काठमाडौं- मलेसियाको जेल/डिटेन्सन सेन्टरहरुमा रहेका ५५ जना नेपालीलाई हार्भेस्टमुन ट्राभल्स एण्ड टूर्स प्रालिले निःशुल्क उद्धार गर्ने भएको छ मलेसियास्थित नेपाली दूतावासका अनुसार सो ट्राभल्सले ५५ जनाको टिकट शुल्क व्यहोर्ने भएको हो।
उनीहरु समेत गरी २९ जुलाईमा जेल/डिटेन्सन सेन्टरमा रहेका ७५ नेपालीलाई स्वदेश फर्काइने दूतावासले जनाएको छ।
यसअघि कोभिड-१९ का कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई नेपाल फर्कन सहजीकरण गर्न संचालन भएका उडानहरुमार्फत मलेसियाको विभिन्न जेलर/डिटेन्सन केन्द्रहरुमा रहेका १२६ जना नेपाली स्वदेश फर्किएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।