काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापाले तराई द्रूत मार्ग (फास्ट ट्रयाक) निर्माणका क्रममा खोकनामा देखिएको समस्याका अदृश्य कारणहरुको खोजी हुनुपर्ने बताएका छन्।
रक्षा मन्त्रालयमा भएको एक कार्यक्रममा प्रधानसेनापति थापाले खोकना विवादले फास्ट ट्रयाक निर्माणमा समस्या देखिएकाले विवादका अदृश्य कारणहरुको खोजी हुनुपर्ने बताए। फास्ट ट्रयाक निर्माणमा गत वर्ष परामर्शदाता छनौटमा समस्या उत्पन्न भएको उल्लेख गर्दै उनले खोकनाको जग्गा विवादले ४२ प्रतिशतमात्रै भौतिक प्रगति भएको जानकारी दिए।
खोकनाको समस्याले गम्भीर बनाएको उनले उल्लेख गरे। उनले भने, ‘‘खोकनाको समस्याले सेना र सरकारलाई गम्भीर बनाएको छ। त्यसको पछाडि जनताको मात्रै समस्या हो कि अरु पनि कारण छन्। ती कारणहरुको पछाडि जानुपर्ने महशुस भएको छ।’
थापाले सिंहदरबारभित्र रहेको चण्डीदल गणको उचित बासस्थानको व्यवस्था गर्न पनि आग्रह गरे। देशको प्रशासनिक निकायभित्र रहेको सुरक्षा निकाय कहाँ बस्ने ठेगान नहुँदा अन्य निकायको अवस्था के होला भन्नेतर्फ ध्यान दिन उनले आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।