निजगढ- बारामा गत आर्थिक वर्षमा १ अर्बभन्दा बढी बजेट फ्रिज भएको छ।
जिल्लास्थित विकासलगायत ५० वटा कार्यालयबाट गत आर्थिक वर्षमा खर्च गर्न नसक्दा उक्त रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बाराले जनाएको छ।
आर्थिक वर्ष २०७६/०७७ मा संघ र प्रदेश सरकारबाट प्राप्त कूल रकममध्ये १ अर्ब २५ करोड ९१ लाख ५७ हजार ५ सय ५१ रूपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बाराका निमित्त प्रमुख पवन अधिकारीले जानकारी दिए।
उनका अनुसार गत आर्थिक वर्षका लागि जिल्लाका विभिन्न कार्यालयमा सङ्घीय सरकारबाट प्राप्त भएको रकममध्ये ५७ करोड १ लाख ५४ हजार ५ सय ४६ रूपैयाँ तथा प्रदेश सरकारबाट प्राप्त रकममध्ये ६८ करोड ९० लाख २ हजार ९ सय ५९ रूपैयाँ गरी कूल १ अर्ब २५ करोड ९१ लाख ५७ हजार ५ सय ५१ रूपैयाँ फ्रिज भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।