• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

गोदावरीको वन अतिक्रमण अझै नियन्त्रण हुन सकेन

देशभरि कुल वन अतिक्रमणमध्ये कैलालीमा २१ प्रतिशत, राजधानी तोकेपछि वन तथा सडक किनारा अतिक्रमण बढ्यो
64x64
शेरबहादुर ऐर मंगलबार, साउन २०, २०७७  ०८:२३
1140x725

धनगढी–सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी नगरपालिकामा वन अतिक्रमण अझै नियन्त्रण हुन सकेको छैन। चार महिनाअघि हटाइएका घर टहरा सो क्षेत्रमा पुनर्निर्माण हुने क्रम बढेको छ।

गोदावरी नगरपालिकाको गाइमारा डाँडामा नौ महिनाअघि तीन वटा टहरा थिए। तीनवटै टहरालाई डिभिजन वन कार्यालयको सहयोगमा इलाका वन कार्यालय गोदावरीले हटाएको थियो। दुई पटक टहरा भत्काउँदा दुई वटामात्र टहरा बाँकी थिए। 

सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ मा लकडाउन जारी गरेपछि कैलालीमा काठ तस्करीसँगै वन अतिक्रमण बढेको डिभिजन वन कार्यालय कैलालीले जनाएको छ। कार्यालय प्रमुख रामचन्द्र कँडेलले भने, ‘गोदावरी क्षेत्रमा वन अतिक्रमणसंगै काठ तस्करी पनि ह्वात्तै बढ्यो।’

उनले अतिक्रमण जति हटाउँदा पनि सफल नभएको बताए। उनले भने, ‘पटक–पटक हटाइरहेका छौं, तर पुनः सोही ठाउँमा आएर बसिहाल्छन्।’

उनले स्थानीय प्रशासनसँगको समन्वयमा वन अतिक्रमणमा संलग्न रहेका व्यक्तिहरूलाई पक्राउ गरिने बताए।

पहाडदेखि यात्रा गर्ने यात्रुले शौचका लागि प्रयोग गर्ने डाँडा थियो ‘गाइमारा डाँडा ।’ सुरुमा व्यापारका लागि गाइमारा डाँडाको केही भाग काटेर एक स्थानीय वनकर्मीले प्रयोग गरे। विस्तारै दुई वटा टहरा थपिए। थपिने क्रम बढ्दै गएपछि वन कार्यालयले हटाएको थियो। तर, पुनः लकडाउन खुलेसँगै अहिले सो डाँडाको अर्को भागतिर एउटा अर्को टहरा निर्माण गरिएको छ।

सडक किनारमा बसेकाहरू पछिल्लो समयमा सामुदायिक वनको सिमाना मिच्दै अगाडि बढिरहेको स्थानीय यज्ञबहादुर रावल बताउछन्। ‘सामुदायिक वन र राष्ट्रिय वनभित्रै पसेर वन माफियाहरूले अतिक्रमण गरी घर टहरा बनाइसके’ उनले भने, ‘यहाँ रातारात टहरा निर्माण भइरहेका छन्।’

धनगढी–डडेल्धुरा सडक खण्डको गाईमारा क्षेत्रमा पनि व्यापक वन फडानी भएको बताउदै उनले ‘सडक किनारमा टहरा राखेर बसेका केही व्यक्तिले तलतिर खोरिया फडानी गरिसकेको’ बताए । खोरिया फडानी भएसँगै यहाँ बस्ती बसाउने चलखेल भइरहेको उनले बताए।

Ncell 2
Ncell 2

जंगल किनारमा बसेकाहरूले आफूसँगै आफना नजिकका नातेदारलाई ल्याएर वनको सिमाना मिच्दै जमिन बढाउने गरेको उनी बताउँछन्। उनले भने, ‘टहरोमात्रै बनाएकाहरूले खुर्सानी तथा सागपात लगाउने भन्दै जंगलको सिमाना मिच्दै जमिन अगाडि बढाउन थालेका छन्।’

कैलालीको गोदावरी क्षेत्रमा मात्र नभई राजमार्गको छेउछाउमा अहिले डाँडा काटेर टहरा तथा खोका निर्माण गर्ने क्रम बढेको छ  चुरे गाउँपालिकाका र ५ का वडाध्यक्ष तथा प्रवक्ता नरबहादुर तामाङले राजमार्ग क्षेत्र अतिक्रमण गर्ने क्रम बढेको बताए । उनले भने, ‘तपाईंलाई यो कुरा भने वन अतिक्रमणलाई राम्रो भन्यो भन्नुहोला, तर पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेपछि मानिस सुरक्षित स्थान खोज्न सडक छेउछाउमै आएर अतिक्रमण गरेर बस्दै छन्।’

उनले वन अतिक्रमणको मुख्य कारण नै बाढी तथा पहिरो रहेको बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले २०७५ साल असोज १२ गते तेघरी गोदावरीको जंगलमा प्रदेशको राजधानी तोकेपछि वनमाफियाहरूले वरपरको सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा अतिक्रमण गर्ने क्रम बढेको बताइन्छ।

गत असार महिनापछि यो क्षेत्र अतिक्रमणको उच्च चपेटामा परेको छ। हिजोआज राजधानी स्थल तोकिएको तेघरी जंगलनजिकै रहेको हनुमान मन्दिर क्षेत्र, गोदावरी आर्यघाट जाने क्षेत्र, चुनेपानी, समाधीगडा, भ्यागुत्तेपानी, बासपानी, गाईमारा क्षेत्र उच्च अतिक्रमणको चपेटामा परेका छन्। 

यो क्षेत्रमा बाढी पीडित तथा सुकुम्बासीका नाममा जंगल छेउमा बस्दै आएकाहरू पछिल्लो समय सिमाना मिच्दै जमिन बढाउन थालेका छन्। 

सुदूरपश्चिम प्रदेश सरकारले गोदावरी नगरपालिकाको तेघरी जंगलमा राजधानी बनाउने घोषणा गरेसँगै जंगल किनारमा बस्दै आएकाहरू सामुदायिक तथा राष्ट्रिय वनको सिमाना मिच्दै जमिन बढाउन थालेका छन्् । विभिन्न वनमाफियाहरू आफू तथा आफन्तलाई लिएर वन क्षेत्रभित्रै टहरा बनाउन थालेका छन्।

अहिले आएर सामुदायिक वनको सीमा मिच्दै अतिक्रमण गर्नेहरू राजनीतिक दलका मतदाता भएको उल्लेख गर्दै स्थानीय रामचन्द्र अवस्थीले भने, ‘राजनीतिक दल, सामुदायिक वनका अध्यक्ष लगायतको मिलेमतोमा नै बाढीपीडित र सुकुम्बासीका नाममा वन अतिक्रमण भइरहेको छ ।’

उनले भने, ‘बाढीपीडित, सुकुम्बासीका नाममा राजनीतिक दलको संरक्षणमा जंगल किनारमा बसेकाहरूले दैनिक वन क्षेत्र मिच्दै जग्गा बढाउन थालेका छन््। अत्तरिया क्षेत्रमा त झनै वन क्षेत्र अतिक्रमण भइरहेको छ ।’

डिभिजन वन कार्यालय धनगढीका अनुसार कैलालीमा अहिलेसम्म २१ हजार एक सय ५४ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ। देशभरमा एक लाख हेक्टर वनको क्षेत्रफल अतिक्रमणको चपेटामा परेको छ भने त्यसको २१ प्रतिशत वन क्षेत्र कैलालीमा मात्रै अतिक्रमण भएको छ। यो तथ्यांकले देशभरकै सबैभन्दा बढी कैलाली जिल्लामा वन क्षेत्र अतिक्रमण भएको देखिन्छ।


 

प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७  ०८:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुला सूचनाअनुसार देशभर नेपाली शिक्षक ७४ जना, अंग्रेजी शिक्षक ९६ जना माग गरेको छ। यस्तै, गणित शिक्षक ८३ जना, विज्ञान शिक्षक ११३ जना, सामाज... शनिबार, माघ ३, २०८२
तिला नदीमा जिप खस्दा तीन जनाको मृत्यु उनका अनुसार मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका घर भएका २८ वर्षीय शङ्कर कठायत, अछामका टेकेन्द्र शाही र सहचालक कालीकोटको शुभकालिका–२... शनिबार, माघ ३, २०८२
आज यी दुई प्रदेशका उच्च पहाडी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानहरूमा तुँवालो लागेको छ । पहाडी तथा हिमा... शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
‘काँग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँ’ : सभापति थापा शनिबार, माघ ३, २०८२
कांग्रेस केन्द्रीय समिति बैठक बानेश्वरमा, टिकट बाँड्न बनायो संसदीय बोर्ड शनिबार, माघ ३, २०८२
गगनलाई बधाई दिंदै सुजाताले भनिन् : ‘पार्टी फुटेको होइन, परिवर्तन आएको हो’ शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने शनिबार, माघ ३, २०८२
टी-२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्