महोत्तरी- महोत्तरीको जलेश्वर नगरपालिका बिहीबारदेखि अनिश्चितकालका लागि बन्द भएको छ। प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाले बिहीबार एक सूचना प्रकाशित गर्दै कोरोना भाइरसको संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि बिहीबारबाट अर्को सूचना नहुञ्जेलसम्मका लागि जलेश्वर नगरपालिका बन्द गरिएको जनाएका छन्।
उनले अति आवश्यक कामबाहेक बिहीबारदेखि जलेश्वर नगरपालिकाको सम्पूर्ण कामकाज अनिश्चितका लागि बन्द रहने सूचनामा उल्लेख गरेका छन्। साथै विश्वभरि महामारीका रूपमा फैलिएको कोरोनाको उच्च जोखिममा रहेका जलेश्वर नगरबासीलाई सतर्कता अपनाई नगरपालिकालाई सहयोग गर्न अपिलसमेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।