रदेश सरकारहरुले सरकार गठन भएसँगै ल्याइएको पहिलो बजेटबाटै करोडौंको सवारीसाधन खरिद गरेको पाइएको छ। प्रदेश सरकार गठन भएपछि मन्त्रीलगायत उच्चपदस्थको सुविधाका लागि त्यस्ता गाडी खरिद गरेका हुन्।

केन्द्र सरकारले सवारीसाधनलाई विलासिताको साधनको रुपमा व्याख्या गर्दै अधिक कर लगाएको छ। तर सरकार आफैं पनि वार्षिक अर्बौंको सवारीसाधन खरिद गर्दै आएको छ। केन्द्रकै पदचाप पछ्याउँदै प्रदेश सरकार तथा स्थानीय तहहरू गाडी खरिदमा होडबाजी गर्दै आएका छन्। 

केन्द्रले आफ्ना मन्त्री, संवैधानिक निकायका अधिकारी, सचिव, सहसचिवसम्मका कर्मचारीलाई कस्तो सवारीसाधन सुविधामा दिने भन्ने स्पष्ट व्यवस्था गरेको छ। तर प्रदेश सरकार तथा स्थानीय सरकारले कस्तो सवारी सुविधामा लिने भन्ने स्पष्ट नियम बनाएका  छैनन्। त्यसैले प्रदेश सरकार र स्थानीय तहले करोड रुपैयाँभन्दा महँगा सवारीसमेत खरिद गरेका छन्। 

प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा पहिलो बजेट ल्याएका थिए। उक्त बजेटमा ठूलो रकम सवारीसाधनमा खर्च गरेका छन्। महालेखा परीक्षकको प्रादेशिक वार्षिक प्रतिवेदन २०७७ मा कुन प्रदेशका सरकारले कति रकमका सवारीसाधन खरिद गरे भन्ने उल्लेख गरिएकाे छ। आर्थिक वर्ष २०७५/७६ मा ६ वटा प्रदेश सरकारले १ अर्ब ३३ करोड ९९ लाख ८१ हजार रुपैयाँको सवारीसाधन खरिद गरेका छन्। यो रकम बागमती प्रदेश, प्रदेश १, प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले सवारीसाधन खरिदमा गरेको खर्च हो।

प्रदेश ५ को विवरण भने महालेखा परीक्षकले सार्वजनिक गरेको प्रतिवेदनमा स्पष्ट रुपमा उल्लेख गरिएको छैन। कार्यालयले प्रदेश ५ को मेसिनरी, औजार, फर्निचर तथा सावरीसाधन खरिदमा एकमुष्ठ रकम उल्लेख गरेको छ।

यस्तो छ प्रदेशले खरिद गरेका सवारीसाधनको रकमः 

बागमती प्रदेश 
बागमती प्रदेश सरकारले भने सवारीसाधन प्रयोगको मापदण्ड नै बनाएको छ। २०७४ चैत २९ को प्रदेश मन्त्रिपरिषद् बैठकले सवारी साधन खरिदसम्बन्धी मापदण्ड, २०७४ स्वीकृत गरेको थियो। स्वीकृत मापदण्डअनुसार महाशाखा प्रमुख/कार्यालय प्रमुखलाई बढीमा ३० लाख रुपैयाँसम्म (घ वर्ग)को सवारी साधन उपलब्ध गराउने व्यवस्था छ। 

प्रदेश मातहतका १३ निकायले आर्थिक वर्ष २०७५/७६ मा सवारी साधन खरिदमा २६ करोड ४७ लाख ७९ हजार खर्च गरेका छन्। यी सवारी साधनको इन्धन, मर्मतलगायतका खर्चलाई मध्यनजर गर्दा सवारी साधनको खर्च अझै बढ्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ। त्यसैले यस्तो खर्च कम गर्न मितव्ययिता अउनाउन महालेखाले सुझाव दिएको छ। 

Ncell 2
Ncell 2

कर्णाली प्रदेश
कर्णाली प्रदेश सरकारले बजेट वक्तव्यको अनुसूची-५ (खर्च शीर्षकगत व्यय अनुमान) मा आन्तरिक नगद स्रोतबाट १४ करोड ८५ लाख मूल्यका सवारी साधन खरिद गर्ने गरी व्यय अनुमान गरेको थियो। प्रदेश लेखा नियन्त्रक कार्यालयबाट प्राप्त पूँजीगत खर्चको विवरणअनुसार नेपाल सरकारको स्रोतबाट २२ करोड ४४ लाख ९६ हजार समेत ३४ करोड ५ लाख ४१ हजार रुपैयाँ मूल्यका सवारी साधन खरिद भएको महालेखाको प्रदेशिक प्रतिवेदनमा उल्लेख छ। 

कर्णाली प्रदेश सरकारले विनियोजन नगरी रकमान्तरबाट सवारी साधन खरिद गरेको देखिन्छ। यसरी सवारी साधन खरिद गर्दा सरकारको नीतिविपरीत हुने भन्दै महालेखाले यसरी गरिने खर्चमा नियन्त्रण हुनुपर्ने सुझाव दिएको छ। 

गण्डकी प्रदेश 
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा १५ करोड ७४ लाख ६८ हजार रुपैयाँको सवारीसाधन खरिद गरेको थियो। प्रदेश मन्त्रिपरिषद्बाट सवारी साधन खरिदसम्बन्धी मापदण्ड तयार गरे पनि सोको प्रभावकारी पालना नभएको महालेखाले जनाएको छ। 

सरकारी खर्चमा मितव्ययिता ल्याउन अत्यावश्यकबाहेक सवारी साधन खरिदमा नियन्त्रण गर्नुपर्नेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेशसभा सचिवालय, भौतिक पूर्वाधार विकास मन्त्रालयलगायतले कर्मचारी तथा पदाधिकारीले प्रयोग गर्न करोडौंको सवारी खरिद गरको हो। सवारी साधन खरिदमा १५ करोड ७४ लाख ६८ हजार रुपैयाँ खर्च गरेको र यस्तो खर्चमा मितव्ययिता ल्याउनु पर्ने महालेखाले औंल्याएको छ। 

प्रदेश १
आर्थिक वर्ष २०७५/७६ मा प्रदेश १ को प्रदेशसभा सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रालय, योजना आयोग, संसद सचिवालयले सवारी साधन खरिदमा ४२ करोड ६० लाख ९३ हजार रुपैयाँ खर्च गरेका छन्। प्रदेश १ सरकारले सवारीसाधनको कुनै मापदण्ड बनाएको छैन। यसरी सवारीसाधनका नाममा हुने करोडौं खर्चलाई मितव्ययी बनाउने पर्ने सुझाव महालेखाले दिएको छ। 

प्रदेश २
प्रदेश २ सरकारले आर्थिक वर्ष २०७५/७६ मा करिब २९ करोड रुपैयाँको सवारी साधन गरिद गरेको छ। यसरी खरिद गरिएका सवारी प्रदेशसभा सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रालय, नीति आयोग तथा मुख्यन्यायाधिवक्ताको कार्यालयले ३५ सवारी साधन तथा मोटरसाइकल खरिद गरेका हुन्। 

सवारीसाधन प्रयोगका लागि कुनै मापदण्ड नबनाई एकै वर्ष प्रदेश २ सरकारले २८ करोड ९८ लाख २५ हजार रुपैयाँ खर्च गरेको हो। यसरी खरिने खर्च नियन्त्रणका लागि प्रदेश सरकारले मितव्ययिता अपनाउनु पर्ने सुझाव महालेखाले दिएको छ। 

प्रदेश ५
प्रदेश ५ सरकारले भने सवारीसाधन खरिदको छुट्टै रकम देखाएका छैन। प्रदेशअन्तर्गतका ४ मन्त्रालय, प्रदेश लेखा नियन्त्रकको कार्यालय र प्रदेशसभा सचिवालयले वार्षिक खरिद योजना बिना २० करोड ७६ लाख ९९ हजार रुपैयाँका फर्निचर, मेसिनरी, औजार र सवारी साधन खरिद गरेको थियो। नियममा व्यवस्था भएबमोजिम वार्षिक खरिद योजना तयार गरी खरिद कार्य गर्नुपर्ने महालेखाले औंल्याएको छ। 

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा सवारी साधन खरिदमा ५ करोड ३१ लाख ४१ हजार खर्च गरेको थियो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रयोजनका लागि १ करोड ९८ लाख ५० हजार रुपैयाँमा २ सवारी साधन खरिद गरेको छ भने प्रदेश प्रहरीसम्बन्धी कानुन तर्जुमा नभएको र प्रदेश प्रहरी गठन नभएको अवस्थामा मन्त्रालयले ९ प्रदेश प्रहरी कार्यालयका लागि समेत गाडी खरिद गरेको थियो।

प्रदेश प्रहरी कार्यालयका लागि ३६ लाख ९९ हजारका दरले ३ करोड ३२ लाख ९१ हजार रुपैयाँमा ९ थान पिकअप गाडी खरिद गरिसकेको छ। कानुनबमोजिम कार्यालय गठन भई सञ्चालन नभएको अवस्थामा सवारी साधन खरिद गरी भुक्तानी गर्ने कार्य नियम सम्मत नदेखिएको महालेखा परीक्षकको प्रादेशिक वार्षिक प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७  ०७:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्