• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

ऋण लिएर हवाई यात्रा गर्न बाध्य बिहारी मजदूर

  सीटू तिवारी सोमबार, साउन १२, २०७७  ०७:००
1140x725

पटना- गाढा रातो रंगको पसिनाले भिजेको सर्ट, गलामा झुण्ड्याइएको सिक्री र गुलाबी रंगको चस्मा। ३२ वर्षीय टोनी शख प्लास्टरको काम गरेर मानिसहरूका घर सुन्दर बनाउँछन्। पटना विमानस्थलमा उनी भेटिए रातको ९ बजेतिर। उनी उडानको प्रतीक्षामा थिए। उनले पटनाबाट जहाजमार्फत् श्रीनगर जानका लागि ६ हजार रुपैयाँको टिकट लिएका थिए। 

योभन्दा अगाडि उनले आफ्नो गाउँ बरमुतरा (बिहारको सुपौल जिल्लाबाट) पटना विमानस्थलसम्म आउनका लागि ३ सय रुपैयाँ खर्च गरिसकेका थिए। दुई बच्चाका पिता टोनी भन्छन्, ‘दश हजार रुपैयाँ ऋण लिएर काम गर्न जाँदैछु। ब्याजदर सयकडा ५ रुपैयाँ छ। महिना-महिनामा ब्याज दिनुपर्छ। नत्र भने साहुले परिवारलाई कुटपिटसम्म गर्न सक्छन्। गाउँमा केही काम मिलेन त्यसैले बाध्यताले जानुपर्‍यो। ट्रेन बन्द छ। त्यसैले जहाजबाट जाँदैछु।’

पहिलो हवाई यात्रा : बाध्यता पनि, खुसी पनि 
पटना विमानस्थलमा उडानको पर्खाइमा बस्ने टोनी शेख एक्ला मजदूर होइनन्। २३ मे को दिउँसो १ बजेतिर मैले पटना विमानस्थलको पार्किङ नजिकै एउटा रुखमुनि आफ्नो फ्लाईट कुरिरहेका सयौँ मजदूर।

विहारका भित्री क्षेत्रबाट आएका यी मजदूरहरु आफ्नो फ्लाईटको समयभन्दा १५/१६ घण्टा पहिले नै त्यहाँ आइपुगेका थिए। उनीहरु ज्यादै गर्मी खेप्दै पर्खाइमा थिए। कोही सुतेका, कोही मोबाईल चलाईरहेका थिए। कोही मास्क लगाएका थिए तर सामाजिक दुरी कायम गरेका थिएनन्। 

भुइँमा आफ्नो-आफ्नो बिछ्यौना ओछ्याइएको थियो। भुटेको चिउरा, प्याज, बिस्कुट, रोटी, पुरी, साग हवाई यात्राका लागि अन्तिम खानाको तयारीमा थिए। त्यो अन्तिम खाना उनीहरुको आफ्नो पहिलो हवाई यात्राको लागि। जुन बाध्यता थियो तर उनीहरु मध्ये धेरैको सपना पनि थियो। 

ऋणको पैसाले टिकटको व्यवस्था 
जम्मूमा निर्माण क्षेत्रमा काम गर्ने मोहम्मद जुम्मनसँग मैले केही समय कुराकानी गरेँ। उनले केही लजाउँदै बताए, ‘परिवारले राम्रोसँग जानू भनेका छन्। अर्का एकजना जानकार युवकले जहाजमा बेल्ट बाध्नुपर्छ र अर्को कपडा लगाउन पाइन्छ भनेका थिए।’ 

श्रीनगर, लेह लद्दाख, हैदराबाद, जम्मू, दिल्लीसहित देशका हरेक स्थानमा जाने यी कतिपय मजदूरहरुको टिकट उनीहरुको ठेकेदार वा कम्पनीले पठाएका थिए। केही मजदूरहरु आफैँ ऋण लिएर काममा जाँदै थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

श्रीनगर, जम्मू, लेह लद्दाख जाने मजदूर मे महिनादेखि नोभेम्बर महिनासम्म त्यहाँ बस्छन्। त्यो क्षेत्रमा जाडो मौसम सुरु भएपछि उनीहरू आफ्नो गाउँ फर्कन्छन्। यस पटक लकडाउनका कारण मजदूरहरु कामका लागि मे महिनामा त्यता जान पाएनन्। 

कोरोना संक्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै १ जुलाईदेखि १२ अगस्टसम्म नियमित समय तालिकाका साथ सबै ट्रेन चलाउन रद्द गरिएको छ। विशेष राजधानी र मेल एक्सप्रेस ट्रेनको सेवा भने जारी रहनेछ। 

थोरै भाग्यशाली मजदूर जसको खर्च कम्पनीले बेहोरिदियो 
शिवु राय बांका जिल्लाका खुली डुमरी ब्लकको सादपुर पञ्चायतका हुन्। उनी १० हजार रुपैयाँमा गाडी रिजर्भ गरेर आफ्ना साथीहरुका साथ पटना विमानस्थल पुगे।  शिवु आफ्ना छोरा कञ्चनकुमारका साथ लेह-लद्दाख जाँदैछन्। उनी थोरै भाग्यशाली मजदूरमध्ये एक हुन् जसको बाटो खर्च कम्पनीले बेहोरिदिएको छ। 

शिवुका छोरा कञ्चन भन्छन्, ‘हामीलाई त्यहाँ १६ हजार रुपैयाँ पारिश्रमिक दिइन्छ। यहाँ गाउँमा पनि खेतीको सबै काम सकियो, यहाँ बसेर के गर्ने?’ यसैगरी बांकाका मुकेश रायले भने, ‘गाउँमा केही काम छैन। कति दिन बसेर खाने ? काम त गर्नै पर्‍यो।’

मुजफ्फरपुरका नीलेश कुमार र पूर्वी चम्पारणका मोहम्मद कामरान पहिलो पटक रोजगारीका लागि हैदराबाद जाँदैछन्। उनीहरुको हवाई टिकट कम्पनीले बेहोरिदिएको छ। 

कोरोनाले लैजाँदैछ ऋणतिर 
मोहम्मद सलीम र मोहम्मद अकैतले ऋण लिएर हवाई टिकट काटे। मोहम्मद सलीमले सयकडा ५ रुपैयाँमा त मोहम्मद उकैतले सयकडा १० रुपैयाँ ब्याजदरमा ऋण पाए। सानै उमेरका मोहम्मद अकैत आक्रोशित पनि थिए। उनले भने, ‘चुनाव भयो भने चाहिँ सरकारले भोटरको सूची बनाउँन घरघरमा मान्छे पठाउँछ। तर अहिले लकडाउनमा हाम्रो अवस्था के छ भनेर कहिल्यै सोधेन। सरकारको नियम यही हो?’ 

मोहम्मद सलीम भन्छन्, ‘एक तारिखमा ईद छ। त्यो समयमा हामी परिवारसँग हुनुपर्छ। पैसा खर्च हुन्छ। तर अब के होला ? उल्टै हामी ऋण थपेर जाँदैछौँ। ऋण तिर्न सकेनौँ भने साहुले परिवारलाई मार्छ।’ 

काम र रासन
यतिबेला काम र खानपानको सवाल महत्वपूर्ण बनेको छ। बिहार सरकारले काम र रासनसम्बन्धी के व्यवस्था गर्‍याे? सुपौलको कक्षा ८ मा पढ्ने ललनकुमार राय जवाफ दिन्छन्, ‘यहाँ केही काम पाइँदैन। अनन्तनागमा प्लास्टरको काम गर्‍याे भने त ६०० रुपैयाँ पारिश्रमिक पाइन्छ। तर सरकार भन्छ रासन दिन्छौँ। सरकार त चामल मात्रै दिइरहेको छ। त्यो पनि थोरै। दाल आजसम्म पिडिएसको पसलबाट पनि पाइएको छैन।’ 

हवाई जहाजको टिकटका लागि ऋण लिएर हिडेका मोहम्मद वासिल सुनाउँछन्, ‘यो हवाई जहाजबाट जानुपर्दा अनावश्यक पैसा खर्च भइरहेको छ। यहाँ काम छैन फेरि बसेर के गर्नु ? बाहिर गयो भने त दश रुपैयाँ भए पनि कमाइ हुन्छ। यसैले ऋण लिएर जाँदैछु। तर मेरो घरबाट म मात्र जाँदैछु। छोराहरु यो पटक यहीँ रोकिए।’  

सरकारको दाबी
विहारका सूचना एवं जनसम्पर्क विभागका सचिव अनुपम कुमारका अनुसार राज्य सरकारले कोरोनाको समयमा रोजगारी प्रदानलाई विशेष प्राथमिकता दिएको छ। 

उनले भने, ‘हालसम्म ५ लाख ५५ हजार योजनामा ११ करोड ४२ लाख दिन बराबरको रोजगारी सिर्जना भएको छ। राशन कार्डको कुरा गर्दा राज्यमा  वञ्चित परिवारमध्ये ९१ प्रतिशत परिवारले राशन कार्ड पाइसकेका छन्।’ 

सरकारको दाबीलाई एकातिर राख्ने हो भने पटना विमानस्थलमा दैनिक हवाई यात्रा गर्ने मजदूरहरुको ठूलो संख्याले योभन्दा फरक दृश्य देखाइरहेको छ।

बिबिसी हिन्दीबाट अनुदित

प्रकाशित मिति: सोमबार, साउन १२, २०७७  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
१३ देशका लागि राजदूत सिफारिस: भारतमा निश्चलनाथ, अमेरिकामा चिरनजंग
मन्त्रिपरिषद् बैठक सुरु, राजदूत सिफारिसको सम्भावना
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू
सम्बन्धित सामग्री
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
ताजा समाचारसबै
१३ देशका लागि राजदूत सिफारिस: भारतमा निश्चलनाथ, अमेरिकामा चिरनजंग शुक्रबार, असोज २, २०८३
मन्त्रिपरिषद् बैठक सुरु, राजदूत सिफारिसको सम्भावना शुक्रबार, असोज २, २०८३
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू शुक्रबार, असोज २, २०८३
विभिन्न दल र नागरिक समाजसँग छलफलमा छौं, सरकारविरुद्ध आन्दोलनको तयारी हुँदैछ : प्रचण्ड शुक्रबार, असोज २, २०८३
असनमा प्रहरीको अपरेशन : डेढ किलो सुनसहित समातिए भारतीय गिरोहका सदस्य शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्