प्युठान- साइकलबाट खस्दा प्युठानको माडीखोलामा शनिबार दुई बालक बेपत्ता भएका छन्। जिल्लाको स्वर्गद्वारी नगरपालिका-७ सोत्रे निवासी सञ्जय पार्धेका छोरा अन्दाजी ११ वर्षीय सञ्जोक र गोपाल गौतमका छोरा अन्दाजी १० वर्षीय विपीन बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।
उनीहरु दुवै घर नजिकैको सडकमा साइकल चलाउँदै गर्दा सोत्रेढिकबाट करिब १ सय मिटर तल माडीखोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए।
प्रहरी र स्थानीयवासीबाट उनीहरुको खोजी भइरहे पनि रात परेका कारण खोजीमा समस्या भएको जनाइएको छ। खोजीकार्य आइतबार पनि जारी रहने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।