• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत १०, २०८२ Tue, Mar 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

राजमार्गमा पहिरै-पहिरो : थोरै वर्षामै ठूलो खतरा

64x64
रासस सोमबार, साउन १९, २०७७  १०:३२
1140x725
तस्बिर : रासस

मलेखु- मौसम बदली भई पटकपटक भारी वर्षा हुँदा मुलुकका अधिकांश राजमार्गमा यसपालि अत्यधिक पहिरो खसेको छ। पूर्वपश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग र त्रिभुवन राजमार्गका धेरै स्थानमा पहिरो खसेको छ। यसपालि नागढुङ्गादेखि मुग्लिनसम्म धेरै पहिरो गएकाे छ। राजमार्गको भित्ता पहिराेले छियाछिया पारेको छ। 

धादिङको जवाङ खोला नजिक त्रिशुली नदीको कटानले झण्डै १० मिटर जति सडक बगेको छ। त्यहाँ अहिले एकतर्फी मात्रै सडक सञ्चालनमा छ। त्यसको नजिकै घुमाउनेमा पनि तल्लो तहबाट नदीले कटान गरिरहेको छ भने माथिल्लो क्षेत्रबाट आएको भेल पहिराेले सडकमा ठूलो क्षति गरेको छ। धेरैजसो स्थानमा ढल पुरिएकाले सडकमा भेलबाढी बगिरहेको छ। 

कतिपय स्थानमा भने पहिरो खस्न ठिक्क परेको छ। कतिपय स्थानमा पहिरो खसेर जोखिम अवस्थामा रहेकाले सानो पानी पर्दा थुप्रिएको माटो बगेर सडक ठप्प पार्ने अवस्था देखिन्छ। ट्रक चालक कृष्ण परियार भगवान् भरोसामा सवारी सञ्चालन गरिरहेको बताउँछन्।

यसपालि मलेखुको पछिल्लो डेउडीसमेत खसेको छ। सडकको तल्लो तह पहिराेले कटान गर्दा सडक एकतर्फी छ। कुरिनटारको बारवाङ खोलाको सतह गेगरले भरिएकाले राजमार्गको पुल नै जोखिममा छ। केही हप्ताअघिको बाढीका कारण धादिङ र चितवनको सिमानामा रहेको मौवाखोला पुल छेउको सडक बगाएको थियो। अस्थायीरूपमा जालीसहितको पर्खाल लगाएर सडक सञ्चालन गरिए पनि जोखिम भने कायमै छ।

'वर्षा भयो भने झुण्डिएका पहिराेले थिच्ला भन्ने डर छ, बढी घाम लाग्दा माथि खस्न लागेका ढुङ्गाले हान्ला भन्ने डर छ, डराइडराइ सवारी चलाउनुपरेको छ', ट्रक चालक परियारले दुःखेसो पोखे।

सडकमा यत्रतत्र खसेको पहिरो र थुप्रिएको गेगर नहटाउँदा थप जोखिम छ। धादिङको फुर्केखोलामा भने यसपालि सडकमै बाढी कुदेकाले माटो, बालुवा र गेगरले भरिएको देख्न सकिन्छ। वर्षा भएको केही दिन बितिसक्दा यहाँको पहिराेले ल्याएको बाक्लो गेगर हटाइएको छैन। राजमार्गभरि लहरै पहिरो खसेर यात्रु र सवारी चालकहरु त्रासमा यात्रा गर्न बाध्य छन्।

सानो वर्षा हुँदा नै ठूलो खतरा छ। पहिरो खसेर सडकमा थुप्रिएको ढिस्को फ्याँक्न सकएको छैन। कतै ठूलो ढुङ्गा खसेर सडकमा बज्रिएको छ। कतै सडक एकतर्फ सञ्चालनमा रहेको छ भने कतै खोल्सा नै सडकमा बगिरहेको छ। सडकभन्दा तल्लो भागमा नदीले कटान पनि गरेको छ। 

यसपालि पृथ्वी राजमार्गको धादिङ खण्डमा सयौँ पहिराे छन्। कतिपय भित्तो खसेको छ, कतिपय स्थानमा खोल्साले खोलेर बगाएको छ भने धेरैजसो भेल पहिरो सडक नै बगाउने गरी खसेको छ। ठाउँठाउँमा पहिरो पन्छाउने क्रम जारी रहे पनि न्यून मजदुरले काम गरिरहेकाले सडकको यात्रा ठूलो जोखिममा रहेको छ।

Ncell 2
Ncell 2

चितवनको कुरिनटारस्थित केवुलकारको तल्लो स्टेशन नजिक भने माथि खोस्रिएको ठाउँबाट भत्किएर ठूलो पहिरो खसेकाले त्यहाँको सडक जोखिमपूर्ण बनेको छ। अझै पनि पानी पर्दा सडक ठप्प हुने देखिन्छ। भूगर्भविद् शिव बाँस्तोला पानी पर्‍याे भने पहिलेका पहिराे खसेको ठाउँ पनि सक्रिय हुने भएकाले सावधानी अपनाउनुपर्ने बताउँछन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल यसपालि औसतभन्दा बढी पानी परिसकेकाले सामान्य वर्षाको बेलामा समेत लामो यात्रा नगर्दा नै राम्रो हुने सुझाव दिन्छन्। 'मनसुन सक्रिय रहेकाले थोरै पानी पर्दा पनि धेरै खतरा हुन्छ', पोखरेलले भने, 'यो बेलामा आफ्नो घर वरिपरि पनि सुरक्षित हुने गरी सावधानी अपनाउन र यात्रा गर्दा पनि विशेष ध्यान दिनुपर्छ।'

यसपालि भेल पहिरोले मुलुकमा ठूलाे जनधनको क्षति पुर्‍याएकाे छ। भौतिक सम्पत्ति मात्रै होइन पहिरोले मानवीय क्षतिसमेत धेरै भएको छ। प्राधिकरणका अनुसार जेठ ३० पछि (मनसुन सक्रिय भएपछि) डेढ महिनाको अवधिमा मुलुकभर पहिरोले मात्रै १६३ जनाको ज्यान गइसकेको छ। पैँतालीस जना अझै हराइरहेका छन्। खोजी जारी रहेको जनाइएको छ।

मुग्लिन–नारायणगढ सडकमा कम क्षति
यसपालि नारायणगढ–मुग्लिन सडकखण्डमा भने विगत वर्षको तुलनामा कम पहिरो खसेको छ। मुग्लिनको सीमित क्षेत्रमा केही ठूलाे पहिरो खसेको छ भने अधिकांश क्षेत्रमा पहिरो अडिएको देखिन्छ।

कतिपय स्थानमा रक नेटिङका कारणले पनि पहिरो अडिएको पाइएको छ। कतिपय स्थानमा भने रुख विरुवा पलाउन थालिसकेको छ। यद्यपि चार किलो, जलविरेलगायत केही स्थानमा भने यसपालि पनि ठूलाठूला पहिरो खसेर पटकपटक सडक अवरुद्ध बन्यो। जलविरेको पहिरो भने अझै राम्ररी हटिसकेको छैन। त्यहाँ सामान्य पानी पर्दा नै पानी जमेर ठूलाे जोखिम हुने गरेको छ।

चार किलोमा भने पटकपटक पहिरो खसेकाले यो वर्ष पनि बेलाबेलामा दुईतीन दिनसम्मै सवारी जाम हुँदा यात्रुलाई सास्ती भएको थियो। सत्र किलोलगायत दुई स्थानमा  दुई वर्षअघि भत्किएको सडक अझै नबन्दा सडक एकतर्फी नै छ। टोपेखोला, घुमाउनेलगायत धेरै स्थानमा भने यसपालि पहिरो अडिएको देखिन्छ तर जोखिम भने कायमै छ। कतिपय स्थानमा माथिबाट पहिरो र ढुङ्गा खस्ने अवस्थासमेत देखिएको छ।

मनसुन कमजोर बन्दै 
पछिल्लो केही दिनदेखि मनसुन कमजोर बन्दै गएको छ। अहिले लगातारको झरी हुने सम्भावना भने कम रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए। उनका अनुसार लामो भारी वर्षा भने देखिँदैन।

केही ठाउँमा मात्रै हल्कादेखि मध्यम पानी पर्छ तर जोखिम भने  कायमै छ। मौसम विज्ञान विभागका अनुसार आगामी दिनमा प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ र सुदुरश्चिमको एकदुई ठाउँमा भारी वर्षा हुने अनुमान छ।

प्रकाशित मिति: सोमबार, साउन १९, २०७७  १०:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
रवि लामिछानेविरुद्धको रिटमा सर्वोच्चमा आज पनि सुनुवाइ हिजो न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा उक्त रिटको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । मंगलबार, चैत १०, २०८२
आज विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै सन् २०३५ सम्म देशमा क्षयरोग अन्त्य गर्ने तथा सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम गरी दिवसलाई भव्... मंगलबार, चैत १०, २०८२
डोटीमा जिप दुर्घटना, २ जनाको मृत्यु मृत्यु हुनेमा बोलेरो चालक आदर्श –३ काँडीस्याउलेका २२ वर्षीय सुवोध रोकाया र सोही स्थानका १९ वर्षीय कैलाश विक रहेको जिल्ला प्रहरी कार्... मंगलबार, चैत १०, २०८२
ताजा समाचारसबै
हतास भएर राजीनामा दिएको थिइनँ : गगन थापा मंगलबार, चैत १०, २०८२
राजीनामा अस्वीकृत भएपछि मुस्कुराउँदै पार्टी कार्यालय पुगे सभापति थापा, यस्तो छ बैठकका ५ एजेन्डा मंगलबार, चैत १०, २०८२
रवि लामिछानेविरुद्धको रिटमा सर्वोच्चमा आज पनि सुनुवाइ मंगलबार, चैत १०, २०८२
आज पनि घट्यो सुनको मूल्य मंगलबार, चैत १०, २०८२
कोलम्बियामा वायुसेनाको विमान दुर्घटना, कम्तिमा ६६ जनाको मृत्यु मंगलबार, चैत १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नयाँ सांसदहरू नेपालीबाहेकका भाषामा पनि शपथ लिँदै, कसको रोजाइ के सोमबार, चैत ९, २०८२
आज पनि घट्यो सुनको मूल्य मंगलबार, चैत १०, २०८२
होर्मुज स्ट्रेट सधैँका लागि बन्द गरिदिने इरानको चेतावनी सोमबार, चैत ९, २०८२
रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’मा सोमबार, चैत ९, २०८२
राजीनामा अस्वीकृत भएपछि मुस्कुराउँदै पार्टी कार्यालय पुगे सभापति थापा, यस्तो छ बैठकका ५ एजेन्डा मंगलबार, चैत १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्