काठमाडौं- सोमबार विदेशमा परेका अलपत्र १ हजार १ सय ६७ नेपाली स्वदेश फर्किएका छन्। साउदी, युएई, मलेसियालगायतका मुलुकबाट ७ उडानमार्फत उनीहरु स्वदेश फर्किएका हुन्।
सोमबार नै विदेशमा कोरोना बाहेक विभिन्न कारणबाट ज्यान गुमाएका ५ वटा शवसमेत ल्याइएको छ। मंगलबार विदेशमा अलपत्र नेपालीको उद्धारका लागि ११ वटा उडान तय गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।