काठमाडौं- सोमबार (आज) मलेसियाबाट मात्रै उद्धार उडान गरिएको छ। मलेसियाबाट विभिन्न ३ उद्धार उडानमार्फत् कोरोनाका कारण अप्ठ्यारो परेका ५ सय ५८ जनालाई स्वदेश फर्काइएको हो।
हिमालयन एयरलाइन्सका दुई उडानमार्फत् ३०१ र नेपाल एयरलाइन्समार्फत् २५७ नेपाली फर्काइएको हो। आजै लकडाउनका कारण महिनौंदेखि अड्किएका १६ वटा शव समेत ल्याइएको छ।
मलेसिया, कतार, साउदीलगायत मुलुकमा अलपत्र नेपालीको उद्धारका लागि मंगलबार ८ वटा उडान तय गरिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।