प्रतीकात्मक तस्बिर
काठमाडाैं- देशको सुरक्षाको प्रमुख दायित्व बोकेका नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ३६९ पुगेको छ। हाल देशभर ३६९ प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।
कार्यालयका प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले ३६९ संक्रमितमध्ये १४९ प्रहरी निको भएर घर फर्किसकेको र २२० कर्मचारीको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए।
कोरोनाको सक्रिय संक्रमितमध्ये प्रहरी प्रधान कार्यालयका ११६, काठमाडौँ उपत्यकाका १४, प्रदेश नं १ का २१, प्रदेश नं २ का ३६, बागमती प्रदेशका दुई, गण्डकी प्रदेशका १९, प्रदेश नं ५ का ११ र सुदूरपश्चिम प्रदेशका एकजना छन्। कर्णाली प्रदेशका भने सबै प्रहरी निको भएर घर फर्किसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।