• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस ३०, २०८२ Wed, Jan 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

पोखरा विश्वविद्यालयको उपकुलपति नियुक्तिमा राजनीतिक खिँचातानी

१० महिनादेखि उपकुलपतिसहितका पदाधिकारी नियुक्ति नहुँदा शैक्षिक तथा प्रशासनिक काम ठप्प, विद्यार्थी आन्दोलनमा
64x64
प्रजु पन्त बिहीबार, साउन १५, २०७७  १२:३९
1140x725

काठमाडौं-लकडाउन खुलेसँगै मुलुकभरका विश्वविद्यालयहरुले धमाधम परीक्षा लिने तयारी गरिरहँदा पोखरा विश्वविद्यालयका विद्यार्थी भने आन्दोलित भएका छन्। १० महिनादेखि रिक्त रहेको उपकुलपतिलगायतका पदाधिकारी नियुक्ति नहुँदा आफूहरुको भविष्य अन्योलमा परेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन्। प्रधानमन्त्री केपी ओली, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको खिँचातानीले उपकुलपति नियुक्ति हुन सकेको छैन।

२०७६ असोज ५ गते तत्कालीन उपकुलपति र असोज ६ गते रजिस्ट्रारको पदावधि सकिएपछि दुवै पद रिक्त छन्। त्यतिमात्र होइन, विश्वविद्यालयमा अन्य ७ पद रिक्त छन्। ४ वटा संकायमध्ये व्यवस्थापनबाहेक तीन वटामा डिन छैनन्। परीक्षा नियन्त्रकको पद बैशाखदेखि रिक्त छ भने ३ वटा स्कुलका निर्देशक छैनन्। 

व्यवस्थापन संकायका डिन हरिबहादुर खड्काका अनुसार पदधिकारी नहुँदा विश्विद्यालयको प्रशासनिकदेखि शैक्षिक कार्यक्रमहरु ठप्प भएका छन्। ‘पदधिकारी नहुँदा विश्वविद्यालयमा सबै काम रोकिएका छन्,’ डिन खड्काले भने, ‘नीतिगत काम भएको छैन। पढाइलेखाइ ठ्प्प छ। परीक्षा भएको छैन। सभा भएको छैन। दिक्षान्त समारोह भएको छैन। निमार्णका काम रोकिएका छन्।’

बैशाख २४ गते  परीक्षा नियन्त्रक भरतराम ढुगांनाको पदावधि सकिएपछि पोखरा विश्वविद्यालयको स्थगित परीक्षा हुने–नहुने र्टुंगो छैन। विश्विद्यालयले भदौ अन्तिम साता परीक्षा गर्ने भनेर सूचना निकाले पनि त्यतिन्जेलसम्म उपकुलपति नियुक्ति नभए परीक्षा हुन नसक्ने डिन खड्काले बताए। ‘विद्यार्थीहरु पढ्दै गरुन् भनेर भदौमा परीक्षा सञ्चालन हुने सूचना त विश्वविद्यालयले  निकालेको छ,’  डिन हरिबहादुर खड्काले भने, ‘उपकुलपति नियुक्ति नभए परीक्षा हुन्न।’

नेपाल विद्यार्थी संघले सोमबार माइतिघरमा आन्दोलन गर्दै तत्काल उपकुलपतिलगायतका पदाधिकारी नियुक्तिको माग गरेको छ। ‘अन्य विश्वविद्यालयका विद्यार्थीहरु पढिरहँदा हामीले भने पढ्न पाएका छैनौं,’ नेविसंघ नेता नवराज त्रिपाठीले भने, ‘१० महिनादेखि पदाधिकारी नियुक्ति नगरेर सरकारले हामीलाई अन्याय गरेको छ।’

Ncell 2
Ncell 2

अर्को संगठन अनेरास्ववियुले पनि पदाधिकारी नियुक्तिको माग गर्दै साउन १३ गते प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपतिलाई ज्ञापनपत्र बुझाएको छ। अनेरास्ववियु पोखरा इन्जिनियरिङ कलेजका अध्यक्ष सुन्दर गिरी र सचिव केशवकान्त तिवारीको हस्ताक्षर रहेको ज्ञापनपत्रमा पदाधिकारी नहुँदा विद्यार्थीको भविष्यसमेत अन्योलमा परेको उल्लेख गरिएको छ।

त्रिपक्षीय रस्साकस्सी
विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले कुलपति एवं प्रधानमन्त्रीसमक्ष नाम सिफारिस गर्ने व्यवस्था छ। उपकुलपति नियुक्त भएपछि विश्वविद्यालयको कार्यकारी परिषदले रजिस्ट्रार नियुक्त गर्छ। तर प्रधानमन्त्रीले चाहेको व्यक्ति सिफारिस नभएकाले उपकुलपति नियुक्ति हुन नसकेको स्रोतको दाबी छ। 

मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली प्राध्यापक यादवराज लामिछानेलाई उपकुलपति बनाउन चाहन्छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पेस गरेको ३ जनाको सिफारिसमा भने लामिछानेको नाम छैन। शिक्षामन्त्रीले भने देवराज अधिकारीलाई उपकुलपति बनाउन चाहेको स्रोतको दाबी छ। 

प्रधानमन्त्री र शिक्षामन्त्रीको रस्साकस्सी चलिरहेका बेला नेकपा अध्यक्ष पुष्पकमल दाहाल भने प्राध्यापक केशरजंग बराललाई  दोहो¥याउन चाहन्छन्। बराल यसअघि पनि पोखरा विश्विद्यालयमा उपकुलपति रहिसकेका छन्। 
 

प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  १२:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
सहमतिका लागि विशेष महाधिवेशन पक्षधरले देउवा पक्षलाई पठायो ८ बुँदे प्रस्ताव बुधबार, पुस ३०, २०८२
प्रधानमन्त्रीलाई बुझाएको एनसेलको पत्रमा के छ? बुधबार, पुस ३०, २०८२
नेपाल आयरल्यान्डसँग पराजित बुधबार, पुस ३०, २०८२
सिंहदरवारमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
प्रदर्शन दबाउन इरानी सरकारले गरेको कारबाहीमा हजारौं मारिएको आशंका मंगलबार, पुस २९, २०८२
संस्थापन र विशेष महाधिवेशन पक्षधरको जुटेन सहमति मंगलबार, पुस २९, २०८२
कांग्रेस विशेष महाधिवेशन- सभापतिमा गगन थापाको मात्रै उम्मेदवारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्