• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ ८, २०८३ Fri, May 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कुसुमखोलाका विस्थापितलाई घर बनाइदिन प्रचण्डकाे निर्देशन

64x64
रासस मंगलबार, साउन १३, २०७७  १३:१०
1140x725

चितवन- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीको कुसुमखोलाका विस्थापितलाई तत्काल घरको व्यवस्था गर्न निर्देशन दिएका छन्। उनले माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाललाई टेलिफोन गरी तत्काल बासस्थानको व्यवस्थापन गर्न भनेका हुन्।

चितवन राष्ट्रिय निकञ्जको क्षेत्रमा पर्ने कुसुमखोलामा बसोबास गर्नेहरुको घरगोठ निकुञ्जले हटाएपछि उनीहरु विस्थापित भएका छन्। निकुञ्ज प्रशासनले उनीहरुको अन्यत्र घर भएको र खेती गर्न आउँदा बस्ने पुरानो ठाउँको मचान र टहरा भत्काएको जनाउँदै आएको छ भने माडी नगरपालिकाले उनीहरुमध्ये दुई परिवारको अन्यत्र घर नभएको र बसिरहेको ठाउँ निकुञ्जले आगो लगाएको जनाएको छ।

सोही क्षेत्रबाट निर्वाचित प्रचण्डले ढकाललाई बासस्थानको व्यवस्थापन गर्न भनेका हुन्। ढकालले भने, 'बजेटको व्यवस्थापन गरौँला, तत्काल उनीहरुको बासस्थानको व्यवस्थापन गर्नुस् भन्नुभएको छ।' ढकालले एक महिनाभित्र माडी नगरपालिका–७ को गौरीगाउँमा उनीहरुको घर निर्माण गरिने बताए। त्यहाँ रहेका अन्य सुकुम्वासीलाई नगरपालिकाका विभिन्न ठाउँमा राखिसकिएको छ।

कुसुमखोला घटनापछि दाहालपुत्री भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सो क्षेत्रमा आफैँ पुगेर अवस्थाका बारेमा जानकारी लिएकी थिइन्। केही दिनअघि बाढीबाट प्रभावित भएका र नारायणी नदीको कटानको अवस्थाका बारेमा बुझ्न आएका पूर्वप्रधानमन्त्री दाहालले माडीका बाढी प्रभावितलाई समेत भेट गरेका थिए।

माडीलाई मध्यवर्तीबाट हटाउन पहल 
चितवन राष्ट्रिय निकुञ्ज र जनताबीचको द्वन्द्व बढ्दै गएपछि माडी नगरपालिकाले नगरभित्रको मानव बस्तीलाई मध्यवर्तीबाट हटाउन पहल थालेको छ। माडी नगरपालिकाको सबै क्षेत्र मध्यवर्तीमा पर्दछ। नगरपालिकाले निकुञ्जसँग जोडिएका बढीमा २५ प्रतिशत क्षेत्र मात्रै मध्यवर्तीमा राखेर अन्य भूभाग मध्यवर्तीबाट हटाउन पहल सुरु गरेको हो।

मध्यवर्ती क्षेत्रमा हरेक विकास निर्माण, प्राकृतिक स्रोतसाधनको प्रयोग गर्दा निकुञ्जसँग अनुमति लिनुपर्ने बाध्यता भएपछि नगरपालिकाले हटाउन पहल थालेको हो। माडी नगरपालिका निकुञ्जले घेरिएको छ।

नगरपालिकाका प्रमुख ढकाल नगरपालिकाको पूरै भाग मध्यवर्तीमा हुँदा विकास निर्माणका काम गर्न अप्ठ्यारो भएको बताउँछन्। हरेक काममा निकुञ्जका प्रमुख संरक्षण अधिकृतको अनुमति लिनुपर्ने र निकुञ्ज ऐन सक्रिय हुने हुँदा मध्यवर्तीबाहिर रहँदा जनताको हितमा काम गर्न सकिने उनको बुझाइ छ।

नगरपालिकामा ढुङ्गा, गिट्टी, बालुवाको प्रशस्त स्रोत छ। मध्यवर्तीमै भएकै कारण नगरपालिकाले सहज उपभोग गर्न पाएको छैन। ढकाल भन्छन्, 'मध्यवर्तीबाट बाहिर जाँदै गर्दा प्राकृतिक स्रोतसाधन अधिकतम उपयोग गरी विकास निर्माण गर्न सकिन्छ।' ढुङ्गा, गिट्टी, बालुवा माडीलाई पुगेर पनि अन्य स्थानीय तहमा बिक्री गर्न सकिने ढकालको भनाइ छ।

nimb
nimb
Ncell 2
Ncell 2

यस्तै नगरपालिकाका पाँचवटा सामुदायिक वन अहिले मध्यवर्तीमा पर्दछन्। ती वन निकुञ्ज ऐनअन्तर्गत छन्। मध्यवर्तीबाट बाहिरिँदै गर्दा नगरपालिकाको नीतिनियमअनुसार चल्ने हुँदा वनको स्रोतसाधन प्रत्यक्ष जनताले उपभोग गर्न पाउने उनी बताउँछन्। यससँगै सार्वजनिक जग्गाको उपभोग, उद्योग कलकारखाना स्थापनालगायत धेरै विकासका काम सहजरूपमा अगाडि बढाउन सकिने उनले बताए।

हाल बहस उठिरहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को संशोधनले मात्रै जनता र निकुञ्जबीच द्वन्द्व नघट्ने ढकाल बताउँछन्। उनले भने, 'ऐन संशोधन हुँदैमा सबै जनताको पक्षमा हुन्छ भन्ने छैन, मध्यवर्ती क्षेत्र घटाउनु नै अर्काे विकल्प हो।'

ऐनको दफा, ३ ‘क’को (१) मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी राष्ट्रिय निकुञ्ज वा आरक्षण वरिपरिको कुनै पनि क्षेत्रलाई चार किल्ला तोकी मध्यवर्ती क्षेत्र घोषणा गर्न सक्ने व्यवस्था छ। ऐनको उपदफा (२) मा (१) बमोजिम तोकिएको मध्यवर्ती क्षेत्रको परित्याग, स्वामित्व हस्तान्तरण वा सिमाना हेरफेर नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी गर्न सक्नेछ भन्ने व्यवस्था रहेको छ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली, २०५२ को नियम ३ मा मध्यवर्ती क्षेत्रको सीमाङ्कनमा ऐनको दफा ३ (क) बमोजिम नेपाल सरकारले राष्ट्रिय निकुञ्ज वा आरक्ष वरपरको क्षेत्रलाई चार किल्ला खोली मध्यवर्ती क्षेत्र तोक्दा प्राकृतिक सिमानालाई मुख्य आधार बनाउनाका साथै चारवटा विषयलाई ध्यान दिनुपर्ने उल्लेख रहेको बताउँछन्। प्रभावित हुन सक्ने, भौगोलिक अवस्थिति, निकुञ्ज वा आरक्षभित्र पर्ने गाउँ वा बस्ती, मध्यवर्ती क्षेत्रको व्यवस्थापनको दृष्टिकोणले सरल र व्यावहारिक क्षेत्रलाई मध्यवर्ती तोक्नुपर्ने ऐनमा उल्लेख भएको उनले जानकारी दिए।

चितवन राष्ट्रिय निकुञ्जमा तीन प्रदेश, चार जिल्ला र १२ पालिका पर्दछन्। निकुञ्ज २०३० सालमा स्थापना भएको हो भने मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति २०५३ सालमा गठन भएको हो। नौ सय ५२.६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जको आसपासमा ७२९.३७ वर्ग किलोमिटरमा मध्यवर्ती क्षेत्र फैलिएको छ । सोमध्ये माडी नगरपालिकाभित्र मात्रै २१८ वर्गकिलोमिटर पर्दछ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिअन्तर्गत २२ वटा मध्यवर्ती उपभोक्ता समिति रहेका छन्। व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्ल निकुञ्जको नियमावली, २०५२ र निर्देशिका, २०५६ संशोधन गरी मध्यवर्तीलाई स्वायत्त संस्थाका रूपमा विकास गर्नुपर्ने बताउँछन्। उनले भने, 'निकुञ्जमा मात्रै होइन, मध्यवर्तीमा पनि निकुञ्जको कानून चल्छ।' यसबाट जनताका समस्या बुझ्न र बुझाउन नसकिएको उनको भनाइ छ।

मध्यवर्ती क्षेत्र घटाएर मात्रै समस्याको समाधान नहुने भएकाले मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिलाई शक्तिशाली हुने गरी नियमावली र निर्देशिका संशोधन गर्न सबैको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ छ। विगतका वर्षमा निकुञ्ज र जनताबीच द्वन्द्व केही घटे पनि पछिल्लो समय फेरि बल्झिएको छ। निकुञ्ज प्रशासन र माडी नगरपालिकाको आ–आफ्नै अडान रहँदा समयसमयमा विवादहरु बाहिर आउने गरेका छन्।

निकुञ्जको आम्दानीको आधा हिस्सा मध्यवर्ती क्षेत्रको विकासमा खर्च हुने व्यवस्था छ। निकुञ्ज हेर्न आउने पर्यटकहरु बस्ने हुँदा रत्ननगरको सौराहा, भरतपुरको पटिहानी, जगतपुर, मेघौलीलगायत क्षेत्रका बासिन्दा र व्यवसाय गर्नेले लाभ लिँदै आएको भए पनि माडी नगरपालिकाका जनता वन्यजन्तुको पीडा र निकुञ्जको कानूनकै कारण कष्टकर जीवन बिताउन बाध्य छन्।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७  १३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
निर्माण व्यवसायीका समस्या समाधान गर्न समितिको निर्देशन समितिको आज बसेको बैठकमा सभापति आशिष गजुरेलले निर्माण व्यवसायीलाई समयमा भुक्तानी उपलब्ध गराउन सरकारलाई आग्रह गरे । शुक्रबार, जेठ ८, २०८३
३२ औँ पटक सगरमाथा आरोहणपछि काठमाडौँ फर्किए कामिरिता शेर्पा स्वदेश फर्किएपछि उनले आफ्नो मुख्य उद्देश्य विदेशी समुदायमाझ नेपाललाई पर्वतीय पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा चिनाउनु रहेको बताएका... शुक्रबार, जेठ ८, २०८३
जेठ १४ गते सार्वजनिक बिदा गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति निकालेर बकर ईद (ईद–उल–अज्हा)को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएका छन् । शुक्रबार, जेठ ८, २०८३
ताजा समाचारसबै
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज शुक्रबार, जेठ ८, २०८३
मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत शुक्रबार, जेठ ८, २०८३
शीर्षस्थानमा रहेको अमेरिकामाथि नेपालको सहज जित शुक्रबार, जेठ ८, २०८३
रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर कास्की अदालतले फिर्ता गर्‍यो शुक्रबार, जेठ ८, २०८३
परराष्ट्र मन्त्रालयले भन्यो– नेपाली चियाको भारत निर्यात सहज बन्यो शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना शुक्रबार, जेठ ८, २०८३
विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्‌न पुगे सभामुख अर्याल बिहीबार, जेठ ७, २०८३
रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर कास्की अदालतले फिर्ता गर्‍यो शुक्रबार, जेठ ८, २०८३
ईशान र दीपेन्द्रको दमदार ब्याटिङ, अमेरिकासामु ३१८ रनको विशाल लक्ष्य शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्