काठमाडौं- जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार र आइतबार भने मौसम सामान्य बदलीसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ। प्रदेश- १ र २ बाहेक अधिकांश प्रदेशका केही स्थानमा अलि बढी वर्षा हुने भए पनि लगातार रुपमा भने वर्षा नहुने मौसमविद् गङ्गा नगरकोटीले बताइन्।
अहिले केही ठाउँमा वर्षा हुने र रोकिने क्रममा जारी छ। न्यूनचापीय रेखा औषत स्थानमै रहेको उनले बताइन्।
मुलुकका अधिकांश भेगका ठूला नदीको बहाव सामान्य घटबढ हुने भए पनि सतर्कता तहभन्दा तलै रहने जनाइएको छ। सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बैतडी र आसपास भई बग्ने केही साना नदीमा भने आकस्मिक रुपमा बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।