• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

उपन्यास पढेर गाली या माया गर्न सक्नुहुन्छ तर बेवास्ता गर्न सक्नुहुन्न : सरला गौतम [उपन्यास वार्ता]

64x64
प्रजु पन्त मंगलबार, साउन २७, २०७७  १५:५८
1140x725

पत्रकरिताबाट लेखकीय जीवन आरम्भ गरेकी सरला गौतम सामाजिक सरोकारका विषयमा आलोचनात्मक टिप्पणीकार हुन्। अखबारका स्तम्भमा उनी सामाजिक र राजनीतिक मुद्दाहरूमाथि केन्द्रित रहेर अभिव्यक्त हुने गर्छिन्। उनै गौतम ‘डुमेरो’ उपन्यास लिएर पाठकमाझ आएकी छन्। यो उपन्यासले सानो सहरमा हुर्किएकी एउटी किशोरीले ठूलो संसारमा प्रवेश गर्दैगर्दा पहिचान खोज्दाको कथानकलाई अंगालेको छ। लेखन अनुभव र उपन्यासमा आधारित भएर उपन्यासकार सरला गौतमसँग नेपाल लाइभकी प्रजु पन्तले गरेको कुराकानीको सम्पादित अंश: 

के छ हालखबर? 
ठिकै छ। 

किताब बजारमा गयो हलुका महसुस भएको होला है?
हलुका नै भनौँ न। पाठकको प्रतिक्रिया सुनिरहेकी छु। 

लकडाउन भएको बेला किताब  बजारमा जाँदा केही असर पर्छ की भन्ने डर लागकाे थियाे?
सुरुमा पुस्तक बजारमा जाने भनेपछि लकडाउनको बेला छ, के पो हुने होला भन्ने त भयो। यस्तो बेलामा माहोल छैन, के बजारमा पठाउनु जस्तो पनि लागेको थियो। तर आफ्नो मनलाई झाक्दै लगेँ। आफ्नो जन्म महिना पनि पर्‍यो। हरियाली मौसम पनि। जसै सुरुमा पुस्तक बजारमा जाँदा के होला भन्ने हल्का संशय थियो। पाठकहरूको प्रतिक्रियाले त्यो संशय पनि हटाइदिनुभयो। 

तपाईं आफैंलाई चाहिँ कस्तो लागेको छ यो किताब?
आफूले बाँचेको कथा हो। हाम्रो समयमा हामीले बाँचेको सत्य हो। यसलाई स्वीकार गरे पनि अस्वीकार गरे पनि सत्य हो। मन पराए पनि हो मन नपारए पनि। मन पनि पराउन सक्नुहुन्छ। मन नपराउन पनि सक्नुहुन्छ। गाली पनि गर्न सक्नुहुन्छ। माया पनि गर्नसक्नुहुन्छ तर  बेवास्ता गर्न सक्नुहुन्न।

किताबको प्रतिक्रिया कस्तो आइरहेको छ त?
बजारमा किताब गएको बल्ल एक हप्तामात्रै भयो। परिस्थिति कस्तो छ भन्नै परेन। त्यसमाथि नेपाली पुस्तक बजार ८-१० वर्षदेखि राम्रो छैन। यति हुँदाहुँदै पनि संसारभरबाट प्रतिक्रिया पाइरहेको छु। सुरुवाती प्रतिक्रिया राम्रो छ। 

धेरै जनाले आफ्नो जीवनसँग जोड्नुभएको छ। केही पाठकले यो युगको आवाज बोल्यो भनी उपन्यासमाथि गजल, कविता बनाएर मेरो फेसबुक टाइमलाइन र म्यासेन्जरमा पठाउनुभएको छ। नामै त नभनौँ तर एक जना पाठकको प्रतिक्रिया मलाई औधि मन पर्‍यो। उहाँले लेख्नुभएको थियो, ‘यो समयको कहानी हो, हाम्रो पुस्ताको कथा हो। कुनै व्यक्तिकाे छुट्टै हैन। हाम्रो समयको कथा हो।’ जे होस् पाठकले आफ्नो जिन्दगीसँग जोडेर हेर्नुभएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

एउटा आग्रह भनौँ या पूर्वाग्रह बजारमा के पनि छ भने सरला गौतम खुनखार नारीवादी हो। यो किताब पनि नारीवादी नै त होला भन्ने सोच्नेहरू पनि छन् पढिसकेकाहरूले यसबारे के भन्नुभएको छ?
नारीवाद भनेको तपाईंको र मेरो मात्रै कुरा गर्ने अथवा नारी-नारीको मात्रै कुरा गर्ने होइन नि त। प्रकृतिको कुरा गर्ने, न्यायको कुरा गर्ने, समानताको कुरा गर्ने, संघर्षको कुरा गर्ने, खुसीको पनि कुरा गर्ने, प्रेमको पनि कुरा गर्ने हो।

जति पनि संसारमा वादहरू छन्, नीतिनियमहरू छन् त्योभन्दा माथि उठेको समुद्रजस्तो, आकाश जस्तो चिज हो, जसमा सबै अटाउँछन् पनि। त्यसैले मेरो किताबमा उमेर समुहको पनि विविधता छ।  केटाकेटी दुवै पात्र सशक्त छन्।  त्यसैले त पाठकहरूले त्यसमा आफूलाई ‘रिलेट’ गर्नुभएको छ। यहाँभित्र नारीवाद पनि छ। नारीवाद भनेको कुनै छुट्टै किनारामा हिडेर कर्मकाण्ड गर्ने, यो लगाउने, यो खाने यो नखाने भन्ने होइन। कर्मकाण्डी बहस हैन। न्याय, समानता, संघर्ष, प्रेम। सपनाहरूको पनि नारीवाद हो। यदि यी कुराहरू गर्नु नै नारीवाद मान्नुहुन्छ भने त यो उपन्यास नारीवादी छ। 

डुमेरो नाम कसरी राख्नु भयो? यसको कारण के हो?
म सानैदेखि घुम्न मन पराउथेँ। विद्यालय जाउ, घर आउ, काम गर, यतिमै सीमित गर्न चाहँदिनथेँ। बेलाबेला दशैँतिहारका नयाँ नयाँ लुगा लगाएर घुम्न निस्कन्थेँ। म घुमेर आएपछि बाले कता डुमेरो लगाएर आइस् भन्नुहुन्थ्यो। यो शब्दले बुबालाई पनि आदर भयो। 

अर्काे कारण मेरो करिअर नै यात्रासँग जोडियो। यात्राले नै पत्रकारितामा डोर्‍यायाे। त्यो यात्रा पत्रकारितामा लगाएको हुनाले देशै डुमेरो लगाएँ। त्यसैले डुमेरो भन्ने शब्दसँग आफूलाई एकदमै धेरै नजिक पाएँ। यो किताबको पात्र पनि भौतारिइरहन्छ। एक किसिमले भन्ने हो भने हाम्रो जीवन पनि घुमिरहेको भौतारिइरहेको हुन्छ।

यो वर्ष झन् आर्थिक अवस्था तरल छ कोही स्थिर भएर बस्न पाउँदैन। हाम्रो जीवनमा यति वर्षमा यस्तो गर्छु उति वर्षमा यस्तो गर्छु भनेर सोचे जस्तो हुन्न। डुमेरो लागिरहेको हुन्छ। एक दिनमा नै एक हप्तामा नै एक महिनामा नै जीवनको कति धेरै डुमेरो लगाउँछ। यसरी हेर्दा यो उपन्यासलाई बिम्बका रूपमा पनि प्रयोग गरेकी हुँ। यसको शाब्दिक अर्थमा पनि बुबाले भनेको कुराले पनि। मेरो स्वभाव बन्धन मन नपराउने भएकाले पनि। 

डुमेरो शब्दसँग त पहिलेदेखि नजिक हुनुहुँदो रहेछ। लेखनसँग चाहिँ कहिलेबाट?  
पहिला त रेडियोमा काम गर्थेँ। स्कुलमा पढ्दादेखि नै मेरो लेखन राम्रो थियो। मेरो साथीहरू र गुरुहरूले पढेर सुनाउनु हुन्थ्यो। सायदै बच्चैदेखि लेखकको गुण थियो कि। मिडियामा आएँ। कर्णालीतिर गएर आएपछि रेडियो छुट्यो। लेखन सुरु भयो। विशेष योजना बनाएर लेखक भएको होइन। जब लेख्न थालेँ पछाडि फर्कन परेन। 

‘डुमेरो’ लेख्दा कति अध्ययन गर्नुभयो?
यस उपन्यासमा आफ्नो पुस्ताको संघर्षको कुरा लेखेकी हुँ। सानो ठाउँबाट ठूलो ठाउँमा सघंर्ष गर्दा कुन विन्दुबाट सुरु गरिन्छ। आफूले आफूलाइ शून्यबाट खोजिन्छ। भोकै, प्यास, निद्रा, खोज्दै हिँडिन्छ। अन्वेषण नै आफूतिर गरेँ। पत्रकार भएका कारण धेरै यस्ता संघर्षशील पात्रहरूसँग भेट हुन्थ्यो।

अभिनेत्रीसँग तीन महिना बिताएँ। मतलव भुवन चन्ददेखि रेखा थापासम्मको सबैका कुरा सुनेँ। मलाई उहाँहरूको कुरा सुनेपछि के लाग्यो भने हाम्रो क्षेत्र मात्रै फरक रहेछ। आफूलाई खोज्दा भोगाइ, प्यास, गरिबी, अनश्चितता समान हुँदोरहेछ। बलिउडतिरको मान्छेहरू हेरेँ। युट्युबमा हेरेँ। बन्दना शिवादेखि सबैको। भेराइटी अध्ययन गर्न रुचाउँछु। सर्वाङ्गीण मानिसको जीवनलाई खोजेँ, डुलेँ। म कुनै पनि पात्रलाई क्याटागोराइज्ड गर्दिनँ सबैको जीवनको आआफ्नै दर्शन हुन्छ। यहाँ भएका अधिकांश पात्र मेरै वरिपरिका हुन्। कुनै पात्र सँग त चिया खाएकी छु। 

यति धेरै पात्रसँगको सामीप्यता भएपछि त गैर-आख्यान लेखेको भएपनि हुन्थ्यो नि?
गैरआख्यान लेखेको भए पनि हुन्थ्यो। मधेसको पात्र वार्तालापको वाक्यांश पनि फरक छैन। गैरआख्यान लेखे जस्तो लाग्छ। दन्त्य कथा जस्तो आफैले भोगेको पनि जिन्दगी हामीले जीवनले बाँचेको अंश हो। हामीले बाँचेको आवाज पनि हुनुपर्‍यो। आख्यान भनेको स्वैरकल्पना त होइन। यही समाजको कथा न हो।

आख्यान र गैर-आख्यान मलाई दुवै पढ्न मन पर्छन्। अरुको कथामा मैले सहभाव त देखाउन सक्छु। म आफैँलाई भेट्टाउन सक्दिनँ नि। मैले मेरो समयमा बाँचेको पात्रहरूलाई म आफैलाई भेट्टाउन पनि कथा लेख्नु थियो। यथार्थ जीवनका कथाहरू लेखेँ। आख्यान लेख्न मज्जा पनि भयो नि।

आख्यानमा कल्पनाको क्यानभासमा खेल्न पाइयो। आफैँ ब्रह्माजी जस्तो भइयो। पात्रहरू हिँड्छन् बोल्छन्। कहिलेकाहीँ न्यास्रो लाग्यो भने उपन्यासको पात्र संसारभित्र पसेजस्तो पनि भयो। 

उपन्यास कि प्रमुखपात्र सोनम चलचित्र क्षेत्रमा संघर्षश‍ील पात्र हो। विषयवस्तु छनौट गर्दा  चलचित्र क्षेत्र नै किन रोज्नुभयो?
समाजशास्त्रीको कथा, नर्सको कथा पनि खोज्न सक्थेँ। पत्रकारको पनि खोज्न सक्थेँ। हिरोइनकै किन रोजेँ भने अन्य पेशामा चरित्रको कुरा जोडिएर आउँदैन। फलानो पत्रकार मेरो सपनाको केटी हो घुम्न जाने भन्न सक्दैन। हिरोइनका केसमा चैँ लेख्न सक्छ। उनीहरूलाई एउटा वस्तु जस्तो गरेर हेर्ने उनीहरूको जीवन भित्रको बौद्धिकता दर्शन त्यसलाई त हामीले खोतलेर हेरेको रहेनछौँ।

जब मैले उनीहरूसँग कुराकानी गरेर हेरेँ। सघंर्ष हाम्रो जस्तै छ। राम्रा राम्रा कुरा चम्किलो अनुहार देखिने मात्रै हेर्दा रहेछौँ। जब मैले उनीहरूलाई नजिक बाट हेरेँ। आफ्नो आत्मा उनीहरूमा भेटाएँ। उनीहरूले गर्नुपर्ने थप संघर्ष पनि थाहा पाएँ। सधै राम्री हुनुपर्ने। ट्रोल पनि खप्न सक्नुपर्ने। जिन्दगीको आयाम पनि रङ्गिन देखेँ। संघर्षलाई कसैले पनि कुरा गर्दैन। अलिकति केही भयो भने चरित्रमा लगेर जोडिन्छ। मलाई आदार प्रकट गर्न पनि हिरोइन प्रमुख पात्र बनाएको हो। 

पात्र छनौट चाहिँ कसरी गर्नुभयो?
प्रायः मैले आफैले देखेका संगत गरेका पात्र हुन्। कुनै कल्पना पनि गइनँ। डिस्को, भन्ने पात्र, पुनम भन्ने। तराईको पात्र पनि त्यस्तै सुप्रिया जस्तो कल्पना गरेर पात्र खडा गरेको हैन। यी पात्रहरू देखिरहेका, भेटिरहेका, ठोकिरहेका र  बाँचिरहेको पात्रहरू हुन्। 

उपन्यासको दुई पात्र सोनम र सुप्रियाको पात्र घरि तपाईं नै हो की जस्तो लाग्ने। के यी पात्रमाथि लेखक हावी भएको हो?
हो। 

लेखक हावी हुँदा पात्रलाई न्याय भयो त?
सुरुमा लेख्न बस्दा पात्रलाई आफूबाट टाढा राखेँ। पछि सोचेँ आफूबाट पात्र टाढा राख्न हुन्न। हामी भन्छौँ नि, तपाईंको कुन उपन्यास कुन कथाको कुन पात्र आफूमा पाउनुहुन्छ? म यो जस्तो हुन चाहन्छु भन्छौँ होइन र? म आफैले खडा गरेको पात्र मसँग तुलना गर्दा किन डराउने?

मैले लेख्दै जाँदा महसुस गरे जति पात्र म सँग नजिक आयो त्यति खुल्यो। सुप्रिया र सोनम पात्रमा बाँडिएकी छु कि जस्तो लाग्छ। सुप्रियाजस्तो अन्याय नसहने, अन्याय देखेँ भने रगत तातिहाल्छ। अर्काे कुरा म अलि इमोसनल छुने, रुने जस्तो निर्मला हत्याकाण्ड हुँदा पनि रोएकी थिएँ। म यो किताब तयार पार्दै गर्दा पनि कति ठाउँमा रोएकी हुन्छु। यस्तै भावानाले गर्दा दुवैमा मैले आफूलाई बाँडे होला। 

मलाई थाहा छैन उपन्यास कस्तो लेखिनुपर्छ। सुरुवात, मध्य-अन्त्य यस्तो हुनुपर्छ भन्ने पूर्व मान्यतासँग खास सरोकार राख्दिनँ। सरोकार राख्नु भनेको तिम्रो जीवन यस्तो हुनुपर्छ भने जस्तै हो। पूर्वमान्यतालाई नमानेको जीवनलाई जीवन नै हैन भन्छौँ मलाई यो कुरामा विश्वास लाग्दैन। तपाईंले भनेजस्तो मेरो नहुन पनि सक्छ। चाहेजस्तो जीवन नहुन पनि सक्छ जे कुरा पनि हुन सक्छ  त्यसलाई 'अर्काइभ' गर्न चाहन्थेँ। उपन्यासमार्फत् गरियो। 

कुन पात्र लेख्दा सहज भयो? कुन पात्र लेख्दा असहज भयो?
सोनमको पात्र सिनेमाको पात्र भयो। ममा कहिले पनि हिरोइन हुने भन्ने सोचाइ आएन। त्यहाँनिर हिरोइन हुन कुन बिन्दुबाट मन लाग्छ भन्ने सोच्दा चैँ अलि बढी कसरत गर्न पर्‍यो। सिनेमा क्षेत्रको कुरा लेख्दा मेहनेत पर्दथ्यो। सुप्रिया लेख्दा परेन। म ल्याङफ्याङे छु। आफ्नो पेसा भयो। केटाहरूको पात्र लेख्दा पनि गाह्रो भएन। दाजुभाइ बुबाहरू सँग हामी धेरै नै घुलमिल भयौं। अन्य केटासाथीहरूसँग पनि केटी साथीहरूसँग जस्तै गहिरो मित्रता छ त्यसैले गाह्रो परेन। 

उपन्यासमा कतिपय पात्रहरू आफैसँग मिल्छन् भन्नुभयो। यो उपन्यासमा पनि बुबा सँग एट्याचमेन्ट आमासँग भन्दा बढी नै  देखाइरहनुभएको छ। तपाईं आफू पनि बुबासँग नजिक हुनुहुन्छ?
(हास्दै...) हाम्रो बुबा अलि केयरिङ हुनुहुन्छ। वास्तविक जीवनमा पनि म बुबासँग नजिक छु। यसको अर्थ आमासँग नभएको होइन।

भनेपछि तपाईंको लेखाइमा बुबाको प्रतिक्रिया राम्रो होला है?
एकदमै। नम्रताको भिडियोको सनसनी चर्चा भयो। मैले नम्रताले भिडियो खिच्न पाउनुपर्छ भनेर उसको पक्ष लिएर लेखेँ। व्यक्तिगत त्यो पत्रिकाले छाप्ने? पत्रकारले लेख्ने? पत्रिका र पत्रकार भल्गर हो। यो हिंसा थियो। छापियो। जब मैले नम्रताको पक्ष लिएर लेखेँ। बुबाले मात्र हैन। मेरो घरको पुरुष पात्र सबैले बधाइ दिनुभयो। मलाई सबैभन्दा कन्जभेटिभ मानेको पुरुष काकाले पनि बधाइ दिनुभयो। यो देशको खतरा-खतरा 'फेमिनिस्ट' भन्दा पनि उदार हुनुहुन्छ मेरा घरका बुबादाजुभाइहरू। 

तपाईंको लेखाइमा अध्यात्म, दर्शन, लैंगिकता, यौनिकता, वातावरण र गरिबीको कुरा आउँछ। सबैकुराको संयोजन कसरी गर्नुहुन्छ?
जीवन नै त्यस्तै हो। हाम्रो जीवन नै अध्यात्म दर्शन लैंगिकता, यौनिकता, वातावरण, गरिबी सबैसँग जोडिएको हुन्छ। उपन्यास पनि यही समाजको कथा आउने भएपछि यी कुराहरू जोडिने नै भयो। 

संघर्षशील हिरोइन पात्रलाई उधिन्नुभएको छ। तर हिरोइनहरू निर्देशकबाट यौनहिंसामा परेको हुन्छन् भनिन्छ। तर तपाईंले यो विषयलाई जति अरु विषयलाई स्थान दिनुभएको छ। त्यति दिनुभएन नि?
किन हिरोइनलाई लुटेको मात्र चित्रित  गर्नै? एक त आइमाइमा बुद्धि हुन्न भन्छन्। चलचित्र क्षेत्रमा धेरै कुराहरू छन्। यौन शोषणको मात्रै टिप्नु पर्छ भन्ने छ। निशा अधिकारी, ऋिचा शर्माहरू हेर्नुस्। हाम्रो हिरोइनहरू बौद्धिक छैनन् र? सबल पक्ष र बौद्धिकता हेरेको हो। ओठ र तिघ्रा मात्र देख्ने? अनेक व्यक्तित्व देख्नुपर्‍यो नि।  जीवनको कुरा सोध्न पर्‍यो। फिल्मी पत्रकारहरू आग्रह-पूर्वाग्राह राख्ने? सधैं  दायाको पात्र बनाउने? त्यही भएर बाहिर चलेको आग्रह-पूर्वाग्रह भन्दा पनि उनीहरूको सपनामा गएर डुबुल्की जुन कुराले मनमा गढ्यो। त्यही विषयवस्तुलाई उठाएको हो। 

फिल्मको विषयवस्तुमा तपाईंको गहिरो असहमतिलाई उपन्यासमार्फत उठाउनुभएको छ। अहिले पनि उस्तै हो?  
जहिले पुरातन कथा ल्याउने? हिरोइनलाई कमजोर बनाउने? पछिल्लो समय सुधारोन्मुख छन्। 

तपाईंले फिल्मी पत्रकारमाथि प्रहार गर्नुभएको छ। उनीहरूले हिरोइनमाथि हिंसा गरेको भन्नुभएको छ। कतिपय फिल्म पत्रकार साथीहरूले गसिप नबुझ्नेले विरोध गरेको यति पनि सहन नसक्ने भए किन हिरो-हिरोइन बन्न परेको भन्ने कुरा गर्नुहुन्छ। तपाईंले त्यही गसिपलाई किताबमा उछाल्नुभएको छ। पत्रकारले गम्भीर समाचार मानेका हुँदैनन् भने किन टाउको दुखाइ?
गसिप लेख्न पाइन्न।

किन?
आलोचना गर्न पाइन्छ। ट्रोल बनाउन पाइन्न। मूलधारमा स्टोरी लेख्न सकिन्न। यस्तो गसिप लेख्नेलाई भन्छु ‘लाज लाग्दैन गसिप लेख्न?’ कमेडी गर्न आउँदैन।
गसिप लेखेपनि उसको के खान मन पर्छ? के लाउन मन पर्छ? भन्ने कुरा लेख्न सकिन्न। सम्बन्ध र चरित्र सँँग जोड्ने गसिप लेख्नेहरूले हिंसा गरिराखेका छन्। सेक्सी कुरा लेखेर बिकाउने? गुदो छैन अनि घटिया पत्रकारिता गर्ने?

पत्रकारीता गर्नुस् हिंसा लेखेर नबस्नुस्। श्रीसा कार्कीको गसिप हो? उसको ज्यान त गयो त? नम्रताको गसिप लेख्ने हो? म भन्छु सम्बन्ध र चरित्रसँग जोडेर लेख्नेविरुद्ध कानुनी कारबाही सुरु गर्नुपर्छ। 

फिल्म पत्रकारिताले सम्बन्ध र चरित्रलाई जोडेकोमा तपाईंको विमति हो?
हो। कोही ११ घण्टा घाम पनि नभनी काम गर्छ। त्यो संघर्षका कुरा छैन। राती एक गिलास वाइन खाएर गफ गर्दा त्यसैलाई 'इस्यू' बनाउने? यो त नौटंकी/ढोँगी हो। 

अन्त्यमा अर्काे पुस्तक गैरआख्यान निकाल्नुहुन्छ?
हो। 

तयार भइसक्यो कि?
(हास्दै) भएको छैन। 

भिडियो

प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७  १५:५८
  • #सरला-गौतम
  • #डुमेरो
  • #उपन्यास-वार्ता

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
‘बीपी र विद्रोहका ती दिन’ मार्फत धर्म गौतमले सुनाए राजनीतिक यात्राका अनुभव काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच नेपाली कांग्रेसका नेता धर्म गौतमको राजनीतिक संस्मरण ‘बीपी र विद्रोहका ती दिन’ लोकार्पण गरिएक... मंगलबार, भदौ २, २०८३
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्तिको विषय विवादित बनेको छ। प्रतिष्ठानको कुलपतिमा सरकारले विवादित साहित्यकार कुमार नगरकोटीलाई... शुक्रबार, साउन २९, २०८३
तीनवटा प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व, को कहाँ नियक्त भए सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुमार नगरकोटी, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा ब्रजेश खनाल र ललितकला प्रज्ञा प्रतिष्ठानमा एर... शुक्रबार, साउन २२, २०८३
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्