• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

परिवारवाद र गुटको दुष्चक्रमा कांग्रेस

64x64
भानु बोखिम मंगलबार, भदौ २, २०७७  ०९:५१
1140x725

दक्षिण एसियाको राजनीतिमा परिवारवाद अब नयाँ बिषय रहेन। लोकतन्त्रमा राजनीतिक दलको उपस्थिति अनिवार्य हुन्छ। दलको उपस्थिति तथा दलका नेताहरुबीच हुने आन्तरिक प्रतिस्पर्धाले लोकतन्त्रलाई सबल बनाउँछ भन्ने विस्वास गरिन्छ। तर लोकतान्त्रिक दलको विधान बोकेको राजनीतिक दलले परिवारवादका कारण निजी कम्पनीको स्वरुप ग्रहण गरेका छन्। परिवारवादमा फसेको राजनीतिक दलले लोकतन्त्रको जति नै दुहाई देओस्, आखिर ऊ जनताको नजरबाट ओझेल पर्दै जान्छ। यसको ज्वलन्त उदाहरण भारतीय राष्ट्रिय कांग्रेसलाई लिन सकिन्छ । 

भारत स्वतन्त्र भएपछि त्यहाँ कांग्रेस निर्वीकल्प राजनीतिक दल थियो । गान्धीको परिवारवादमा फसेको भारतिय कांग्रेस अहिले अति नै कमजोर देखिन्छ। कांग्रेस कमजोर भएपछि भारतमा प्रगतिशील विचार पनि मर्दै गएको छ। भाजपाको हिन्दु अतिवादले लोकतन्त्र र भारतको संविधानको उछितो काढिरहेकेा छ।

अर्कोतिर गान्धी परिवारले मात्र कांग्रेसको नेतृत्व गर्न सक्छ भने मनोविज्ञानले कांग्रेस अझ कमजोर बन्दै गएको छ। पछिल्लो लोकसभा निर्वाचनमा त्यहाँको कानुनी ब्यवस्था अनुसार १० प्रतिशत संसद संख्या पुर्‍याउन नसकेर गान्धीको कांग्रेस औपचारिक प्रतिपक्षी पनि बन्न सकेको छैन। 

स्वतन्त्रता आन्दोलनदेखि नै भारतीय कांग्रेससँग साईनो गाँसिएको नेपाली कांग्रेसमा पनि परिवारवादको मनोविज्ञान झाँगिदै गएको छ।

स्वतन्त्रता आन्दोलनदेखि नै भारतीय कांग्रेससँग साईनो गाँसिएको नेपाली कांग्रेसमा पनि परिवारवादको मनोविज्ञान झाँगिदै गएको छ। भारतमा कांग्रेस भनेकै गान्धी परिवार हो भन्ने मनोविज्ञानले काम गर्थ्याे। यो  मनोविज्ञान गान्धी परिवारका सदस्यमा मात्र थिएन। अधिकांस कार्यकर्ता पनि यही सोचबाट ग्रसित थिए।

नेपालमा पनि कांग्रेस भनेकै कोइराला हो भन्ने मनोविज्ञानले धेरै काम गर्‍याे। कोइरालाले मात्र कांग्रेसको उत्थान गर्छ भन्ने मनोविज्ञानको फाइदा उठाउँदै नेपाली कांग्रेसको नेतृत्व धेरै समयसम्म कोईराला परिवारको सदस्यहरुले गरे। यो आफैंमा परिवारवादग्रस्त मनोविज्ञान थियो। अहिले शेरबहादुर देउवा सभापति छन्। कांग्रेसका पुराना नेता देउवाले सभापतिमा दोहोरिने मनसाय राखेका छन् ।

देउवाकै समकालीन रामचन्द्र पौडेलमा पनि एक पटक सभापति हुने लालसा जिवित छ। तर यसपालि देउवा र पौडेलभन्दा पछिल्लो पुस्ताका तीन नेता पनि चर्चामा छन्-विमलेन्द्र निधी, प्रकाशमान सिंह र सशांक कोइराला। यी तीन नेताको चर्चा उनीहरुको योगदानभन्दा बढी पारिवारिक विरासतका आधारमा भइरहेको छ। साथै यी तीन नेता स्वंयकाे आत्मविस्वासमा पनि विरासतले धेरै काम गरेको छ।

नेपालमा जहानिया निरंकुश राणा शासन ढाल्न कांग्रेसले महत्वपूर्ण भूमिका खेल्यो। मातृकाप्रसाद, बिपी कोइराला, गणेशमान सिंहले ज्यानको बाजी थापेर लडे। राणा शासन ढलेपछि पनि प्रजातन्त्रको निम्ति यिनीहरुको जीवनले उत्तारचढाव र कष्ट भोगिरह्यो । राजा महेन्द्रले प्रजातन्त्र आएको १० बर्षमै जफत गरेपछि पञ्चायत ढाल्न फेरि बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधीले लडे। ०४६ सालको जनआन्दोलन सफल भएपछि गणेशमान सिंहले प्रधानमन्त्री हुन अस्वीकार गरेको कुरा चर्चामा थियो।

nimb
nimb
Ncell 2
Ncell 2

आजकल नेताहरु कांग्रेसको भूमिकामा हैन, कांग्रेसभित्र आफ्नो भूूमिकामा मात्र चिन्तित छन्। यो सोचमा ती नेताको मनोविज्ञान उच्च छ, जसको पिता पुस्ता नै कांग्रेसका प्रभावशाली नेता थिए। 

कांग्रेसभित्रको राजनीतिक दाउपेचमा महेन्द्रनारायण निधी प्रधानमन्त्री हुने हल्ला चल्यो। तर उनी प्रधानमन्त्री भने भएनन्। पुराना कांग्रेसी नेताहरुमा पनि प्रतिस्पर्धा देखिन्थ्यो। तर उनीहरुले पाटीको उद्धेश्यमा भने कटिबद्ध थिए। आफ्ना लागि पाटी भड्खालोमा परोस् वा भूमिकाहीन देखियोस् भन्दैनथिए। आजकल नेताहरु कांग्रेसको भूमिकामा हैन, कांग्रेसभित्र आफ्नो भूूमिकामा मात्र चिन्तित छन्। यो सोचमा ती नेताको मनोविज्ञान उच्च छ, जसको पिता पुस्ता नै कांग्रेसका प्रभावशाली नेता थिए। 

मेरो त पिता नै कांग्रेसका ठूला नेता थिए भन्ने मनोविज्ञान कांग्रेसमा जब्बर हुँदै गएको छ। यो मनोविज्ञानलाई फ्रेमिंग गर्नमा मिडीयाको भूमिका पनि उत्तिकै देखिन्छ। कांग्रेसमा यस्तो सोच निर्माण हुनुमा कार्यकर्ताको मनोविज्ञान र व्यवहारले पनि उत्तिकै भूमिका खेलेको छ। पछिल्लो महाधिवेशनमा महामन्त्रीका उम्मेद्वारमध्ये एक थिए गगन थापा। उनी युवा पुस्तामा चर्चित छन् भन्नेमा सन्देह छैन। उनले कांग्रेसको सिद्धान्त र योजना स्पस्टसँग राख्न सक्छन्। कांग्रेसको योजना र सिद्धान्तले अरुलाई प्रभाव पार्न सक्ने हैसियत पनि राख्छन्। जनतामा राम्राे प्रभाव छाड्न सफल गगनलाई कांग्रेसकै कार्यकर्ताले भने पत्याएनन्। उनी मत परिणामको हिसाबले कहाँ छोडिए कहाँ ? उसमाथि बिपीपुत्र सशांक कोइराला सजिलैसँग महामन्त्री जिते।

कांग्रेसमा सशांकको योगदान छैन भन्न मिल्दैन । तर गगनको तुलनामा योगदान र क्षमता दुवैमा सशांक पछि नै पर्छन्। सशांक महामन्त्री निर्वाचित हुनुमा बिपीपुत्र भन्ने मनोविज्ञानले काम गर्‍याे। बिपी कोइराला कांग्रेसका सँस्थापक नेता हुन्। कार्यकर्तामा सँस्थापक नेताका सन्तानले नै कांग्रेसको सबभन्दा बढी हित चाहन्छ र कांग्रेसलाई सबल बनाउँछ भन्ने विस्वास देखिन्छ। कार्यकर्ताको यस्तो मनोविज्ञान बुझेका प्रभावशाली तर दिवंगत नेताका छोराहरु आउँदो महाधिवेसनका लागि हौसिएका छन्। 

कांग्रेस लोकतान्त्रिक दल हो। यसले आफ्नो लोकतान्त्रिक विधान अनुसार कदम चाल्न बाध्य हुन्छ। पार्टीको विधानबमोजिम महाधिवेशन हुन्छ नै। पार्टीको आन्तरिक लोकतन्त्रका लागि कायकर्ताको मनोविज्ञानले कसरी काम गर्छ भन्ने महत्वपूर्ण हुन्छ। कार्यकर्ताले जनताले पत्याएको वा जनताको सामु कांग्रेसको योजना, सिद्धान्त र कार्यक्रम प्रभावकारी ढंगले राख्न सक्ने नेता चाहन्छन् वा कांग्रेसको समाजवादको घोकन्ते नारा फलाक्ने नेता? सभापति निर्वाचन भएपछि पाटीलाई चलायमान बनाउने र जनताको घरदैलोसम्म पुग्न सक्ने नेता चाहन्छन् वा अर्को महाधिबेसनसम्म विभागको निर्वाचन नगराउने वा गठन नगर्ने नेता? जो विरासतको आधारमा निर्वाचन लड्न खोज्दैछन् । उनीहरुमा कांग्रेसको सिद्धान्त र योजना प्रभावकारी ढंगले अगाडि राख्ने र सत्तारुढ नेकपालाई होसियारी गर्ने ल्याकत तुलनात्मक रुपमा कम छ ।  

आज पनि बहुमत कांग्रेस कार्यकर्ताले नयाँ नेतालाई पत्याएको देखिँदैन। परिणामत: कृष्णप्रसाद सिटौलाको उम्मेद्वारी वा समूह राजनीतिक च्याँखे थाप्नमात्र काम आउनेवाला छ।

 लोकतान्त्रिक पार्टीका बाबजुद कांग्रेसमा परिवारवाद मौलाउनुमा कोइराला परिवारको हात देखिन्छ। साथै परिवारवाद र गुटलाई पश्रय दिने नेताको योजनामा लालमोहर लगाउने कार्यकता पनि कम दोषी छैनन्। आज पनि बहुमत कांग्रेस कार्यकर्ताले नयाँ नेतालाई पत्याएको देखिँदैन। परिणामत: कृष्णप्रसाद सिटौलाको उम्मेद्वारी वा समूह राजनीतिक च्याँखे थाप्नमात्र काम आउनेवाला छ।

गगन थापाको वाककला वा कामले मतदाता प्रभावित भए पनि कांग्रेस कार्यकर्ताले नै पत्याउने छैनन्। कांग्रेस कार्यकर्ताको नजरमा गगन केन्द्रीय सदस्यका लागि मात्र उपयुक्त छन्। उनलाई पदाधिकारीको रुपमा कांग्रेसीजनले पत्याउन अझै धेरै बर्ष लाग्न सक्छ । विश्वप्रकाश शर्मा महाधिवेशनबाट निर्वाचित पदाधिकारी हुन्छन् भन्नेमा शंका छ। यी कुराहरु कांग्रेसी कार्यकर्ताको मनोविज्ञानले प्रतिविम्वित गर्ने तितो यथार्थ हो।

कांग्रेसीजनले लोकतान्त्रिक परिपाटीमा व्यक्तिको क्षमता वा निष्ठा परिवारसँग जोड्नु हुन्न भन्ने बुझ्न अझै धेरै समय लाग्ने देखिन्छ। कांग्रेसमा नेता त छन् तर समग्र कांग्रेसलाई नेतृत्व प्रदान गर्न सकेका छैनन्। गुट र परिवारवादको प्रभावमा पर्दै गएका कांग्रेसी कार्यकर्ताले आफ्नो सोच बदल्नु जरुरी देखिएको छ। कार्यकर्ताको सोच नबदलिएमा नेता त चुनिन्छ तर उसको पुरै कार्यकाल एक पक्षबाट अक्षम भएको आरोप खेप्नुमा बित्छ । यो भनेको कांग्रेसको रुख उजाडिँदै जाने प्रकृया हो। कांग्रेसी कार्यकर्ताले विवेक प्रयोग गर्ने बेला आएको छ जसले कांग्रेसको रुख स्याहार्ने राम्रो माली पाओस् ।  

कांग्रेसमा पहिले कोइरालावाद थियो। देउवाले कोइरालावाद वा त्यो समूहकाे वर्चस्व तोडे पनि गुटको प्रभावमा कांग्रेसलाई बलियो बनाउन सकेनन् । यसपालि गुटसँगै परिवारवादको मनोविज्ञानले पनि काम गरेको छ । गुट र परिवादको समिश्रणले कांग्रेसले बनाएको इतिहासलाई नै इतिहास बनाइदिन सक्छ। शीर्ष नेताले कांग्रेसको हित सोचेको खासै देखिएको छैन । यस्तो बेला कांग्रेसी कार्यकर्ताको विवेक प्रयोग महत्वपूर्ण छ। 
 

प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७  ०९:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भानु बोखिम
भानु वोखिम नेपाल लाइभका स्तम्भकार हुन्।
लेखकबाट थप
राजनीतिको ‘प्रचण्ड पीडा’
‘जातका कारण’ ज्यान गुमाएकी जनप्रतिनिधि मनाको कथा
ओलीको ‘अफर’पछि फेरिएको महन्थको मनोविज्ञान 
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्