• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

कुबेलाको सन्यास

64x64
सराेज तामाङ आइतबार, साउन ३२, २०७७  १९:३८
1140x725

काठमाडौं- भारतीय क्रिकेटर महेन्द्रसिंह धोनी क्रिकेटका महान खेलाडी मानिन्छन्। अझ भारतीय समर्थक र क्रिकेटरका लागि देवतासरह नै। पछिल्लो समय क्रिकेटमा गौण जस्तै देखिएका पूर्वकप्तान धोनीले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए। तर के यो सही समय हो?

सन् २०१४ को डिसेम्बरमा टेस्ट क्रिकेटबाट सन्यास लिएका पूर्वकप्तान धोनीले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए। ३९ वर्षीय धोनी लामो समयदेखि टिम बाहिर रहँदै आएका थिए। इंग्ल्यान्डमा गत वर्ष सम्पन्न विश्वकप क्रिकेटबाट नै उनी टिम बाहिर थिए।

सन् २०१४ मा बंगलादेशमा सम्पन्न टी–२० विश्वकपमा भारतलाई पराजित गर्दै श्रीलंकालाई उपाधि दिलाएर एकैपटक दुई खेलाडीले सन्यास लिए। ती दुई खेलाडी थिए, कुमार सांगाकारा र महेला जयबर्देन। सन् २०१५ मा अस्ट्रेलियाका कप्तान माइकल क्लार्कले आफ्नो देशलाई विश्वकप क्रिकेटको उपाधि दिलाएर सन्यास लिए।

टी-२० विश्वकपमा श्रीलंकासँग हार्दा होस् या २०१५ मा भएको एकदिवसीय विश्वकपको सेमिफाइनल नै किन नहोस्, आलोचनाको केन्द्रबिन्दुमा थिए, महेन्द्रसिंह धोनी। श्रीलंकासँग फाइनलमा पराजित हुँदा धोनीले अविजित ७ बलमा ४ रन बनाए। योसँगै धोनीको आलोचना सुरु भइहाल्यो। धोनीले अब क्रिकेटबाट बिदा हुनुपर्ने तर्क सुरु गरिहाले।

२०१५ को विश्वकप सेमिफाइनलमा अस्ट्रेलियासँग ९५ रनले पराजित हुँदा ट्रोल विराट कोहलीको बनेपनि आलोचनामा भने तत्कालीन कप्तान धोनी नै तानिए। आलोचकले माइकल क्लार्कको उदाहरण दिँदै धोनीले सन्यास लिनु पर्ने तर्कवितर्क राखे।

खस्किएको ब्याटिङ प्रदर्शन सुधार गर्न क्रिकेट विज्ञहरुले राय र सुझाव दिइरहेका थिए भने आलोचकहरु आलोचना गर्नै व्यस्त भइरहे। तर महेन्द्रसिंह धोनीले सन्यासभन्दा पनि खेल करिअरलाई निरन्तरता दिँदै गए। २०१९ मा इंग्ल्यान्डमा भएको विश्वकप क्रिकेटको उपाधि भारतलाई दिलाउने राम्रो अवसर थियो धोनीलाई थियव। तर त्यहाँ पनि असफल भएपछि झनै धोनीको आलोचना भयो।

सेमिफाइनल खेलमा धोनी ५० मा रनआउट भए। स्कोर त राम्रै थियो तर धोनीले ७२ बलको सामना गरेकाले नै भारतको पराजयको मुख्य कारण पनि धोनी नै भएको भन्दै समर्थकले नाराबाजी समेत गरे। धोनीको करिब ५ वर्षयता तारिफभन्दा पनि बढी आलोचनाका केन्द्रमा रहे धोनी। आलोचना अवधिमा धोनीको खेल पहिलेको भन्दा खस्किएको थियो। २०१९ विश्वकपपछि आर्मीमै रमाएका धोनीले आर्मीको विभिन्न तालिम समेत लिन भ्याए। विज्ञहरुले धोनीलाई यसअघि नै ठूला प्रतियोगिता तथा विश्वकप खेल्दै सन्यास लिन सुझाव नदिएका होइनन् तर उनी खेलिरहे।

Ncell 2
Ncell 2
nimb
nimb

न कुनै प्रतियोगिता, न कुनै सिरिज। कोरोना भाइरसले छताछुल्ल बनाएको बेला धोनीको एक्कासी सन्यास घोषणाले क्रिकेटमा रमाउनेहरुका लागि अचम्मित नै बनाएको छ। धोनीसँगै भारतीय क्रिकेट टिमका पूर्वखेलाडी सुरेश रैनाले पनि सन्यास लिए।

कीर्तिमानी पूर्वकप्तानको लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले कुनै अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट धोनीको बिदाइ गर्न सक्थ्यो। र गर्ने प्रचलन पनि छ। गांगुलीको बिदाइमा पनि भएको थियो, सचिनको सन्यासमा पनि। पूर्वकप्तान धोनी पनि क्रिकेटको स्मरणीय क्षण बनाउँदै सन्यासको बाटोमा जान सक्थे। तर धोनीले एक्कासी लिएको सन्यासले उनको स्मरणीय बिदाइलाई आफैले असफल बनाएका छन्। 

यसकारण धोनी महान्
धोनी त्यस्ता खेलाडी हुन्, जसको नाममा धेरै कीर्तिमान दर्ज भएका छन्। धोनीकै कप्तानीमा सन् २००७ सालमा पहिलो पटक आयोजना भएको टी-२० विश्वकपको उपाधि भारतले जित्यो। धोनी नायक ठहरिए। 

धोनीले आफ्नो कप्तानीमा टी-२० विश्वकपको उपाधिसँगै २०११ को एकदिवसीय विश्वकप र २०१३ को आइसिसी च्याम्पियन्स ट्रफिको उपाधि भारतलाई दिलाए। आइसिसीको तीनै वटा उपाधि दिलाउने धोनी एक्ला कप्तान हुन्। त्यसैले उनीमाथि सबैको सद्भाव छ, रहिरहन्छ।

Xtrem

Xtrem

सन् २०११ को विश्वकपको उपाधि भारतलाई दिलाउँदा तत्कालीन कप्तान धोनीको ठूलो भूमिका रह्यो। फाइनलमा श्रीलंकाविरुद्ध धोनीले अविजित ९१ रन बनाएका थिए। उनकै उत्कृष्ट प्रदर्शनमा भारतले विश्वकप जितेको थियो। विजयीभावसँगै धोनी सबैको प्रिय बने। सबैले जयजयकार गरे।

सन् २००४ मा राष्ट्रिय टिममा डेब्यू गरेका धोनीले ३५० एकदिवसीय खेलमा १० हजार ७७३ रन बनाएका छन्। यो क्रममा उनले १० शतक र ७३ अर्धशतक बनाए। ९० टेस्ट खेलमा उनले ६ शतक र ३३ अर्धशतकसहित ४ हजार ८७६ रन बनाए। त्यस्तै, टी-२० मा उनले ९८ खेलबाट १ हजार ६१७ रन बनाएका छन्।

धोनी त्यस्ता विकेटकिपर हुन्, जसले एकदिवसीय क्रिकेटमा १२० स्टम्पिङ गरेका छन्। अहिलेसम्म कुनै पनि विकेटकिपरले १ सयभन्दा बढी स्टम्पिङ गराएका छैनन्। 

धोनीले एकदिवसीय क्रिकेटमा पहिलो शतक सन् २००५ मा पाकिस्तानविरुद्ध बनाए। यो शतकले उनलाई उचाइमा पुर्‍यायो। परिचय स्थापित गराइदियो। पाकिस्तानविरुद्ध शतक हानेकाले पनि भारतीय फ्यानबीच धोनीको चर्चा थप बढ्यो। धोनीले १२३ बलमा १४८ रन बनाएका थिए।

२००५ मै धोनीले श्रीलंकाविरुद्ध शतकसहित १८३ रन को उच्च स्कोर बनाए। जुन रन उनको लागि एकदिवसीय क्रिकेट करिअरमा सर्वाधिक उच्च रन बन्यो। २१० बलमा १८३ रनमा अविजित भएपछि उनको चर्चा झनै चुलियो। सबैले भारतीय क्रिकेटका स्टार र प्रतिभावान खेलाडीको उपनाम दिन थाले। हुन पनि सौरभ गांगुली, राहुल ड्रबिड, सचिन तेन्दुलकरपछि भारतीय क्रिकेटको बिँडो थाम्ने नै उनी थिए। सबैको धरोहर।

धोनीले अहिलेसम्म २००७ मा दक्षिण अफ्रिकाविरुद्ध शतकसहित अविजित १३९, हंकङविरुद्ध २००८ मा १०९, अस्ट्रेलियाविरुद्ध २००९ मै १२४ रन र सन् २००९ मै श्रीलंकाविरुद्ध १०७ रन बनाए। त्यस्तै, उनले शतक बनाउने क्रममा सन् २०१० मा बंगलादेशविरुद्ध १०१, सन् २०१२ मा पाकिस्तानविरुद्ध अविजित ११३, अस्ट्रेलियाविरुद्ध २०१३ मा अविजित १३९ रन र २०१७ मा इंग्ल्यान्डविरुद्ध १३४ रन बनाए।

धोनी कप्तान मात्रै थिएनन्, भारतीय क्रिकेटका अभिभावक पनि थिए। सबैलाई समेटेर उनी अघि बढ्थे। 'कुल' कप्तानको परिचय बनाएका उनले नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्दै सन् २०१७ मा एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको कप्तानबाट सन्यास लिए। लामो समय आफ्नै पथमा डोर्‍याएका विराट कोहली कप्तान बने। विराट कप्तान बनेपनि धोनीले टिमबाट खेल्दै साथ र सहयोग गर्दै गए। तर अब विराटले धोनीको साथ र सहयोग मैदानभित्र पाउने छैनन्।

प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७  १९:३८
  • #धोनी
  • #dhoni

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाड क्रिकेटमा स्वर्ण पदक शनिबार भएको फाइनलमा भारतले दिएको २१२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९२ रन मात्रै बनाउन सक्यो । शनिबार, असोज १७, २०८३
लिग २ का लागि टिम घोषणा, कुशल भुर्तेल बाहिर क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यिय टोलीको घोषणा गरेको हो । शुक्रबार, असोज १६, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने आईसीसी एकदिवसीय विश्वकप २०२७ को खेलतालिका सार्वजनिक भएसँगै भारत र पाकिस्तानबीच हुने बहुप्रतीक्षित खेलको मिति पनि तय भएको छ। शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
रास्वपाले देशभर ‘हामी आउँदै छौँ’ अभियान चलाउने शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
कांग्रेस महाधिवेशनमा जाँदै हुनुहुन्छ? यहाँ गर्नुहोस् सवारीसाधन पार्किङ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्