काठमाडौं- विदेशमा अप्ठ्यारोमा परेका १३ सय १३ नेपाली बुधबार स्वदेश फर्किएका छन्। साउदी, कतार, युएईलगायत मुलुकबाट विभिन्न ८ उद्धार उडानमार्फत उनीहरु स्वदेश फर्किएका हुन्।
बुधबार नै साउदीबाट दुई वटा शवसमेत ल्याइएको त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलले जनाएको छ।
बिहीबार विदेशमा अलपत्र नेपालीहरुको स्वदेश फिर्तीका लागि १३ वटा उडानतय गरिएको छ। ती उडानमार्फत साउदी, कतार, युएई, मलेसियालगायत मुलुकमा कोरोनाका कारण अप्ठ्यारो परेका नेपालीहरु स्वदेश फर्काइने तालिक तय गरिएको हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।