काठमाडाैं- मंगलबार साँझ लेवनानको बेरुतमा भएको शक्तिशाली विष्फोटमा नोपलीहरु परे/नपरे बारेमा कुनै जानकारी आइनसकेकाे लेबनानस्थित अवैतनिक वाणिज्यदूतले जनाएका छन्।
विष्फोटको पूर्ण विवरण तथा राष्ट्रियताका आधारमा मानवीय क्षतिको विवरण नखुलाइएकाले नेपालीहरु छन् वा छैनन् भन्ने सम्बन्धमा स्पष्ट नभएको अवैतनिक वाणिज्यदूत मोहम्मद गौज्यलले बताए। ‘हाम्रो जानकारीमा आएअनुसार विष्फाेट भएको बन्दरगाहमा कुनै पनि नेपाली कार्यरत छैनन्,’अवैतनिक वाणिज्यदूत गौज्यलले नेपाल लाइभसँग भने।
यस सम्बन्धमा थप विवरण आएपछि जानकारी गराउने उनले बताए। बेरुतमा निकै शक्तिशाली विष्फाेट भएको थियो। बेरुतको तटीय क्षेत्रस्थित बिस्फोटक पदार्थ राखिएको गोदाममा भीषण बिस्फोट हुँदा कम्तिमा पनि ७० जनाकाे मृत्यु हुनाको साथै ४ हजारभन्दा बढी घाइते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।