काठमाडौँ –हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजको दोस्रो खेलमा कुवेतले नेपाललाई १ सय ८६ रनको बलियो लक्ष्य दिएको छ । टस जितेर पहिलो बलिङ रोजेको नेपालविरुद्ध कुवेतले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनाएकाे हाे ।
कुवेतका लागि ओपनर क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए । उनले ३० बलमा चार चौका र २ छक्का प्रहार गरेका थिए । मिट भवसरले २८ बलमा चौका र २ छक्का हानेर ३५ रन बनाए। बिलाल तहिरले ३२, रविजा सान्दरूवनले २६ र उसमान पटेलले १३ रन बनाए ।
बलिङतर्फ नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए । नन्दन यादवले दुई तथा ललित राजवंशी र कुशल भूर्तेलले एक–एक विकेट लिए । सिरिजको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले हराएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।