काठमाडौं- विभिन्न प्राकृतिक विपदमा परी कर्णालीमा २५ जनाको मृत्यु भएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार यही वैशाख १ गतेयता बाढीपहिरो, चट्याङजस्ता विपदमा परी २५ जनाको मृत्यु हुनुका साथै २३ जना घाइते भएका छन्।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाका अनुसार जाजरकोटमा १३, सल्यान र रुकुमपश्चिममा चार/चार जना तथा कालीकोट र सुर्खेतमा दुई/दुई जनाको मृत्यु भएको छ।
हालसम्म कर्णालीमा २८४ वटा घरमा क्षति पुगेको छ। प्राकृतिक विपद्का कारण यस अवधिमा करिब ६ करोड ६५ लाख ५३ हजार ७ सय ९० रूपैयाँ भौतिक सम्पत्तिमा क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।