• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

हटस्पट नेपालगञ्ज : अस्पतालदेखि अदालत र उपमहानगरको कार्यालयसम्म फैलियो संक्रमण

64x64
दुर्गा दुलाल सोमबार, साउन १९, २०७७  २१:००
1140x725

काठमाडौं- कुनै समय कोरोनाको हटस्पट बनेको बाँकेको नरैनापुरमा अहिले संक्रमण नियन्त्रण उन्मुख छ। तर अहिले बाँके सदरमुकाम नेपालगञ्ज कोरोना 'हटस्पट'का रूपमा देखिएको छ। अदालत, उपमहानगरका कर्मचारी, जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहित सर्वसाधारणमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि यो क्षेत्र हटस्पट बनेको हो।

बाँकेमा सोमबार ८ जना संक्रमित थपिएका छन्। यसरी थपिनेमा नेपालगञ्ज महानगरपालिका वडा नम्बर १ का वडाध्यक्षसहित ७ कर्मचारी छन्। कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि मंगलबारसम्म बाँके जिल्लाभर लकडाउन गरिएको छ। बाँके कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले शनिबार राति १२ बजेदेखि मंगलबार राती १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो। यसअघि पनि त्यही क्षेत्रमा संक्रमित बढ्न थालेपछि लकडाउन गरिएको थियो। एक ठाउँबाट अर्को ठाउँ आवतजावत गर्दा कोरोना संक्रमण फैलन सक्ने भएकाले लकडाउन गरिएको प्रशासनले जनाएको छ।  

अहिले नेपालगञ्ज उपमहानगरपालिकाको १, ३ र ८ वडामा बढी संक्रमित देखिएको उपमेयर उमा थापा मगरले बताइन्।  ‘बडा नम्बर १ का अध्यक्षमा कोरोना संक्रमण पुष्टि भयो,’ उपमेयर थापाले भनिन्, ‘सरकारी कार्यालका कर्मचारीसमेत संक्रमित हुन थालेपछि चिन्ताको विषय बनेको छ।’

जिल्लामा अहिलेसम्म ४ सय ४६ जना संक्रमित भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ। यसरी संक्रमित भएकाहरुलाई सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र लाइन्स डेन्टल अस्पतालमा राखेर उपचार गर्ने गरिएको छ। 

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले कोरोना समुदायमा फैलिसकेको बताए। लकडाउन खुलेपछि विस्तारै सीमाबाट मानिसहरू आएको कारण बाँके जिल्लाका केही क्षेत्र जोखिममा परेको उनले बताए। यही कारण अत्याआवश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको उनले बताए। 

स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध, फोहरमैला व्यवस्थापन, पेट्रोलियम पदार्थ, औषधि, खाद्यन्न र तरकारी आयातका सेवा सञ्चालन हुने बताइएको छ। एम्बुलेन्स, शववाहन, दमकल, कुटनीतिक नियोगका गाडी, लामा दूरीका मालवहाक गाडी पनि चल्न पाउनेछन्। 

२१ देखि ३० का युवामा धेरै संक्रमण 
बाँकेमा संक्रमितमध्ये युवाको संख्या बढी छ। विदेशबाट फर्केका युवामा संक्रमण बढी देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

बाँकेमा २१ देखि ३० वर्ष उमेर समुहका १५९ जनाका कोरोना संक्रमण देखिएको छ। त्यसपछि ३१ देखि ४० वर्षका युवामा देखिएको छ। उनीहरुको संख्या १०२ रहेको छ। १० देखि २० वर्षका ७५ जना युवामा कोरोना संक्रमण देखिएको छ। आइतबारसम्म संक्रमित महिलाको संख्या ५० छ भने ३ सय ८८ जना पुरुष संक्रमित थिए। सोमबार ८ जना संक्रमित थपिएका भए पनि कति महिला र कति पुरुष थपिए भन्ने खुलेको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

वडाध्यक्षदेखि कर्मचारीसम्म संक्रमण, उपमहानरपालिका सिल 
जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालय सिल गरिएको छ। सोमबार कर्मचारी र जनप्रतिनिधि गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमेयर उमा थापामगरले जानकारी दिइन्। 

कर्मचारीमा समेत कोराना देखिन थालेपछि अर्को सूचना जारी नहुँदासम्म कार्यालय पूर्ण रुपमा सिल गरिएको उनले बताइन्। यसरी संक्रमित भएका कर्मचारीको सम्पर्का रहेकाहरुको कन्ट्र्याक्ट ट्रेसिङ शुरु भएको र अन्य कर्मचारीको पनि परीक्षण हुने उनले बताइन् । 

अदालत पनि पुग्यो संक्रमण 
आइतबार बाँके जिल्ला अदालतका पाँच जना कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टि भयो। योसँगै संक्रमण समुदायमा फैलिएको र सबै क्षेत्रमा पुगेको आशंका बढायो। जिल्लामा समुदायस्तरमा कोरोना फैलिएको भन्दै तीन दिन निषेधाज्ञा सुरु गरेको पहिलो दिन आइतबार नै अदालतका कर्मचारीमा कोरोना पुष्टि भएको हो। 

त्यस्तै राँझास्थित आर्मी अस्पतालका चिकित्सकलाई पनि कोरोना पुष्टि भएको छ। अदालतका कर्मचारीसहित १२ जनामा कोरोना देखिएको हो। भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आर्मी अस्पतालका चिकित्सकसहित तीन जना, जिल्ला अदालतका पाँच जना, खजुराका एकजना, दाङका नेपाली सेना एकजना, टीकापुरका चिकित्सकसहित दुई जनामा कोरोना देखिएको हो।

निषेधाज्ञासंगै सिल
समुदायमा कोरोना फैलिएको भन्दै बाँकेमा तीन दिन निषेधाज्ञा जारी गरिएको छ। त्यसका साथै बाँके प्रशासनले कोरोना देखिएको कोर एरियालाई सिल गर्ने रणनीति बनाएको छ।

आइतबार बिहान जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले यस्तो रणनीति बनाएको हो। बैठकले संक्रमितको संख्या बढेमा नेपालगञ्जको वडा नं. ३, ८ र ११ नम्बरका केही भागलाई सिल गर्ने निर्णय गर्‍यो। नेपालगञ्जमा बढी भीडभाड हुने त्रिभुवनचोक, आन्तरिक राजश्व कार्यालय, यातायात र अदालतका कर्मचारीलाई पनि कोरोना देखिएपछि सिल गरेर परिक्षणको दायर वढाउने र अन्य क्षेत्रमा फैलन नदिने रणनीति जिल्ला प्रशासनले लिएको छ।

लकडाउन खुलैसँगै फैलियो संक्रमण 
सरकारले साउन ७ गते लकडाउन खोलेसगै संक्रमण पनि बढेको देखिन्छ। खुल्ला भारतीय सिमा रहेका गाउँ÷नगर क्षेत्रबाट कोरोना संक्रमण समुदायस्तरमा पुगेको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताए। समुदायका मानिसहरुले पनि सर्तकता नपनाउँदा यसले झन् फैलने समय पाएको उनको भनाइ छ।

मानिसहरुले सामाजिक दुरी पालना नगर्नु, मास्क लगाउने र हात धुने जस्ता काम नगर्दा थप जोखिम भएको उनले बताए।

‘लकडाउन अघि न्यून संख्यामा रहेको संक्रमण विस्तारै बढ्नुको कारण खुल्ला सिमा हो,’ उपमेयर थापाले भनिन्, ‘भारतबाट विस्तारै मानिस यता छिरे। यहाँ पनि सर्तकता भएन। सामाजिक दुरी र मास्क लगाउने जस्ता कार्यको पालना नहुँदा समुदायमा पुग्यो।’ 

नरैनापुर शुन्य संक्रमित क्षेत्र 
कुनै समय बाँकेको हटस्पट रहेको नरैनापुर गाउँपालिकामा अहिले संक्रमण नियन्त्रणमा छ। गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले अहिले निकै खुशी लागेको बताए। 

फाइल तस्बिर।

‘भारतीय क्षेत्रबाट आउने मानिसलाई अहिल प्रतिबन्ध लगाइएको छ, गाउँपालिका भित्र पर्ने सबै सिमामा कडाइ गरिएको छ,’ अध्यक्ष शाहले भने, ‘नरैनापुरलाई अहिले नयाँ जीवन मिलेको छ। मान्छेहरुले कोरोना बुझे।’

शुरु शुरुमा  मानिसहरुले कोरोना नबुझ्दा धेरै समस्या आफूले भोग्न परेको भन्दै शाहले अबका दिनमा थप सर्तकता अपनाउने बताए। 

प्रकाशित मिति: सोमबार, साउन १९, २०७७  २१:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबार, असोज ६, २०८३
‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्