काठमाडौं- तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्दैछ।
बैठक पहिलो पटक बस्न लागेको हो। जसपाको केन्द्रीय कार्यकारिणी समितिका ५१ जना सदस्य छन्।
बैठक बुधबार दिउँसो १ बजेदेखि बालकुमारीस्थित तुलसीलाल प्रतिष्ठानको हलमा बस्नेछ।
बैठकमा नेताको जिम्मेवारी र कार्यविभाजन तोकिने लगायतका काम हुने नेता केशव झाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।